बलियो संगठनको सदस्य हुँदा हरेक पार्टी सदस्यले गर्व महसुस गर्ने

बलियो संगठनको सदस्य हुँदा हरेक पार्टी सदस्यले गर्व महसुस गर्ने

नेपाली कांग्रेस कास्कीका ३ वटै क्षेत्रका क्षेत्रीय सभापति र उपलब्ध पदाधिकारीको आज शनिबार बैठक बसेको छ | संगठन बलियो बनाए मात्रै बलियो संगठनको सदस्य हुँदा हरेक पार्टी सदस्यले गर्व महसुस गर्ने बैठकमा उपलब्ध पदाधिकारीहरुको दावी रहेको छ | उक्त बैठकमा जिल्ला भरीको संगठन, शशक्त, जिम्मेवार, जनमुखी, उत्तरदायी बनाउने र निरन्तर समन्वयात्मक बैठक बस्ने लगायतका निर्णयहरु पनि भएका छन् |

थप निर्णयहरु:-
१,क्रियाशिल सदस्य नवीकरण फारम सम्बन्धित वडामा पुगी सकेको हुनाले केन्द्रले दिएको समय भित्र मातहत समिती हुदै माग गर्ने र आवश्यक सहयोग गर्ने निर्णय !
२, नवीकरण लगतै नयाँ क्रियाशिल सदस्यता बितरण हुने हुँदा आवश्यक तयारी सहित सदस्यता लिने चाहनेको बिबरण र अध्ययन समिती निर्माण गर्ने निर्णय !

गठबन्धन सहितको नेपाल सरकार तिनै तहको बजेट निर्माण र घोषणामा रहेको हुँदा सरकार लाई जनमुखी, नागारिकमैत्री, आवश्यकता अनुसारको बिकासप्रेमी बजेट ल्याई सुशासनमैत्री , भ्रष्टाचार बिरोधि कार्य गर्न निरन्तर निगरानी र खबरदारी गर्ने निर्णय गरिएको नेका कास्की -३ का क्षेत्रीय सभापति मनोज गुरुङले जानकारी दिनुभयो |


साथै तत्काल बजेट, क्रियाशिल सदस्य र भातृसस्था बारे तिनै क्षेत्रमा भेलाहरु आयोजन गर्ने कास्की क्षेत्र न- १ का क्षेत्रीय सभापति राजेन्द्रमणि लामिछाने ले बताउनु भयो |


जिल्लामा संगठन बलियो बनाउने भातृसस्था हरुको बिबाद समाधान गर्न तर्फ क्षेत्रीय समिती सक्रियता पुर्बक लाग्ने र छिट्टै घुम्ती बैठकका रुपमा अर्को कास्कीका तिनै क्षेत्र, महानगर समिती र पालिका समितीको बैठक आयोजना गरिने कास्की क्षेत्र न -३ काक्षेत्रीय सभापति केशर प्रसाद निर्दोशीले बताउनु भयो |

बैठकमा सहभागीहरु

१, राजेन्द्रमणि लामिछाने क्षेत्रीय सभापति नेका कास्की क्षेत्र न- १
२, केशर प्रसाद निर्दोषी क्षेत्रीय सभापति नेका कास्की क्षेत्र न-२
३, मनोज गुरुङ क्षेत्रीय सभापति नेका कास्की क्षेत्र न- ३
४, कृष्ण प्रसाद कोईराला सभापति प्रदेशसभा १ ख कास्की ( क्षेत्रीय
उपसभापति कास्की १)
५, दिपेन्द्र मर्शानी सभापति प्रदेशसभा २ ख कास्की (क्षेत्रीय उपसभापति कास्की २ ,वडा अध्यक्ष पोखरा -९)
६, सरोज केसी क्षेत्रीय सचिब कास्की
क्षेत्र न-१
७, देबकृष्ण पराजुली क्षेत्रीय सचिब कास्की क्षेत्र न -२ वडा अध्यक्ष पोखरा -४
८,भावाना श्रेष्ठ क्षेत्रीय सहसचिब कास्की क्षेत्र न-२ एवं जनप्रतिनिधि पोखरा महानगर
९,बिश्वराज आचार्य क्षेत्रीय सहसचिब कास्की क्षेत्र न-२
१०,ललित कुँवर क्षेत्रीय कोषाध्यक्ष कास्की क्षेत्र न-२

लेखकको बारेमा

बिष्णु प्रसाद बरालपोखरामा रहेर पत्रकारितामा सक्रिय बराल असल खबर डटकमका सम्वाददाता हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *