अप्ठ्यारो समयमा कांग्रेसले निकास दिन्छ : उपप्रधानमन्त्री खड्का

जाजरकोट-उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले अप्ठ्यारो समयमा कांग्रेसले निकास दिँदैआएको बताउनुभएको छ । यसका लागि इतिहास साँची रहेको उहाँको भनाइ थियो ।
नेपाली कांग्रेस जाजरकोटको जिल्ला सम्मेलनको उद्घाटन गर्नुहुँदै उपप्रधानमन्त्री खड्काले देश आर्थिकरुपमा समस्यामा रहेको बताउनुभयो । विश्वको अन्य मुलुकमा द्वन्द्व हुँदा त्यसको असर नेपालको अर्थतन्त्रमा पर्ने गरेको उहाँको भनाइ थियो । धर्म, जातजाति तथा विभिन्न बहानामा संविधानमाथि हमला हुन थालेको उल्लेख गर्दै उपप्रधानमन्त्री खड्काले यसको प्रतिवाद गर्नुपर्ने बताउनुभयो ।
ऋण लिएर विकास निर्माणका काम गर्नुपरेको उल्लेख गर्दै उपप्रधानमन्त्री खड्काले सबै पक्ष सकारात्मक रुपमा लाग्नुपर्नेमा जोड दिनुभयो । नेतृत्व ठिक भए मात्र कांग्रेस बन्ने भन्दै उहाँले यसका लागि नेता तथा जनप्रतिनिधि सच्चिनुपर्ने बताउनुभयो । समयअनुसार पार्टी रुपान्तरण भएर अगाडि बढ्नुपर्ने उपप्रधानमन्त्री खड्काको भनाइ थियो ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ ५, मंगलवार १६:४२चारु : श्रीकृष्ण शर्मा
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ ५, मंगलवार ०८:५०कान्समा नेपालको पहिलो आधिकारिक स्टल : नेपाली चलचित्रको विश्व बजार यात्रामा बोर्डको ऐतिहासिक पहल
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ ५, मंगलवार ०८:२७नुन पनि गुणस्तहीन ! आयोडिनविहीन नुन बिक्रीवितरणलाई तत्काल रोक्न चिकित्सकद्वारा माग
खेलकुद२०८३ जेष्ठ ४, सोमबार २०:१६आईसीसी क्रिकेट विश्वकप लिग २ – अंकतालिकाको पाँचौं स्थानमा उक्लियो नेपाल









