Home कला, विचार/मनोरञ्जन कौसी थिएटरमा जेठ ३ देखि ‘गिल्टी अर नट गिल्टी’ मञ्चन हुँदै

कौसी थिएटरमा जेठ ३ देखि ‘गिल्टी अर नट गिल्टी’ मञ्चन हुँदै

कौसी थिएटरमा आगामी जेठ ३ देखि नाटक ‘गिल्टी अर नट गिल्टी’ मञ्चन हुने भएको छ।

नाटक टेकुस्थित थिएटरमा जेठ २६ गतेसम्म मञ्चन हुनेछ।

यो नाटक रसियन-अमेरिकन लेखक अयन र्‍यान्डको नाटक ‘अन द नाइट अफ जनवरी सिक्सटिन्थ’मा आधारित छ।

राजकमल फकिरको निर्देशन तथा डिजाइनमा नाटक तयार भएको हो।

नाटकले अग्रवाल इन्भेष्मेन्ट भेन्चरका सञ्चालक राधेश्याम अग्रवाल पात्रको १९औं तलाबाट खसेर मृत्यु भएपछि घटना हत्या हो कि आत्महत्या हो भन्ने विषयको अदालती बहस नाटकले प्रस्तुत गर्नेछ।

रहस्य र थ्रीलर जनराको नाटकमा विजय ताम्राकार, आभास अधिकारी, समापिका गौतम, बासना तिमल्सिना, रुपेश लामा, सागर दाहाल, जेम्स ढकाल, अशोक गौतम, नवीन चन्द्र अर्याल, अरुण पौडेल, सुष्मा निरौला, मनिष ब्यन्जु, सदिन लुइँटेल, रौनक कार्की, विजया पौडेल, इशा सिजाली लगायत कलाकारको अभिनय छ।

फकिर ड्रिमको प्रस्तुति रहेको नाटकमा ध्वनि संयोजन नरेश गजुरेलको रहनेछ भने प्रकाश व्यवस्थापन आशान्त शर्माको रहने छ।

नाटक मंगलबार बाहेक साताको प्रत्येक दिन बेलुका ५:३० बजे र शनिबार दिउँसो १ बजेको अतिरिक्त सो हुनेछ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version