पार्टी एकता र भावी कार्यदिशाबारे कांग्रेसको गण्डकी भेला पोखरामा हुने

पार्टी एकता र भावी कार्यदिशाबारे कांग्रेसको गण्डकी भेला पोखरामा हुने

‎‎पाेखरा ।  नेपाली कांग्रेसभित्र पार्टी एकता, भावी कार्यदिशा तथा समसामयिक राजनीतिक विषयमा केन्द्रित गण्डकी प्रदेशस्तरीय भेला आगामी शनिबार  पोखरामा  हुने भएको छ । भेलाबारे जानकारी दिन बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा नेताहरूले पार्टीलाई एकढिक्का बनाएर अघि बढाउने अभियानलाई प्राथमिकता दिइएको बताएका हुन् ।

‎पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य पुष्पराज पराजुलीले  वर्तमान सरकारले आफूअनुकूल व्यक्तिलाई नियुक्ति गरेर राज्य संयन्त्रमाथि कब्जा जमाउने नीति लिएको आरोप लगाउँदै त्यसको कांग्रेसले विरोध गर्ने बताए । उनले सुकुम्बासी समस्या व्यवस्थापन र उचित पुनःस्थापनाको सुनिश्चिततापछि मात्र बस्ती हटाउनुपर्ने धारणा पनि राखे ।

उनले नेपाली कांग्रेसभित्र एकताको अभियानलाई थप सशक्त बनाउँदै पार्टीलाई राष्ट्रिय एकता र लोकतान्त्रिक मूल्य मान्यताको पक्षमा अघि बढाउनुपर्नेमा जोड दिएका थिए ।

‎पत्रकार सम्मेलनमा आयोजक समितिका तर्फबाट नेपाली कांग्रेस गण्डकी प्रदेशका उपसभापति मेखलाल श्रेष्ठले पार्टीका पछिल्ला गतिविधि, समसामयिक राजनीतिक अवस्था तथा उठिरहेका विभिन्न शंका–उपशंकाबारे स्पष्ट पार्न भेला आयोजना गरिएको जानकारी दिए ।

‎पार्टीभित्र देखिएका कमजोरी सुधार गर्दै सबै पक्षलाई समेटेर अघि बढ्नुपर्ने उनकाे धारणा छ ।

‎ कार्यक्रममा विशेष महाधिवेशनमा सहभागी हुन नपाएका सदस्यहरूलाई कसरी समेट्ने भन्ने विषयमा पनि छलफल हुने बताइएको छ ।

भेलामा नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाको प्रमुख आतिथ्यता रहने आयोजकले जनाएको छ ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21656, citypokhara.com

लेखकको बारेमा

सिटी पाेखरा डटकम
लेखकसँग सम्बन्धित खबरहरु
यो पनि पढ्नुहोस् :  आजको मौसम : कोशी, बागमती, गण्डकी सहित मधेश प्रदेशमा वर्षाको सम्भावना

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 9   +   9   =