विकास मानन्धरको गीत ‘पिरती’ सार्वजनिक

विकास मानन्धरको गीत ‘पिरती’ सार्वजनिक

काठमाडौं । गायक विकास मानन्धरको गीत ‘पिरती’को भिडियो सार्वजनिक गरिएको छ । गीतमा गायक विकासकै शब्द र संगीत छ भने उनलाई स्वरमा गायिका रेइशा मिश्रले साथ दिएकी छन् । गीतमा तास स्टुडियोको मिक्सिङ र मास्टरिङ छ भने गीतलाई बिजेश्वर राज तण्डुकारले एरेन्ज गरेका हुन् ।

विकासकै युट्यब च्यानलबाट सार्वजनिक गीतको भिडियोमा आकांक्षा जोशी र विजेन मगरको अभिनय छ । गीतमा आकांक्षा र विजेनको रोमान्टिक भावलाई देखाइएको छ । कालिन्चोकको सुन्दर लोकेसनमा छायांकन गरिएको गीतको भिडियोमा विजेन र आकांक्षालाई मायाका कुरा गर्दै घुमिरहेको देख्न सकिन्छ ।
गायक विकासले गीतले दुई मुटुको शान्त प्रेमलाई प्रस्तुत गरेको बताए । उनले यसअघि ‘मन’बोलको गीतको भिडियो सार्वजनिक गरिसकेका छन् ।

भिडियोमा सजन कट्टेलको निर्देशन, सौरभ लामाको छायांकन, रामप्रसाद चौधरीको सम्पादन, रेनिस फागोको कलर ग्रेडिङ, समीर मियाँ र सत्यम रानाको भीएफएक्स छ । नेपालको मकवानपुरस्थित हेटौडा घर भएका विकास हाल अष्ट्रेलियाको ब्रिसबेनमा बस्दै आएका छन् । उनको यो गीत युट्युब र स्पोटिफाई, एप्पल म्युजिक, अमेजन, युट्युब म्युजिकजस्ता संगीत प्लेटफर्महरूमा उपलब्ध छ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
यो पनि पढ्नुहोस् :  चलचित्र कलाकार संघको अध्यक्षमा उत्तम केसी विजयी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 10   +   6   =