मार्गदर्शन एकेडेमीले गर्यो नयाँ वर्षकाे दिन शुभकामना आदानप्रदान

मार्गदर्शन एकेडेमीले गर्यो नयाँ वर्षकाे दिन शुभकामना आदानप्रदान

पोखरा । पोखराको रानीपाैवा तुलसीमार्गमा रहेको यसक्षेत्रमा खुलेको पूरानो एकेडेमी मार्गदर्शन एकेडेमीले नव वर्ष २०८२ को अवसरमा शुभकामना आदानप्रदान तथा वनभोज सम्पन्न गरेको छ । सो कार्यक्रममा विद्यार्थी, शिक्षक, कर्मचारी तथा आगन्तुक पाहुनाहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रमको प्रमुख अतिथि एकेडेमीका वरिष्ठ प्रशिक्षक शंंकर ज्ञवालीले उद्घाटन गरेका थिए । सो अवसरमा मुठाका मुठा धूपहरु बालेर उद्घाटन गरिएको थियो । परम्परागत उद्घाटनभन्दा यो अलि फरक प्रकारको थियो भने कार्यक्रमस्थल सुगन्धमय बनेको थियो ।

पोखराको पर्यटकिय गन्तव्य माटेपानी गुम्वा नजिकैको कार्किडाँडामा आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि ज्ञवालीले कविता, मुक्तक वाचन गरेर कार्यक्रमको रौनकता बढाएका थिए ।

कार्यक्रममा विद्यार्थीको तर्फबाट सुरक्षा विश्वकर्मा, शिक्षक शालिकराम लम्साल र पुष्पराज पौडेलले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । चर्चित कलाकार दिपक थापाले हास्य प्रस्तुति प्रस्तुत गरेका थिए भने स्मृति गुरुङले गीत प्रस्तुत गरेकी थिईन् ।

व्याचलर नर्स पास गरेकी विद्यार्थी अमिता श्रेष्ठले संचालन गरेको कार्यक्रममा यसअघि सहभागिलाई गणित विषयका प्रशिक्षक पूर्ण क्षेत्रीले स्वागत गरेका थिए ।

कार्यक्रमको समापन गर्दै एकेडेमीका अध्यक्ष पुरन श्रेष्ठले विद्यार्थी, अभिभावक सबैको शिक्षाप्रतिको लगाव र मायाको कारण यहाँसम्म आएको बताए ।

उनले भने, हामीले उत्पादन गरेका विद्यार्थीहरु आफ्नै खुट्टामा उभिन सफल भएका छन्। विद्यार्थीले आमा बुबाले देखेको सपना पूरा गर्नका लागि अध्ययनमा विशेष ध्यान दिन आग्रह गरे ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Exit mobile version
Click it!
Click it!
Click it!
Click it!
Click it!
Click it!
Click it!
Click it!