किशाेरीहरूको लागि आत्मरक्षा तालिम सम्पन्न

किशाेरीहरूको लागि  आत्मरक्षा तालिम सम्पन्न

लेते, मुस्ताङ ,गण्डकी प्रदेश सरकार, उद्योग तथा पर्यटन मन्त्रालय र सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय “एकीकृत सेवा कार्यालय, मुस्ताङ” काे आयाेजक तथा जिल्ला प्रहरी कार्यालय, मुस्ताङ र श्री ज्ञानाेदय मा.वि. काे संयुक्त समन्वयमा तहाँ विद्यालयमा अध्ययनरत ५० भन्दा बढी किशाेरीहरूलाई आत्मरक्षा सम्बन्धी मानसिक सहित शारीरिक एवम् व्यावहारिक तालिम प्रदान गरिएकाे छ ।
थासाङ गा.पा. वडा नं. ३ का वडाध्यक्ष श्री हरि प्रसाद गाैचन ज्युकाे प्रमुख आतिथ्यतामा सम्पन्न तालिममा मानसिक रूपमा कसरी सशक्त र आत्मविश्वास बढाउने बारे सैद्धान्तिक ज्ञान जिल्ला प्रहरी कार्यालय, प्रमुख प्रा.ना.उ. छिरिङ किप्पा लामा ज्युले दिनुभएकाे थियाे ।

किशाेरीहरूलाई शारीरिक रूपमा पनि कसरी आफ्नाे सुरक्षा, आत्मविश्वास र सशक्तीकरण हुने भन्ने व्यावहारिक ज्ञान जिल्ला प्रहरी कार्यालयबाट आउनु भएका ३ जना प्रशिक्षकहरू( शक्ति मिजार, रेखा सुनाम र सुवास परियार) ले दिनुभएकाे थियाे ।

यस तालिमले किशोरीहरूमा आत्मविश्वास वृद्धि गर्नुका साथै आकस्मिक तथा जोखिमपूर्ण परिस्थितिमा आफूलाई सुरक्षित राख्ने सीप विकास गराउँछ। आत्मरक्षा तालिमबाट शारीरिक तन्दुरुस्ती, मानसिक साहस, अनुशासन तथा निर्णय क्षमता समेत अभिवृद्धि हुन्छ। यसले महिला हिंसा, दुव्र्यवहार तथा विभिन्न प्रकारका असुरक्षाबाट जोगिन सहयोग पुर्‍याउँछ। साथै किशोरीहरू आफ्नो अधिकार, सुरक्षा र सामाजिक जिम्मेवारीप्रति सचेत बन्ने भएकाले विद्यालय तथा समुदायमा समेत सुरक्षित वातावरण निर्माण गर्न मद्दत पुग्छ। आत्मरक्षा सम्बन्धी तालिमले किशोरीहरूलाई आत्मनिर्भर, सक्षम र सशक्त बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास छ।

लेखकको बारेमा

बिष्णु प्रसाद बरालपोखरामा रहेर पत्रकारितामा सक्रिय बराल असल खबर डटकमका सम्वाददाता हुनुहुन्छ ।
लेखकसँग सम्बन्धित खबरहरु
यो पनि पढ्नुहोस् :  गैरी गाउँ माविमा अभिभावक मनोपरामर्श तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 1   +   5   =