ओएनएम सर्वे नहुँदा ‘प्रादेशिक अस्पताल’ समस्यामा

ओएनएम सर्वे नहुँदा ‘प्रादेशिक अस्पताल’ समस्यामा

दाङ, ७ जेठ । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल हाल ५० शय्याको स्वीकृत छ । विसं २०६३ मा ५० शय्याको स्वीकृत पाएको अस्पतालले त्यसपछि शय्या र जनशक्ति थपको कुनै अनुमति पाएको छैन ।

बिरामीको चापलाई मध्येनजर गरी १४१ शय्या सञ्चालनमा छ । यसलाई २०० शय्याको बनाउने भनी अस्पतालले विसं २०८० मा सङ्गठन तथा व्यवस्थापन (ओएनएम) सर्वेक्षण पास गरिदिनका लागि प्रदेश सरकारसमक्ष पत्र पठाएको थियो ।

उक्त ओएनएम चार वर्षपछि पुनःअस्पतालमा फिर्ता आएको अस्पतालका प्रशासन प्रमुख हुकुमबहादुर वलीले जानकारी दिए । “बिरामीको चाप धेरै छ, हामीले शय्या बढाएर सेवा दिइरहेका छौँ”, उनले भने, “चार वर्षदेखि हाम्रो ओएमएन सर्वेमा कुनै चासो नहुँदा समस्या भएको हो ।”

अस्पताललाई रेफर सेन्टरका रूपमा स्थापित गरिएको अवस्थामा सरकारले ओएनएम पास गर्नेतर्फ ध्यान नदिँदा अस्पताल नियमित र प्रभावकारी रूपमा सञ्चालनमा समस्या हुने गरेको अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र लामिछानेले बताए । “म पद वहाल भएको भर्खंरै हो”, उनले भने, “तर, अहिले जनशक्तिको समस्या देखिएको छ, त्यसलाई समाधान गर्ने विषय मेरो जिम्मेवारीको हो, यसलाई मिलाउनतर्फ पूर्ण प्रतिबद्ध भएर लाग्नेछु ।”

दुई सय शय्या बनाउने उक्त सर्वेमा ५१५ जना चिकित्सक तथा कर्मचारीको प्रस्ताव गरिएको थियो । जसमा विशिष्टिकृत सेवा सुरु गर्नेगरी जनशक्ति माग गरिएको थियो । हाल अस्पतालमा ७४ जनाको मात्रै दरबन्दी रहेको अध्यक्ष लामिछानेले जानकारी दिए । जनशक्तिको कमी गर्दा बिरामीको चापलाई थेग्न निकै समस्या हुने गरेको उनले बताए । रासस

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  तत्काल ‘राष्ट्रिय ट्रमा नीति’ बनाउन सांसद कार्कीको माग
लेखकसँग सम्बन्धित खबरहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 1   +   4   =