बागलुङ–२ मा काँग्रेस उम्मेदवार टेकराज पौडेललाई प्रलोपाको समर्थन

दीपेन्द्र ढकाल (राजु), बागलुङ, फाल्गुण १३ । बागलुङ निर्वाचन क्षेत्र नम्बर २ मा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का उम्मेदवार पदमबहादुर कुँवरले नेपाली कांग्रेस का उम्मेदवार टेकराज पौडेललाई समर्थन गर्ने निर्णय गरेका छन्।
आगामी फागुन २१ गते हुने निर्वाचन नजिकिँदै जाँदा बुधबार कांग्रेस उम्मेदवार पौडेलको घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै कुँवरले प्रत्यक्षतर्फ टेकराज पौडेल र समानुपातिकतर्फ रेनुका काउचालाई समर्थन गर्ने घोषणा गरे।
उनले अहिलेको निर्वाचन सामान्य नभएको उल्लेख गर्दै गम्भीर भएर लाग्नुपर्ने बताए। माओवादी जनयुद्धमा सक्रिय नेताका रूपमा परिचित कुँवर तत्कालीन माओवादी केन्द्रका अध्यक्ष तथा हाल नेकपाका संयोजक पुष्पकमल दाहाल लाई झापड हानेको घटनापछि चर्चामा आएका थिए।
आफू उम्मेदवार बन्दा राम्रो उम्मेदवारको मत काटिने र पराजयको अवस्था आउन सक्ने भएकाले कांग्रेस उम्मेदवारलाई सघाउने निर्णय गरेको कुँवरले बताए।

निसीखोला गाउँपालिका–७ का कुँवरले उम्मेदवारी त्यागेसँगै उनीसँग आबद्ध प्रलोपाका अन्य नेता तथा कार्यकर्ता पनि कांग्रेसमा समाहित भएका छन्।
“दश वर्षे जनयुद्धका सपना सत्ताको भर्याङ बनाइए, जनताले यसपटक गद्दार नेताहरूलाई मतमार्फत जवाफ दिनेछन्,” कुँवरले भने।
कुँवरलाई कांग्रेस बागलुङका सभापति जित शेरचन, उम्मेदवार टेकराज पौडेललगायत नेताहरूले स्वागत गरेका छन्।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ आश्विन ९, शुक्रबार १०:१२‘पाँच पाण्डव’को पोस्टर सार्वजनिक, तिहारमा प्रदर्शनमा आउने
समाचार२०८३ आश्विन ८, बिहीबार २२:४३धादिङका पाँच पालिकामा कांग्रेसको नयाँ नेतृत्व चयन
समाचार२०८३ आश्विन ८, बिहीबार २०:४०अविरल वर्षाका कारण सिर्जित सम्भावित जोखिमबाट जोगाउन यस्तो छ सरकारको तयारी
खेलकुद२०८३ आश्विन ८, बिहीबार १६:५२एसियाली खेलकुद प्रतियोगिताः कबड्डीमा नेपालको जित









