बृहत विद्यार्थी भेला मार्फत नेविसंघ पिएन क्याम्पसको अध्यक्षमा तिमिल्सिना

मनिष पौडेल, पोखरा । नेपाली काङ्ग्रेसको भातृ विद्यार्थी संगठन नेपाल विद्यार्थी संगठन (नेविसंघ)ले संगठन बिस्तार गरेको छ। नेविसंघ पृथ्वीनारायण क्याम्पसको बृहत विद्यार्थी भेलाबिच नेविसंघ कास्कीको कार्यवाहक अध्यक्ष चुमन गुरुङ्गको रोहवरमा नेविसंघ पृथ्वीनारायण क्याम्पस मुल इकाई समितिको अध्यक्षमा विवेक तिमिल्सिना नियुक्त भएका छन ।
कास्कीको पोखरा महानगरपालिका वडा नं २४ निवासी सभापति तिमल्सिना सानैदेखि समाजसेवी गर्न रुचाउने, विद्यार्थी राजनीति सँगै नेपाली कांग्रेसको राजनीतिमा पनि सक्रिय उनी सहयोगी एवं परोपकारी स्वभावका सालिन, भद्र व्यक्तिका रूपमा चिनिन्छिन् ।
नेविसंघ कास्कीको निवर्तमान सह-सचिव भैइसकेका नव-नियुक्त सभापति तिमिल्सिना नेविसंघ पृथ्वीनारायण क्याम्पसको संगठन विभाग प्रमुख हुँदै अध्यक्ष बनेको हुन ।
“तिमिल्सिना ले आफुले पाएको जिम्मेवारी कुशलताका साथ समाल्दै सधै विद्यार्थीका समस्या समाधान गर्न र सम्पूर्ण विद्यार्थीका हकहितमा काम गर्ने छन भन्ने विश्वास लिएको छु।” कार्यवहाक सभापति गुरुङले बताए ।
कुनै पनि दायित्व निर्वाह गर्नुपूर्व त्यसप्रति इमानदार हुनु र कुशलतापूर्वक काम गर्नु सफलता प्राप्त गर्ने आधार हो। आझ पृथ्वीनारायण क्याम्पसमा बृहत विद्यार्थी भेला मार्फत म प्रतिको विश्वासलाई कदर गर्दै अध्यक्षको जिम्मेवारीले संगठनमा देखिएको दिशाबिमुखतालाई एकत्रित, संगठित र सबल बनाउने र विद्यार्थी आन्दोलनको औचित्य प्रमाणित गर्ने चुनौतीको सामना गर्न आफु तयार रहेको बताउदै आफ्नो प्रतिबद्दता समेत सभापति विवेक तिमिल्सिनाले व्यक्त गरे ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ आश्विन ९, शुक्रबार १०:१२‘पाँच पाण्डव’को पोस्टर सार्वजनिक, तिहारमा प्रदर्शनमा आउने
समाचार२०८३ आश्विन ८, बिहीबार २२:४३धादिङका पाँच पालिकामा कांग्रेसको नयाँ नेतृत्व चयन
समाचार२०८३ आश्विन ८, बिहीबार २०:४०अविरल वर्षाका कारण सिर्जित सम्भावित जोखिमबाट जोगाउन यस्तो छ सरकारको तयारी
खेलकुद२०८३ आश्विन ८, बिहीबार १६:५२एसियाली खेलकुद प्रतियोगिताः कबड्डीमा नेपालको जित









