प्रदर्शनअघि नै ‘पेन्सन पट्टा’ को विदेशी बजारमा आकर्षण

चलचित्रमा दयाहाङ राई, सुनिल थापा, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सन विक्रम राई, पुष्कर गुरुङ, सोल गुरुङ, सूरज तमु, राज थापा काउँचा, मनोज गुरुङ, अनुशा राई तथा लुनिभा तुलाधरलगायत कलाकारहरूको अभिनय रहेको छ।
काठमाडौं । निर्देशक तथा लेखक माओत्से गुरुङको नयाँ नेपाली चलचित्र ‘पेन्सन पट्टा’ प्रदर्शनअघि नै अन्तर्राष्ट्रिय बजारमा उल्लेखनीय चर्चा बटुल्न सफल भएको छ। प्रदर्शन मिति घोषणा हुनुअघि नै विभिन्न देशका वितरकहरूको चासो प्राप्त गरिरहेको चलचित्रले विदेशी बजारमा आफ्नो उपस्थितिलाई थप बलियो बनाउँदै लगेको छ।
निर्माण टिमका अनुसार चलचित्रको बेलायत र हङकङ प्रदर्शन अधिकार यसअघि नै बिक्री भइसकेको छ। बेलायतका लागि सपन इन्टरटेनमेन्ट लिमिटेड र हङकङका लागि मेन ड्रागन लिमिटेडले वितरण अधिकार खरिद गरेका हुन्। यसैक्रममा चलचित्रको अष्ट्रेलिया तथा न्युजिल्यान्ड प्रदर्शन अधिकार पनि बिक्री भएको छ। यी दुई देशका लागि ‘दि ब्याक इभेन्ट्स’ले चलचित्रको प्रदर्शन जिम्मेवारी लिएको निर्माण पक्षले जनाएको छ।
लगातार विदेशी बजारबाट प्राप्त भइरहेको सकारात्मक प्रतिक्रिया र वितरण सम्झौताले ‘पेन्सन पट्टा’प्रति नेपाली डायस्पोरा तथा अन्तर्राष्ट्रिय वितरकहरूको बढ्दो विश्वास झल्किएको निर्माण टिमको भनाइ छ।
माओत्से गुरुङ फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रले नेपाली समाज, परिवार, सम्बन्ध र मानवीय संवेदनाका विविध पक्षलाई उजागर गर्नेछ। यसअघि निर्देशक माओत्से गुरुङका ‘पुरानो डुङ्गा’ र ‘दयारानी’ले स्वदेशसँगै अन्तर्राष्ट्रिय बजारमा समेत राम्रो चर्चा पाएका कारण ‘पेन्सन पट्टा’प्रति अपेक्षा र उत्सुकता अझ बढेको निर्माण पक्षको विश्वास छ।
चलचित्रले मानिसको जीवनमा आशा, सपना र त्यसको प्राप्तिका लागि गर्नुपर्ने संघर्षलाई मानवीय दृष्टिकोणबाट प्रस्तुत गर्ने कथावस्तु बोकेको छ। चलचित्रमा दयाहाङ राई, सुनिल थापा, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सन विक्रम राई, पुष्कर गुरुङ, सोल गुरुङ, सूरज तमु, राज थापा काउँचा, मनोज गुरुङ, अनुशा राई तथा लुनिभा तुलाधरलगायत कलाकारहरूको अभिनय रहेको छ।
चलचित्रका लेखक तथा निर्देशक माओत्से गुरुङ हुन्। छायांकन सुशन प्रजापति, सम्पादन केर डी. कोइच लिनुच, कलर ग्रेडिङ राजेन्द्र मोक्तान, साउण्ड डिजाइन उत्तम न्यौपाने, सिंक साउण्ड नवीन श्रेष्ठ, भिएफएक्स मनोज श्रेष्ठ तथा कला निर्देशन राजु याक्चाले गरेका छन्। डि.बी. गुरुङ प्रोडक्सन म्यानेजर रहेको चलचित्रमा हर्क साउद, शिव बराइली र सूरज तमुका गीत तथा मनोज थापा मगर, शिव बराइली र सूरज तमुको संगीत रहेको छ।
विदेशी बजारमा नेपाली चलचित्रप्रति बढ्दो आकर्षणका बीच ‘पेन्सन पट्टा’ले प्रदर्शनअघि नै बेलायत, हङकङ, अष्ट्रेलिया र न्युजिल्यान्डजस्ता महत्वपूर्ण बजारमा प्रवेश गर्न सफल भएको छ। निर्माण पक्षका अनुसार अन्य मुलुकहरूबाट पनि प्रदर्शन अधिकारबारे छलफल भइरहेको छ, जसले चलचित्रको अन्तर्राष्ट्रिय यात्रा अझ फराकिलो बन्ने संकेत गरेको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ श्रावण २९, शुक्रबार २०:१८जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम
कला, विचार/मनोरञ्जन२०८३ श्रावण २९, शुक्रबार १८:०२प्रेम, बाध्यता र धोकाको कथा भन्दै आयो ‘माया भनेकै यस्तो होला’को टिजर
कला, विचार/मनोरञ्जन२०८३ श्रावण २९, शुक्रबार १५:०९पल शाहको निर्माणमा ‘यानीमाया’को छायांकन सुरु » Celebrity Nepal
स्वास्थ्य/जानकारी टिप्स२०८३ श्रावण २९, शुक्रबार १२:०७सर्पदंश र रेबिविरुद्धको खोप अभाव टर्यो









