कलाकार संघको अध्यक्ष पदका उम्मेदवार केसीको प्रतिवद्दता

काठमाडौँ। नेपाल चलचित्र कलाकार संघको २१औँ साधारणसभा तथा चुनावी अधिवेशन नजिकिँदै गर्दा अध्यक्ष पदका उम्मेदवार उत्तम केसी नेतृत्वको टिम/प्यानलले आफ्नो विस्तृत प्रतिबद्धता–पत्र सार्वजनिक गरेको छ। “एकता, सम्मान र अधिकार – कलाकारको भविष्य, हाम्रो जिम्मेवारी!” भन्ने मूल नारासहित सार्वजनिक गरिएको प्रतिबद्धता–पत्रमा कलाकारको हक–हित, श्रमको सम्मान, संस्थागत सुशासन र चलचित्र क्षेत्रको समग्र विकासलाई केन्द्रमा राखिएको छ। केसीको टिममा उपाध्यक्ष शिवहरी बैरागी,उपाध्यक्ष पुजना प्रधान,महासचिव सुनिल कटुवाल,कोशाध्यक्ष तेजुला खतिवडा,सचिव गोपाल ढकाल रहेका छन्।
टिमले नेपाली चलचित्र उद्योगलाई केवल मनोरञ्जनको माध्यम नभई कलाकार, प्राविधिक, निर्माता, निर्देशक, पत्रकार, वितरक तथा सांस्कृतिक संरचनाको साझा आधारका रूपमा व्याख्या गर्दै दीर्घकालीन सुधारका लागि स्पष्ट योजना अघि सारेको जनाएको छ।
प्रतिबद्धता–पत्रमा हरेक कलाकारका लागि न्यूनतम पारिश्रमिक मापदण्ड निर्धारण, लिखित करार प्रणाली अनिवार्य बनाउने, श्रम शोषण अन्त्य गर्ने, सुरक्षित कार्य वातावरण, बीमा तथा श्रम अधिकार सुनिश्चित गर्ने विषयलाई प्राथमिकतामा राखिएको छ। त्यस्तै स्वास्थ्य बीमा, दुर्घटना सहायता, राहत कोष, ज्येष्ठ कलाकारका लागि मासिक सहयोग तथा सामाजिक सुरक्षा योजनालाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।
उत्तम केसी टिमले नयाँ पुस्ताका कलाकारका लागि तालिम, कार्यशाला, अडिसन प्लेटफर्म तथा छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्ने जनाएको छ भने महिला, आदिवासी, जनजाति, दलित, मधेसी लगायत सबै समुदायका कलाकारको समान र सम्मानजनक सहभागिता सुनिश्चित गर्ने उल्लेख गरेको छ।
सदस्यता प्रणालीलाई पारदर्शी र व्यवस्थित बनाउन डिजिटल प्रणाली लागू गर्ने, वास्तविक कलाकारको पहिचान सुनिश्चित गर्ने तथा संघको आर्थिक गतिविधि नियमित अडिट र सार्वजनिक प्रतिवेदनमार्फत पारदर्शी बनाइने प्रतिबद्धता पनि पत्रमा समेटिएको छ। साथै संघलाई कुनै पनि स्वार्थ समूह वा सिण्डिकेटको प्रभावबाट मुक्त राख्दै कलाकारको साझा संस्था बनाइने दाबी गरिएको छ।
प्रतिबद्धता–पत्रमा चलचित्र क्षेत्रसँग सम्बन्धित अन्य संघ–संस्था, सरकार तथा अन्तर्राष्ट्रिय चलचित्र संगठनसँग सहकार्य विस्तार गर्ने, कलाकारहरूको बौद्धिक सम्पत्ति अधिकार सुरक्षित गर्ने, ओटीटी तथा डिजिटल प्लेटफर्ममा कलाकारको पहुँच र अवसर सुनिश्चित गर्ने विषयलाई पनि विशेष प्राथमिकता दिइएको छ।
त्यसैगरी चलचित्र इतिहासको संरक्षण, कलाकारहरूको डिजिटल डेटा बैंक निर्माण, कानुनी परामर्श सेवा, मानसिक स्वास्थ्य परामर्श, आपतकालीन राहत संयन्त्र तथा प्रदेश र स्थानीय तहसम्म संघको संरचना विस्तार गर्ने योजनासमेत सार्वजनिक गरिएको छ।
टिमले “हामी घोषणा होइन, कार्यान्वयनमा विश्वास गर्छौँ” भन्ने सन्देश दिँदै कलाकारको सम्मान, अधिकार र भविष्य सुरक्षित गर्ने दिशामा पूर्ण रूपमा प्रतिबद्ध रहेको जनाएको छ।
नेपाल चलचित्र कलाकार संघको चुनाव २०८२ साल जेठ ३ गते काठमाडौँमा हुँदैछ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ ३, आईतवार १९:०९गैरी गाउँ माविमा अभिभावक मनोपरामर्श तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न
खेलकुद२०८३ जेष्ठ ३, आईतवार १६:१५एनएसएल चौथो संस्करण भदौ २० देखि हुने « रिपोर्टर्स नेपाल
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ ३, आईतवार १०:३४कङ्गोमा नयाँ इबोलाको प्रकोपः ८० जनाको मृत्यु
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ ३, आईतवार ०९:४५वाग्लेलाई राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान, जयन र कुवेरलाई राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान









