समाचार

स्वास्थ्य/जानकारी टिप्स

  • लामखुट्टे नियन्त्रण गर्न चुक्यौं भने डेङ्गी भयावह बन्नसक्छः सरुवा रोग विशेषज्ञ डा. पुन
    लामखुट्टे नियन्त्रण गर्न चुक्यौं भने डेङ्गी भयावह बन्नसक्छः सरुवा रोग विशेषज्ञ डा. पुन

    काठमाडौं, १२ जेठ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका सरुवा रोग विषेशज्ञ डा. शेरबहादुर पुनले समयमै लामखुट्टे नियन्त्रणको उपाय अवलम्बन गर्ने हो भने डेङ्गीको प्रकोप बढ्ने बताएका छन् । आज (शनिबार) नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अहिले लामखुट्टे नियन्त्रण गर्ने गोल्डेन टाइम रहेको बताए । गर्मी मौसम बढेसँगै पानीजन्य रोगहरु, झाडापखला, हैजाजस्ता सरुवा रोग देखिन थालेको बताए । ‘लामखुट्टे नियन्त्रणको एकदमै गोल्डेन टाइम आएको छ । हामी यो समयमा लामखुट्टै नियन्त्रण गर्ने उपायहरु अपनाउन सकेनौं, गरेनौं भने संक्रमण बढ्छ । लामखुट्टे नियन्त्रण गर्ने समय आइसक्यो । यदि हामी यहाँबाट चुक्यौं भने डेङ्गु हुनसक्छ,’– उनले भने ।

    नेपालमा कोरोना भाइरस ओमिक्रोन भेरियन्टको नयाँ सव भेरियन्ट ‘केपी १’ ‘केपी २’ ‘केपी ३’ र ‘केपी ४’ पुष्टि भएको सन्दर्भ उल्लेख गर्दै उनले यसले जेष्ठ नागरिकहरुलाई निकै गाह्रो बनाइरहेको बताए । यसको संक्रमणबाट बच्न जनस्वास्थ्यका मापदण्डहरु पालना गर्नुपर्ने उनको सुझाव छ । ओमिक्रोनको सब भेरियन्ट डेढ महिनादेखि नै देखिएको हुनसक्ने उनको अनुमान छ । उनले भने, ‘कोरोनाको नयाँ भेरिएन्ट भर्खर पत्ता लागेको छ । यो भन्दा डेढ महिना अगाडि धेरै जेष्ठ नागरिकहरु विरामी भएर अस्पताल भर्ना भएका थिए । त्यो बेलादेखि नै ओमिक्रोनको सब भेरिएन्ट थियो कि भन्ने मेरो अनुमान छ । अप्रिल र मे महिनाको नमुना लिएर गरिएको भनिएको छ । जुन बेलामा नेपालमा विरामीहरु बढेका थिए, केही समय अगाडि त्यो बेलामा थियो भन्ने मेरो अनुमान हो ।’

    कोरोना भाइरसले आफ्नो स्वरुप परिवर्तन गरिरहेको उनको भनाइ छ । उनले कोरोना विश्वमा नै तीब्र रुपमा आफ्नो स्वरुप परिवर्तन गरेर फैलिरहेको बताए । अहिले आएको ओमिक्रोन सब भेरियन्टबारे उनले भने, ‘कोरोना निमिट्यान्न भएको थिएन । हामीले पनि भन्दै आएका थियौं । यो न्यून अवस्थामा थियो र मैले पनि के भन्दै आएको थिएँ भन्दा भाइरसले नयाँ–नयाँ स्वरुपहरु परिवर्त गर्दै आएको अवस्था छ । भेरियन्ट नै परिवर्तन भएको होईन । ओमिक्रोन भेरियन्टको पनि सब भेरियन्ट हो । यसले विश्वमा नै आफ्नो तीब्रता अगाडि बढाएको देखिन्छ । ओमिक्रोन भेरियन्टको सब–भेरियन्टले मेरो अनुभवमा के पनि गरेको छ भन्दाखेरी जेष्ठ नागरिकहरुलाई गाह्रो बनाइरहेको छ । अस्पताल नै पुर्याउनुपर्ने अवस्था बनाएको छ ।’

    साथै, नेपालको संक्रमक रोगको रोकथामका सन्दर्भमा सरकारको ध्यान नपुगेको उनले बताए । संसारको कुनै पनि ठाउँमा फैलिएको संक्रमक रोग सजिलै नेपाल प्रवेश गर्ने अवस्थामा रहेपनि एउटा पनि सुविधा सम्पन्न अस्पताल नबनेको उनले बताए । उनले संक्रमक रोग भयावह भएको अवस्थामा आशा र भरोसाको केन्द्र बनिरहेको टेकू अस्पालको स्तरोन्नती गर्नेबारे नीति निर्माताको दृष्टि नपरेको बताए । ‘स्वास्थ्यमा त्यसमाथि पनि संक्रमक रोकको रोकथाममा सोचेजस्तो छैन । जब म यो सरुवा रोगमा केही गर्न सकिन्छ कि भनेर लागेँ, एउटा सुविधा सम्पन्न अस्पताल समेत बन्न सकेको छैन ।’ उनले भने, ‘यो पोलिसी मेकर्सको दृष्टिमा परेन । संक्रमक रोग आउँछ । त्यो बेलामा आशा र भसोरा टेकू अस्पताल हुने, स्तरोन्नति चाहीँ कहिले पनि नहुने । अबको २१औं शताब्दीमा संसारको कुनै ठाउँमा संक्रमक रोग फैलियो भने अछुतो रहने कुरा भएन । किन भने यातायातको सहज पहुँच छ । तर, हामीले अहिलेसम्म कुनै पनि क्षमतावान अस्पतालहरु विकास गर्न सकिरहेको छैन ।’

सूचना-प्रविधि

  • जुम्लामा हाइड्रोपोनिक चारा उत्पादन परीक्षण प्रविधि सुरु
    जुम्लामा हाइड्रोपोनिक चारा उत्पादन परीक्षण प्रविधि सुरु

    कर्णाली, ३ माघ । हिमाली जिल्ला जुम्लामा हाइड्रोपोनिक चारा उत्पादन परीक्षण प्रविधि सुरु गरिएको छ । युएसएआईडीको आर्थिक तथा वाइन्ड पावर प्रालिको प्राविधिक सहयोगमा तिला गाउँपालिका–३ कुडारीमा महिलाद्वारा सञ्चालित हिमाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा यो प्रविधि सुरु गरिएको हो ।

    वाइन्ड पावरले जुम्लामा गत पुसदेखि सुरु गरेको यो प्रविधिअन्तर्गत चिसोमा गाईवस्तुको आहारका लागि हाइड्रोपोनिक चारा उत्पादन लाभदायिक देखिएको छ । बेमौसमी समयमा गाईवस्तुलाई हरियो एवं पौष्टिक आहार दिएर दूध तथा मासुजन्य वस्तु उत्पादनमा वृद्धि ल्याउने उद्देश्यले सुरु गरिएको यो प्रविधि जलवायु परिवर्तन अनुकूलनमा पनि सहयोगी रहेको वाइन्ड पावर प्रालि नेपालका निर्देशक कुशल गुरुङले जानकारी दिए ।

    “वर्षमा पाँच महिनाभन्दा बढी हरियो आहारा नपाउने सुक्खा क्षेत्रका जिल्लामा पशुवस्तुको स्वास्थ्य र उत्पादनमा वृद्धि ल्याउने उद्देश्यले परीक्षण प्रविधि सुरु गरिएको हो,” उनले भने, “उच्च प्रविधिको प्लास्टिक टनेलभित्र माटोरहित जमरा उत्पादन गरिन्छ ।” यस विषयमा सहकारीमा आबद्ध किसानलाई प्रालिले सैद्धान्तिक तालिम दिएकोे निर्देशक गुरुङको भनाइ थियो ।

    प्रालिका व्यवस्थापक सिसन महर्जनले एक दिनमा ५० किलोग्राम हाइड्रोपोनिक चारा उत्पादन गर्न सकिने बताए । “हाइड्रोपोनिक भनेको जमरा उत्पादन गर्ने प्रविधि हो । गाउँघरमा माटो हालेर जमरा उत्पादन गरिन्छ तर यो प्रविधिअनुसार बीउमा पानीमात्र हालिन्छ,” उनले भने, “यसरी उत्पादन हुने जमराको जरामा पोषक तत्व हुने भएकाले पशुवस्तुलाई जरैदेखि खुवाइन्छ ।”

    हिमाली जिल्लामा हिउँदको समयमा पशुवस्तुका लागि पौष्टिक आहार उत्पादन गर्न परीक्षण प्रविधि सुरु गरिएको व्यवस्थापक महर्जनले बताए । यो परीक्षण प्रविधि सफल भएमा अन्य हिमाली जिल्लामा विस्तार गरिने जानकारी दिँदै उनले भने, “यो बाँसमा वा प्लास्टिक ट्रेमा अन्न भिजाई टनेलभित्र राखेर दुई हप्तामा उमार्न सकिन्छ । जौ र गहुँजस्ता अन्न उमारेर हाइड्रोपोनिक चारा उत्पादन गरिन्छ । यो प्रविधि किसान आफैँले गर्न सके अझ बढी लाभदायक हुने देखिन्छ ।”

    हिमाली महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडका व्यवस्थापक मुनिनाथ योगीले एक केजी बीउबाट पाँचदेखि छ केजीसम्म चरा उत्पादन गर्न सकिने बताए । “उत्पादित चारा हामीले प्रतिकेजी ५५ मा बेच्न खोज्यौँ तर यहाँ अहिलेसम्म किसानले किनेर पशुवस्तुलाई खुवाउने संस्कार नभएकाले खपत गर्न समस्या भयो,” उनले भने ।

    व्यवस्थापक योगीका अनुसार प्रालिले चारा उत्पादनका लागि आवश्यक समान र प्लास्टिक सहयोग गरेको छ । जौ र गहुँको बीउ सहकारी सदस्यहरुले जोहो गरेका छन् । एक हजार पाँच सयको ३० केजी बीउ संस्थाले किनिदिएको हो । जमरा बहुउपयोगी भएकाले यसबाट जुस निकाल्ने उपकरण र प्रशोधित जुस नेपाली बजारमा निर्यात गर्नका लागि सहयोगी संस्थालाई समन्वय गरिदिन उनले अनुरोध गरे ।

    युएसएआईडी कर्णाली जलपरियोजनाअन्तर्गत तिला जलाधार परियोजनाका जलाधार सल्लाहकार नरवीर ऐडीले हाइड्रोपोनिक चारा उत्पादन प्रविधि परीक्षण अवस्थामै रहेको बताए । माटो नराखी बीउलाई पानीमा भिजाएर उत्पादन गर्ने प्रविधि सरल र छरितो नै देखिन्छ,” उनले भने, “मूलतः यसबाट उत्पादन हुने जमरा बहुउपयोगी छ जसलाई चाराका लागिमात्र प्रयोग नगरी जुस बनाएर बजारमा बेच्न सकिन्छ ।”

    जमराको जुस ठूलो परिमाणमा उत्पादन हुन सक्ने भएमा स्थानीय बजारदेखि बाहिर पनि बेच्न सकिनेबारे सोच्न सकिने सल्लाहकार ऐडीको भनाइ थियो । यता तिला गाउँपालिका–३ कुडारी गाउँमा दुईवटा भैँसी पाल्दै आएका सहकारी सदस्य कल्पना हमालले चारा खुवाउँदा सुरुमा केही असर गरे पनि अहिले दूधमा सुधार आएको बताए । पहिलो पटक भैँसीलाई यसरी हिउँदमा हरियो चारा खुवाइएकाले यसको वास्तविक परिणाम आउन एक÷दुई महिना पर्खनुपर्ने उनको भनाइ थियो ।

    हाल रु ६८ लाख ८६ हजार दुई सय ७८ सम्पत्ति रहेको सहकारी संस्थामा एक जनजाति, दुई सय १५ दलित, चार सय १३ अन्य सदस्य गरी छ सय १९ महिला आबद्ध छन् । सहकारी सदस्य गोरीकला कामी, बिजुली योगी, कल्पना हमाल, मञ्जु बोहोरा र संस्था बाहिरको किसाना रामबहादुर रावलले १०÷१० केजी चारा उत्पादन गर्दै आएका छन् । रासस

पछिल्ला समाचारहरु

१ करोड ४१ लाख नागरिकको विवरण संकलन,डेढ लाखलाई परिचय पत्र वितरण

काठमाडौँ- सरकारले राष्ट्रिय परिचय पत्रका लागि १ करोड ४१ लाख बढीको विवरण संकलन गर्दा हाल १ लाख ३३ हजारलाई मात्र राष्ट्रिय परिचय पत्र वितरण गरेको...

‘लण्डन टु पेरिस’को ट्रेलर सार्वजनिक

साम्राज्ञी आरएल शाह स्टारर ‘लण्डन टु पेरिस’को ट्रेलर सार्वजनिक भएको छ । आइतबार सार्वजनिक ३ मिनेट लामो ट्रेलरले डायस्पोरामा बस्ने नेपाली युवाको आधुनिक प्रेम र...

उज्यालो युवा समाज गल्छीको अध्यक्षमा हरिप्रसाद अधिकारी निर्वाचित

धादिङ,१४ जेठ उज्यालो युवा समाज गल्छीको अध्यक्षमा हरि प्रसाद अधिकारी निर्वाीचत हुनुभएको छ । शनिवार समाजको गल्छि गाउँपालिका वडा नम्बर ८ खयरघारीमा सम्पन्न अधिवेशनले अधिकारीको...

मन्त्री महासेठलाई मेयर बालेनको धुलो उपहार !

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले रिङ रोड सडक निर्माणमा विलम्व गरेकोमा नगरवासीले भोग्नु परेको भन्दै माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई धुलो...

लामखुट्टे नियन्त्रण गर्न चुक्यौं भने डेङ्गी भयावह बन्नसक्छः सरुवा रोग विशेषज्ञ डा. पुन

काठमाडौं, १२ जेठ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका सरुवा रोग विषेशज्ञ डा. शेरबहादुर पुनले समयमै लामखुट्टे नियन्त्रणको उपाय अवलम्बन गर्ने हो भने...