कोटीहोममा वाचन प्रवीण दिनबन्धु पोखरेल

कोटीहोममा वाचन प्रवीण दिनबन्धु पोखरेल

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा वाचन प्रवीण दिनबन्धु पोखरेल आउने भएका छन् । कोटीहोममा पोखरेलले आगामी जेठ ३ देखि ७ गते सम्म कथा वाचन गर्ने कार्यक्रम तय भएको कोटीहोमका प्रचारप्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।

ढकालका अनुसार पोखरेल आफ्नै झाँकी समूह र सगीत समूह सहित कोटीहोममा सहभागी हुनेछन् । १७ दिनदेखि जारी कोटीहोममा एक सय कुण्डमा हवन, भजन चुट्का प्रतियोगिता, चर्चित भारतीयआचार्य प्रशान्त कृष्ण पंराकुशजी लगायत साधु सन्तमार्फत रामायण प्रवचन र वाचिका सुप्रिया मार्फत दैनिक कथा वाचन भइरहेको छ ।

यसअघि अनुराधा पाण्डेद्वारा श्यामद भागवत कथा प्रवचन, १४ दिनसम्म अन्तर्राष्ट्रिय कथावाचिका देवीप्रतिभाले श्रीमद्भागवत कथा वाचन गरेर पोखरेलीको मन जितेकी थिइन् । उनलाई जेठ १० देखि १६ गते सम्मका लागि पुनःपोखरा ल्याउने प्रयास भइरहेको संकल्पकर्ता विजय कृष्णमूर्तिले जानकारी दिए । देवी हाल भारतको झारखण्डमा छन् ।

आज आइतबार पनि बिहान ८ः०५ बजे हवन कुण्डमा हवन गरिएको छ । एक सय वटा हवन कुण्डमा तीन, तीनजना ब्राह्मणले भगवती गायत्रीमन्त्र विधिबाट हवन गरेका थिए । साथै एक सय आठ भागवतमहापुराण पाठ परायण, चार वेद पाठ परायण, सप्तचण्डी, अति रुद्री, मन्त्र जप लगायतमा ब्राह्मणले पाठ गरेका छन् ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Exit mobile version
Click it!
Click it!
Click it!
Click it!