ताङतिङ दुधपोखरी तमु समाजद्वारा विशेष स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न

ताङतिङ दुधपोखरी तमु समाजद्वारा विशेष स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न

‎पोखरा । ताङतिङ दुधपोखरी तमु समाजको आयोजनामा विशेष स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । आचार्य निमा गुरुङको ऐतिहासिक सफलताको खुसीयालीमा पोखरामा आयोजित कार्यक्रममा विभिन्न तमु संघसंस्थाका प्रतिनिधि तथा समाजसेवीहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि आचार्य विमा गुरुङले आफ्नो अधिकार प्रयोग गर्दा अरूको अधिकार हनन गर्न नहुने बताईन् । उनले धर्म, संस्कार, संस्कृति, अनुशासन र नैतिकताभित्र रहेर जीवनयापन गर्नुपर्नेमा जोड दिईन् । इज्जत र सम्मानको ख्याल राख्दै कहिल्यै घमण्ड, लोभलालचमा नलाग्न तथा सधैं नम्र भएर अरूको सेवा गर्नुपर्ने उनको भनाई थियो ।

आचार्य गुरुङले धाँधली, भ्रष्टाचार, चोरी, डकैती, लुटपाट तथा ठगीजस्ता गलत कार्यबाट टाढा रहन आग्रह गर्दै सबैले आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक बहन गर्न सके समाजमा सकारात्मक वातावरण बन्ने विश्वास व्यक्त गरिन्  । उनले घर, गाउँ, टोल, समाज, स्थानीय तह, प्रदेश हुँदै समग्र देशको विकासका लागि पारस्परिक विश्वास आवश्यक रहेको उल्लेख गरिन् ।

‎उक्त अवसरमा आचार्य निमा गुरुङले आफ्ना बाबा–आमा, गुरु खेम्पो शिर लामा तथा आफ्ना आचार्यलाई सम्मान गरेकी थिईन् ।

ताङतिङ दुधपोखरी तमु समाजद्वारा विशेष स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न

कार्यक्रममा ताङ्तिङ पोखरा घोताने चेलीबेटी समूह, ताङतिङ पैङिथर चेलीबेटी समूह, ताङ्तिङ क्रपुथर भाइखलक, ताङ्तिङ लम्स्यो–प्लान्स्यो चेलीबेटी समूहलगायत विभिन्न समूहका प्रतिनिधिहरू सहभागी भएका थिए । साथै ताङतिङ दुधपोखरी तमु समाज परिवार तथा लामा गुरु परिवारका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो ।

स्वर्गीय हर्कध्वज गुरुङको परिवारको सहयोगमा आयोजित कार्यक्रम ताङतिङ घोताने भाइखलकका अध्यक्ष तथा पूर्वप्रधानपञ्च देविजंग गुरुङको अध्यक्षतामा सम्पन्न भएको हो ।

‎कार्यक्रममा स्वागत मन्तव्य सुब्बेदार मेजर टोकबहादुर गुरुङले राखेका थिए भने सञ्चालन ताङतिङ दुधपोखरी तमु समाजका सचिव क्याप्टेन मन्त्रीजंग गुरुङले गरेका थिए ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21647, citypokhara.com

लेखकको बारेमा

सिटी पाेखरा डटकम
यो पनि पढ्नुहोस् :  नेत्रावतीमा कपाल काट्ने सिपमुलक तालिम सुरु
लेखकसँग सम्बन्धित खबरहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 2   +   3   =