सुदूरमा सत्ता: परामर्शमा प्रदेश प्रमुख,अडानमा एकीकृत समाजवादी

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्तीकै दुई जना सांसदको दावी परेपछि प्रदेश को मुख्य मन्त्री बन्ला र प्रदेश प्रमुखबाट कस्तो आउला भन्ने विषय यतिवेला आम चर्चा र प्रतिक्षाको विषय बनेको छ ।
प्रदेशमा संविधानको धारा १६८ को उपधारा २ अनुसार बहुमतीय सरकार गठनका लागि नागरिक उन्मुक्ती पार्टीका संसद लक्ष्मण किशोर चौधरी र कैलाश चौधरीले मुख्यमन्त्रीमा दावी पेस भएको छ ।
एकै पार्टीबाट दुबै जनाले अन्तिम समयमा हिजो प्रदेश प्रमुख नजीर मिया समक्ष मुख्यमन्त्रीको दावी पेस गरेपछि आज दिनभर जसो प्रदेश प्रमुख कानुनी परामर्शमा व्यस्त रहनु भयो ।
‘’एउटै दलबाट दुई जनाको दावी परेको छ । एउटै दलले दुई तर्फका मुख्यमन्त्रीका लागि समर्थन गरेको अवस्था छ । आवश्यक परामर्श गरेर मात्र संविधान अनुसार निर्णयमा पुग्नु पर्ने देखिएको छ । उहाँ आज दिनभर संवैधानिक कानुनका जानकार, कानुन व्यवसायीहरु सँग परामर्शमै हुनुहुन्छ । संभवत भोलि वेलुका सम्म एउटा निर्णय आउछ । प्रदेश प्रमुखको सचिवालयले भन्यो ।
यसै वीच काम चलाउ सरकारका मुख्यमन्त्री समेत रहेका काग्रेंस संसदीय दलका नेता कमलबहादुर शाहको अध्यक्षतामा आज बसेको संसदीय दलको बैठकले नाउपाका मुख्यमन्त्रीका उम्मेदवार लक्ष्मणकिशोर चौधरीलाई समर्थन गर्ने निर्णय गरेको छ । उक्त निर्णय गरेसँगै शाहले प्रदेश प्रमुखसँग भेट गर्नु भएको छ ।
अनौपचारी भेटघाटका लागि भन्दै प्रदेश प्रमुखको कार्यालय पुग्नु भएका मुख्यमन्त्री शाहले संविधान अनुसार आफ्नो दल संलग्न रहेको गठबन्धनको दावी नै आधिकारी हुने भन्दै छिटो मुख्यमन्त्री चयन गर्न प्रदेश प्रमुखको ध्यनाअर्षण गराएको बताइएको छ ।
नागरिक उन्मुक्तिका लक्ष्मण किशोरलाई नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी र राप्रपा सहितको समर्थनमा रहेको छ । लक्षमण किशोर चौधरीलाइ समर्थन गर्ने नेकपा एसको निर्णयले भने सत्ता गठबन्धनलाई तरङ्गित बनाइदिएको छ । सुदूरमा नेकपा एसले लिएको निर्णयले विपक्षीलाई आशा र जनतालाई निराशा दिएको प्रतिक्रिया एमाले अध्यक्ष केपी शर्मा ओलीले दिनु भएको छ ।
सत्ता गठबन्धन विपरित गएर लक्ष्मण किशोर चौधरीलाई साथ दिएको समाजवादीले भने आफ्नो निर्णयमा कुनै तलमाथि नभएको र नहुने बताएको छ । समाजवादी संसदीय दलका नेता दिर्घ सोडारीले आफुहरु हिजो गरेकै निर्णयको अडानमा रहेको बताउनुभयो ।
नाउपाकै अर्का सांसद कैलाश चौधरीलाई मुख्यमन्त्री बनाउन माओवादी केन्द्र, नेकपा एमाले र स्वतन्त्रको समर्थन रहेको छ । एमाले र माओवादी केन्द्र भने चौधरी नै मुख्यमन्त्री बन्नेमा विश्वस्त रहेको बताउँदै आएका छन् ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ आश्विन २८, मंगलवार १५:२६कांग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई
समाचार२०८२ आश्विन २८, मंगलवार १२:५३कात्तिक ६ गते ११ः३९ बजे भाइटीकाको उत्तम साइत
स्वास्थ्य/जानकारी टिप्स२०८२ आश्विन २८, मंगलवार १०:४९शिविरबाट एक हजार ३७५ लाभान्वित « रिपोर्टर्स नेपाल
खेलकुद२०८२ आश्विन २८, मंगलवार ०५:२०विश्वकप छनोटः नेपालद्वारा कतार पराजित