अप्ठ्यारो समयमा कांग्रेसले निकास दिन्छ : उपप्रधानमन्त्री खड्का
जाजरकोट-उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले अप्ठ्यारो समयमा कांग्रेसले निकास दिँदैआएको बताउनुभएको छ । यसका लागि इतिहास साँची रहेको उहाँको भनाइ थियो ।
नेपाली कांग्रेस जाजरकोटको जिल्ला सम्मेलनको उद्घाटन गर्नुहुँदै उपप्रधानमन्त्री खड्काले देश आर्थिकरुपमा समस्यामा रहेको बताउनुभयो । विश्वको अन्य मुलुकमा द्वन्द्व हुँदा त्यसको असर नेपालको अर्थतन्त्रमा पर्ने गरेको उहाँको भनाइ थियो । धर्म, जातजाति तथा विभिन्न बहानामा संविधानमाथि हमला हुन थालेको उल्लेख गर्दै उपप्रधानमन्त्री खड्काले यसको प्रतिवाद गर्नुपर्ने बताउनुभयो ।
ऋण लिएर विकास निर्माणका काम गर्नुपरेको उल्लेख गर्दै उपप्रधानमन्त्री खड्काले सबै पक्ष सकारात्मक रुपमा लाग्नुपर्नेमा जोड दिनुभयो । नेतृत्व ठिक भए मात्र कांग्रेस बन्ने भन्दै उहाँले यसका लागि नेता तथा जनप्रतिनिधि सच्चिनुपर्ने बताउनुभयो । समयअनुसार पार्टी रुपान्तरण भएर अगाडि बढ्नुपर्ने उपप्रधानमन्त्री खड्काको भनाइ थियो ।।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८१ माघ १३, आईतवार २०:४४फागुन १४ देखि तेस्रो माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप समाचार२०८१ माघ ११, शुक्रबार ०६:५३विकास र वातावरण बीच समन्वय गर्न स्थानीय तहसँग गोष्ठी सम्पन्न समाचार२०८१ माघ २, बुधबार १०:२६विद्याज्योति आधारभुत विद्यालयको स्वर्ण महोत्सव विभिन्न कार्यक्रम गरि सम्पन्न समाचार२०८१ पुष १९, शुक्रबार २१:४९मुख्यमन्त्रीद्वारा प्रतिष्ठानको आवासीय तथा प्रशासनिक भवनको शिलान्यास