Breaking News
बागलुङ–२ मा काँग्रेस उम्मेदवार टेकराज पौडेललाई प्रलोपाको समर्थन

दीपेन्द्र ढकाल (राजु), बागलुङ, फाल्गुण १३ । बागलुङ निर्वाचन क्षेत्र नम्बर २ मा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का उम्मेदवार पदमबहादुर कुँवरले नेपाली कांग्रेस का उम्मेदवार टेकराज पौडेललाई समर्थन गर्ने निर्णय गरेका छन्।


आगामी फागुन २१ गते हुने निर्वाचन नजिकिँदै जाँदा बुधबार कांग्रेस उम्मेदवार पौडेलको घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै कुँवरले प्रत्यक्षतर्फ टेकराज पौडेल र समानुपातिकतर्फ रेनुका काउचालाई समर्थन गर्ने घोषणा गरे।
उनले अहिलेको निर्वाचन सामान्य नभएको उल्लेख गर्दै गम्भीर भएर लाग्नुपर्ने बताए। माओवादी जनयुद्धमा सक्रिय नेताका रूपमा परिचित कुँवर तत्कालीन माओवादी केन्द्रका अध्यक्ष तथा हाल नेकपाका संयोजक पुष्पकमल दाहाल लाई झापड हानेको घटनापछि चर्चामा आएका थिए।


आफू उम्मेदवार बन्दा राम्रो उम्मेदवारको मत काटिने र पराजयको अवस्था आउन सक्ने भएकाले कांग्रेस उम्मेदवारलाई सघाउने निर्णय गरेको कुँवरले बताए।

निसीखोला गाउँपालिका–७ का कुँवरले उम्मेदवारी त्यागेसँगै उनीसँग आबद्ध प्रलोपाका अन्य नेता तथा कार्यकर्ता पनि कांग्रेसमा समाहित भएका छन्।


“दश वर्षे जनयुद्धका सपना सत्ताको भर्‍याङ बनाइए, जनताले यसपटक गद्दार नेताहरूलाई मतमार्फत जवाफ दिनेछन्,” कुँवरले भने।


कुँवरलाई कांग्रेस बागलुङका सभापति जित शेरचन, उम्मेदवार टेकराज पौडेललगायत नेताहरूले स्वागत गरेका छन्।

बहुविवाह गर्न पाउने प्रस्तावित मस्यौदाप्रति काँग्रेस गण्डकी प्रदेश महिला विभागको ध्यानाकर्षण

पोखरा । नेपाल सरकार कानुन तथा संसदीय मन्त्रालयले मुलुकी अपराध संहियतालाई संशोधन गर्न ल्याएको बहुविवाह गर्न पाउने प्रस्तावित मस्यौदा प्रति नेपाली काँग्रेस गण्डकी प्रदेश महिला विभागको ध्यानाकर्षण भएको जनाएको छ ।

विभागद्धारा पोखरामा आयोजित महिलाहरुको बिशेष भेलाले नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मामार्फत ध्यानाकर्षण पत्र हस्तान्तरण गरिएको छ ।

सो पत्रमा महिलाहरुको आत्मसम्मानमा ठेस पुर्याउने गरि अझै पनि दोस्रो दर्जाको नागरिकको रुपमा धचेट्ने अभिप्रायले सरकारले बहुविवाह गर्न पाउने सम्बन्धि कानुन प्रस्तावित मस्यौदालाई अगाडि नबढाउन चेतावनी दिएको छ ।

सो पत्र बुझ्दै सभापति शर्माले ज्ञापनपत्रमा उल्लेख भएका बिषयलाई सम्बन्धित ठाउँमा पुर्याउने बताउनुभयो । प्रजातन्त्रमा सबै नागरिक समान हुने र कसै माथि विभेद नहुने स्पष्ट पार्नुभयो । संसार चलाउन भगवान्ले लिङ्गको आधारमा महिला र पुरुष भनिएको उहाँले बताउनुभयो । शरीर महिला हो भने पुरुष आत्म हो भन्ने भनाई राख्नुभयो । उक्त कार्यक्रममा काँग्रेस गण्डकी प्रदेशका उपसभापति कल्पना तिवारीले महिला नै काँग्रेस संगठनको मुल आधार भएको बताउनुभयो ।

त्यसैगरी अर्का उपसभापति मेखलाल श्रेष्ठले महिलाहरुलाई अझ सशक्त बनाई राजनीति मुलधारमा ल्याउन आवश्यक रहेको बताउनुभयो । महामन्त्री विष्णु लामिछानेले सवल संगठनको पहिलो आधार काँग्रेस भित्र महिला विभाग रहेको बताउनुभयो । पार्टी प्रवक्ता मधु बास्तोलाले नेपाली काँग्रेसमा मात्र समानुपातिक, समावेशीतालाई पहिलो मान्यता दिने भएकाले महिलाहरुलाई राजनीतिमा आउन उत्प्रेरित गर्नुभयो । गण्डकी प्रदेश महिला विभाग प्रमुख शकुन्तला शर्माले कार्यक्रमको अध्यक्षता गर्नुहुदै सरकारले ल्याउन थालेको विद्येयकको विरोध गर्नुभयो ।

प्रदेशका ११ जिल्लाका महिला प्रतिनिधिहरुको सहभागिता रहेको सो कार्यक्रममा मनोनित गरिएका महिला विभागका सदस्यहरुलाई प्रमाण–पत्र प्रदान गरियो । सहभागी महिला एवं विभागका प्रमुखहरुले नेपाली काँग्रेसको संगठन र भावी कार्यदिशा बारे बोल्नुभएको थियो ।

बलियो संगठनको सदस्य हुँदा हरेक पार्टी सदस्यले गर्व महसुस गर्ने

नेपाली कांग्रेस कास्कीका ३ वटै क्षेत्रका क्षेत्रीय सभापति र उपलब्ध पदाधिकारीको आज शनिबार बैठक बसेको छ | संगठन बलियो बनाए मात्रै बलियो संगठनको सदस्य हुँदा हरेक पार्टी सदस्यले गर्व महसुस गर्ने बैठकमा उपलब्ध पदाधिकारीहरुको दावी रहेको छ | उक्त बैठकमा जिल्ला भरीको संगठन, शशक्त, जिम्मेवार, जनमुखी, उत्तरदायी बनाउने र निरन्तर समन्वयात्मक बैठक बस्ने लगायतका निर्णयहरु पनि भएका छन् |

थप निर्णयहरु:-
१,क्रियाशिल सदस्य नवीकरण फारम सम्बन्धित वडामा पुगी सकेको हुनाले केन्द्रले दिएको समय भित्र मातहत समिती हुदै माग गर्ने र आवश्यक सहयोग गर्ने निर्णय !
२, नवीकरण लगतै नयाँ क्रियाशिल सदस्यता बितरण हुने हुँदा आवश्यक तयारी सहित सदस्यता लिने चाहनेको बिबरण र अध्ययन समिती निर्माण गर्ने निर्णय !

गठबन्धन सहितको नेपाल सरकार तिनै तहको बजेट निर्माण र घोषणामा रहेको हुँदा सरकार लाई जनमुखी, नागारिकमैत्री, आवश्यकता अनुसारको बिकासप्रेमी बजेट ल्याई सुशासनमैत्री , भ्रष्टाचार बिरोधि कार्य गर्न निरन्तर निगरानी र खबरदारी गर्ने निर्णय गरिएको नेका कास्की -३ का क्षेत्रीय सभापति मनोज गुरुङले जानकारी दिनुभयो |


साथै तत्काल बजेट, क्रियाशिल सदस्य र भातृसस्था बारे तिनै क्षेत्रमा भेलाहरु आयोजन गर्ने कास्की क्षेत्र न- १ का क्षेत्रीय सभापति राजेन्द्रमणि लामिछाने ले बताउनु भयो |


जिल्लामा संगठन बलियो बनाउने भातृसस्था हरुको बिबाद समाधान गर्न तर्फ क्षेत्रीय समिती सक्रियता पुर्बक लाग्ने र छिट्टै घुम्ती बैठकका रुपमा अर्को कास्कीका तिनै क्षेत्र, महानगर समिती र पालिका समितीको बैठक आयोजना गरिने कास्की क्षेत्र न -३ काक्षेत्रीय सभापति केशर प्रसाद निर्दोशीले बताउनु भयो |

बैठकमा सहभागीहरु

१, राजेन्द्रमणि लामिछाने क्षेत्रीय सभापति नेका कास्की क्षेत्र न- १
२, केशर प्रसाद निर्दोषी क्षेत्रीय सभापति नेका कास्की क्षेत्र न-२
३, मनोज गुरुङ क्षेत्रीय सभापति नेका कास्की क्षेत्र न- ३
४, कृष्ण प्रसाद कोईराला सभापति प्रदेशसभा १ ख कास्की ( क्षेत्रीय
उपसभापति कास्की १)
५, दिपेन्द्र मर्शानी सभापति प्रदेशसभा २ ख कास्की (क्षेत्रीय उपसभापति कास्की २ ,वडा अध्यक्ष पोखरा -९)
६, सरोज केसी क्षेत्रीय सचिब कास्की
क्षेत्र न-१
७, देबकृष्ण पराजुली क्षेत्रीय सचिब कास्की क्षेत्र न -२ वडा अध्यक्ष पोखरा -४
८,भावाना श्रेष्ठ क्षेत्रीय सहसचिब कास्की क्षेत्र न-२ एवं जनप्रतिनिधि पोखरा महानगर
९,बिश्वराज आचार्य क्षेत्रीय सहसचिब कास्की क्षेत्र न-२
१०,ललित कुँवर क्षेत्रीय कोषाध्यक्ष कास्की क्षेत्र न-२

बृहत विद्यार्थी भेला मार्फत नेविसंघ पिएन क्याम्पसको अध्यक्षमा तिमिल्सिना

मनिष पौडेल, पोखरा । नेपाली काङ्ग्रेसको भातृ विद्यार्थी संगठन नेपाल विद्यार्थी संगठन (नेविसंघ)ले संगठन बिस्तार गरेको छ। नेविसंघ पृथ्वीनारायण क्याम्पसको बृहत विद्यार्थी भेलाबिच नेविसंघ कास्कीको कार्यवाहक अध्यक्ष चुमन गुरुङ्गको रोहवरमा नेविसंघ पृथ्वीनारायण क्याम्पस मुल इकाई समितिको अध्यक्षमा विवेक तिमिल्सिना नियुक्त भएका छन ।

कास्कीको पोखरा महानगरपालिका वडा नं २४ निवासी सभापति तिमल्सिना सानैदेखि समाजसेवी गर्न रुचाउने, विद्यार्थी राजनीति सँगै नेपाली कांग्रेसको राजनीतिमा पनि सक्रिय उनी सहयोगी एवं परोपकारी स्वभावका सालिन, भद्र व्यक्तिका रूपमा चिनिन्छिन् ।

नेविसंघ कास्कीको निवर्तमान सह-सचिव भैइसकेका नव-नियुक्त सभापति तिमिल्सिना नेविसंघ पृथ्वीनारायण क्याम्पसको संगठन विभाग प्रमुख हुँदै अध्यक्ष बनेको हुन ।

“तिमिल्सिना ले आफुले पाएको जिम्मेवारी कुशलताका साथ समाल्दै सधै विद्यार्थीका समस्या समाधान गर्न र सम्पूर्ण विद्यार्थीका हकहितमा काम गर्ने छन भन्ने विश्वास लिएको छु।” कार्यवहाक सभापति गुरुङले बताए ।

कुनै पनि दायित्व निर्वाह गर्नुपूर्व त्यसप्रति इमानदार हुनु र कुशलतापूर्वक काम गर्नु सफलता प्राप्त गर्ने आधार हो। आझ पृथ्वीनारायण क्याम्पसमा बृहत विद्यार्थी भेला मार्फत म प्रतिको विश्वासलाई कदर गर्दै अध्यक्षको जिम्मेवारीले संगठनमा देखिएको दिशाबिमुखतालाई एकत्रित, संगठित र सबल बनाउने र विद्यार्थी आन्दोलनको औचित्य प्रमाणित गर्ने चुनौतीको सामना गर्न आफु तयार रहेको बताउदै आफ्नो प्रतिबद्दता समेत सभापति विवेक तिमिल्सिनाले व्यक्त गरे ।

एमाले कास्कीको अधिवेशनको तयारी पुरा

अधिवेशनकोा सम्पूर्ण तयारी पुरा भएको एमाले कास्कीले शुक्रबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ । ११ गतेसम्म चल्ने अधिवेशनले नयाँ नेतृत्व चयन समेत गर्ने छ । अधिवेशनमा कास्की जिल्लाका ७२ वटा वडा, जनसंगठन, सल्लाहकार परिषद्, तिन इलाका कमिटीका शाखा कमिटी, सल्लाहकार कमिटी र आयोजक कमिटीबाट गरी ९३५ जना प्रतिनिधिको सहभागिता रहने एमाले कास्कीका अध्यक्ष एवं अधिवेशन मुल समारोह संयोजक मनबहादुर गुुरुङले जानकारी दिए । उनका अनुसार प्रतिनिधि चयनमा महिला, जनजाति, दलित र अन्य समुदायको उचित प्रतिनिधित्व गराउँदै समावेशी सहभागितामा यथेष्ट ध्यान दिइएको समेत बताए ।

अधिवेशन उद्घाटन समारोहलाई भव्य र सभ्य बनाउन जिल्ला कमिटी, महानगर, पालिका, ईलाका, वडा, जनवर्गीय संगठनलाई परिचालन गरिएको उनले बताए । अधिवेशनलाई ऐतिहासिक र सफल बनाउनका लागि जिल्ला कमिटी अध्यक्ष . मनबहादुर गुरूङको अध्यक्षतामा मूल व्यवस्थापन कमिटी गठन गरिएको छ । उक्त कमिटीमा जिल्ला कमिटीका सदस्यहरु सबै, जिल्ला लेखा कमिटी, पालिका÷ईलाका कमिटीका अध्यक्षहरु रहेको एमाले कास्कीका उपसचिव एवं प्रचार प्रसार उपसमितिका संयोजक दर्शन लामाले बताए ।


अधिवेशनमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदन लेखनका लागि अध्यक्ष मनबबहादुर गुुरुङको संयोजकत्वमा तेजनारायण अधिकारी, हिराकुमारी गिरी, भेषराज बराल,ऋषिराम लामिछाने, श्रीराम पोखरेल, डिलु पौडेल र प्रमिला बराल सदस्य रहेका छन् भने संगठनात्मक प्रतिवेदन लेखनका लागि संयोजकमा सचिव बैनबहादुर अधिकारी क्षेत्री तथा सदस्यहरूमा आरपी शर्मा, विजया सुवेदी, बलराम पौडेल, झपट रानाभाट, बालाकृष्ण शर्मा, खेमराज सापकोटा, प्रकाश गुरूङ, खगराज आचार्यलाई जिम्मेवारी दिइएको छ ।


यस्तै, आर्थिक प्रतिवेदन लेखनका लागि कोष तथा वित्त व्यवस्थापन विभागका प्रमुख चिरञ्जीवी पोखरेललाई संयोजक र सदस्यहरु जिल्ला लेखा समितिका अध्यक्ष निर्मल खत्री,ज्ञानबहादुर कार्की, सीबी सुवेदी, सूर्यबहादुर जिसी, बिलबहादुर भुजेल, निर्मला पौडेल अधिकारीलाई जिम्मेवारी तोकिएको छ ।


अधिवेशनलाई सुव्यवस्थित बनाउनका लागि विभिन्न उपसमितिहरू समेत गठन गरिएको छ । स्वयंसेवक उपसमिति संयोजक तेजनारायण अधिकारी र सदस्यहरुमा कर्णबहादुर गुरूङ, ओम सुवेदी, पसबहादुर बास्तोला, शिवप्रसाद अधिकारी, हरिबोल गौतम, प्रमिला बराल, खेमराज आचार्य, श्रीधर पौडेल, विष्णुकुमार गुरूङ, विक्रम रायमाझी, पूर्णबहादुर गुरुङ, रेशमकुमार नेपाली, सीता बिक, सोमनाथ पौडेल, कमला केसी, संगीता सुवेदी झलक पोखरेल, दामोदर घिमिरे, बमबहादुर बिक, नवीन गिरी रहेका छन् ।

यस्तै प्रतिनिधि व्यवस्थापन संयोजकमा बैनबहादुर अधिकारी क्षेत्री र सदस्यहरुमा हिराकुमारी गिरी, आरपी शर्मा, विजया सुवेदी, सुरेन्द्र गुरूङ, चिरञ्जीवी पोखरेल, विष्णुबहादुर केसी, सन्तुदेवी सुवेदी, बैनबहादुर गुरूङ, राधिका शाही योगी, दानबहादुर बानियाँ रहेका छन् भने प्रचार प्रसार संयोजकमा दर्शन लामा र सदस्यहरुमा झपट रानाभाट, एकराज गिरी, दुर्गा भण्डारी, विवेक त्रिपाठी, संगीता सुवेदी, सुरेन्द्रमान सिंह भण्डारी, मेनुका श्रेष्ठ, श्रीराम पोखरेल, आर.एन. शर्मा, लालसिंह विश्वकर्मा (घताने), उषा बरुवाल, रामकृष्ण जिसी र जुमबहादुर परियार रहेका छन् ।

यता जनपरिचालन तथा अनुगमन संयोजकमा नवराज ओझा र सदस्यहरुमा सुवर्ण श्रेष्ठ, दीपक घिमिरे, गणेश पाख्रिन, हरिबहादुर बराल, प्रकाश पौडेल, तीर्थराज अधिकारी, रणबहादुर थापा, केशवशरण पौडेल, मोहन सुवेदी, कमलबहादुर थापा, विष्णुमाया पौडेल, सन्तोष गुरूङ (उमरबहादुर), चुडामणि अधिकारी, कमला गुरूङ, सुशीला आचार्य, किसान सुनार, ईन्दिरा आचार्य, अमृता बाँस्तोला, पम्फा पहारी, शोभा पौडेल, दामोदर शर्मा रिमाल, दीननाथ सुवेदी, नारायणदत्त अधिकारी, सरीता कुमाल, लीलाबहादुर जिसी, प्रेम जलारी, रेशम नेपाली, पार्वती बाँस्तोला, मेनुका श्रेष्ठ, झलक बराल, रामु गुरूङ, तारा सेवा, तीलकुमारी थापा, शान्ति पाध्याय, आशा नेपाली रहेका छन् भने अतिथि सत्कार संयोजकमा हिराकुमारी गिरी र सदस्यहरुमा सन्तुदेवी सुवेदी, शोभा पहारी, गीतादेवी विश्वकर्मा, राधिका शाही योगी रहेका छन् ।

अधिवेशनको मञ्च व्यवस्थापन संयोजकमा आरपी खनाल, सदस्यहरुमा ओमप्रसाद गौचन, सुवर्ण श्रेष्ठ, सन्तुदेवी सुवेदी, दीपक घिमिरे, दिननाथ सुवेदी, परशुराम बराल, गोपी तुलाचन, रमेश रानाभाट, कुलबहादुर रानाभाट, शारदाकुमारी पराजुली, नन्दलाल अधिकारी, झलक बराल, ईमानराज पौडेल, सुवास ढुंगाना, लक्ष्मीप्रसाद सुवेदी रहेका छन् भने खाना खाजा व्यवस्थापन संयोजकमा चिरञ्जीवी पोखरेल र सदस्यहरुमा विष्णु केसी, दामु अधिकारी, परशुराम बराल, चुडामणि बराल, रणबहादुर थापा, बालाकृष्ण शर्मा, आशिर्वाद सुवेदी, नन्दलाल अधिकारी, हरि लम्साल, पसबहादुर बास्तोला, ईमानराज पौडेल, सुवास ढुंगाना रहेका छन् ।

यस्तै सांस्कृतिक व्यवस्थापन संयोजकमा सुरेन्द्र गुरूङ र सदस्यहरुमा केशवशरण पौडेल, राममाया विश्वकर्मा, अस्मिता परियार, यमबहादुर गुरूङ, किसन परियार रहेका छन् भने आवास व्यवस्थापन संयोजक कृष्णप्रसाद न्यौपाने र सदस्यहरु विष्णु केसी, उज्ज्वल खत्री तथा स्वास्थ्य व्यवस्थापन संयोजकमा छममाया पुन र सदस्यमा विष्णुप्रसाद भण्डारी, चिरञ्जीवी शर्मा, दिनेश खड्का, विनिता दाहाल रहेका छन् ।

प्रजातन्त्र दिवसका सन्दर्भमा सभामुखबाट शुभकामना सन्देश व्यक्त गर्नुभएको छ ।

प्रजातन्त्र दिवसले स्वतन्त्रताको अभ्यासमार्फत विकास र समृद्धिको यात्रालाई थप गति दिने प्रेरणा मिलोस् भन्ने कामना सभामुख देवराज घिमिरेले व्यक्त गर्नुभएको छ ।

आज जारी गर्नुभएको सभामुख घिमिरले शुभकामना सन्देशमा प्रजातन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामना गर्दैै उक्त शुभकामना व्यक्त गर्नुभएको हो ।

सार्वभौम जनताबाट निर्वाचित संविधानसभाले संविधान निर्माण गरेको पनि झण्डै एक दशक पुग्न लागेको छ”, शुभकामना सन्देशमा भनिएको छ, “अब लोकतन्त्रको संस्थागत र वास्तविक कार्यान्वयनका लागि न्याय र समानतामा आधारित समृद्ध समाज निर्माणतर्फ अघि बढ्नै पर्दछ, लोकतन्त्रले सबै प्रकारका समस्या समाधान गर्न मार्गप्रशस्त गर्दछ भन्ने आमविश्वास रहेको छ ।”

यस ऐतिहासिक दिनमा मुलुकमा तानाशाही शासन व्यवस्थाको अन्त्य गरी प्रजातन्त्र स्थापनाका लागि भएका विभिन्न आन्दोलनका क्रममा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात–अज्ञात सहिदहरूप्रति सभामुख घिमिरले श्रद्धाञ्जलि अर्पण गर्दै उहाँहरूप्रति उच्च सम्मान प्रकट गर्नुभएको छ । नेपालको आधुनिक इतिहासमा फागुन ७ गतेको विशिष्ट महत्व रहेको र २००७ सालको क्रान्ति सफल भएर एक सय चारवर्षे लामो निरङ्कुश जहानियाँ राणा शासन अन्त्य भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ।

सत्तासाझेदार दलले राष्ट्रियसभा निर्वाचनबारेसमीक्षा गरे

यही माघ ११ गते सम्पन्न राष्ट्रियसभा निर्वाचनको समीक्षा सत्तासाझेदार दलले गरेका छन् । मङ्गलवार साँझ प्रधानमन्त्रीको निवासमा भएको बैठकमा निर्वाचन र प्राप्त नतिजाबारे छलफल भएको थियो ।
बैठकपश्चात कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रियसभा निर्वाचन र परिणामको विषयमा समीक्षा भएको जानकारी दिनुभयो । “गठबन्धनको बैठकमा कोशी प्रदेशमा सत्ता गठबन्धनले सिट गुमाएको विषयलाई लिएर गम्भीर छलफल भएको उहाँले बताउनु भयो ।

बैठकले कोशी प्रदेशमा राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका उम्मेदवार पराजित हुनु अप्रत्याशित भएको निष्कर्षसमेत निकालेको छ । कोशी प्रदेशको परिणाम अप्रत्याशित भएकाले त्यसमा गम्भीर छलफल गर्नुपर्ने उहाँले बताउनुभयो ।

नेता लेखकले कोशी प्रदेशमा सत्तारुढ गठबन्धनको उम्मेदवार पराजयको विषयले गठबन्धनको समिकरणमा फरक नपर्ने बताउनुभयो । “गठबन्धनका उम्मेदवार पराजयको विषयप्रति प्रारम्भिक छलफल भएको छ, गठबन्धन एकजुट छ, यसले गठबन्धनमा प्रभाव पार्ने स्थिति नभएको लेखकले बताउनुभयो।