पोखरामा ‘यामाहा फेस्ट’ सुरु, एक्सचेन्जमा विशेष अफर

पोखरा । पोखरामा नेपालकै ठूलो एक्सचेन्ज इभेन्टका रूपमा दाबी गरिएको ‘यामाहा फेस्ट’ सुरु भएको छ। नेपाली ग्राहकहरूमाझ लोकप्रिय यामाहा मोटरसाइकल तथा स्कुटरहरूको आधिकारिक वितरक एम.ए.डब्लु राइड्स प्रा.लि. को पोखरास्थित आधिकारिक विक्रेता भि.ए.डब्लु इन्टरप्राइजेज प्रा.लि.ले इभेन्ट आयोजना गरेको हो।
पोखरा–१० स्थित रंगशाला गेट नम्बर २ नजिकको खेल मैदानमा सञ्चालन भइरहेको इभेन्ट असार १० गतेसम्म जारी रहने आयोजकले जनाएको छ।
इभेन्ट अन्तर्गत ग्राहकहरूले पुराना सवारी साधन एक्सचेन्ज गर्दा हाई भ्यालु एडिसन वापत ८ हजार रुपैयाँ र स्योर–सट क्यास डिस्काउन्ट अन्तर्गत थप ६ हजार रुपैयाँ प्राप्त गर्नेछन्। साथै नयाँ सवारी साधन खरिद गर्ने ग्राहकलाई दुई वर्षसम्मको सवारी कर निःशुल्क तथा पाँच वर्षसम्म निःशुल्क सर्भिस सुविधा उपलब्ध गराइनेछ।
इभेन्ट अवधिभर अवलोकनका लागि आउने ग्राहकहरूका लागि विभिन्न डोर प्राइजको व्यवस्था गरिएको छ। साथै लक्की ड्रमार्फत आईफोन १७ प्रो म्याक्स जित्ने अवसर पनि रहेको आयोजकले जनाएको छ।
भि.ए.डब्लु इन्टरप्राइजेज प्रा.लि.का प्रबन्ध निर्देशक सरोज श्रेष्ठले ग्राहकलाई अधिकतम लाभ उपलब्ध गराउने उद्देश्यले विशेष योजना ल्याइएको बताए। ग्राहकमैत्री सेवा र आकर्षक अफरमार्फत ग्राहकलाई थप सुविधा प्रदान गर्ने प्रतिबद्धताअनुसार इभेन्ट आयोजना गरिएको उनको भनाइ छ।
एम.ए.डब्लु राइड्स प्रा.लि.का रिजनल म्यानेजर राम बोगटीका अनुसार मेलामा १२५ सिसीको रे जेडआर स्कुटर, १४९ सिसीको एफजेड सिरिज तथा १५५ सिसीका उच्च प्रदर्शनयुक्त विभिन्न मोटरसाइकल भेरियन्टहरू उपलब्ध छन्।
मेलामा सरल प्रक्रिया र प्रतिस्पर्धी ब्याजदरमा विशेष फाइनान्स सुविधा पनि उपलब्ध गराइएको छ। ‘यामाहा लैजाऔँ, घरमा नागरिकताकै भरमा’ योजना अन्तर्गत ग्राहकहरूले सहज रूपमा सवारी साधन खरिद गर्न सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।
यामाहाका मोटरसाइकल तथा स्कुटरहरू अत्याधुनिक फ्युल इन्जेक्सन (एफआई) प्रविधियुक्त रहेको कम्पनीको दाबी छ। उत्कृष्ट प्रदर्शन, आकर्षक डिजाइन, इन्धन दक्षता तथा सहज राइडिङ अनुभवका कारण यामाहा नेपाली बजारमा लोकप्रिय ब्रान्डका रूपमा स्थापित हुँदै आएको छ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21851, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ असार ३, बुधबार १७:४१पोखरामा ‘यामाहा फेस्ट’ सुरु, एक्सचेन्जमा विशेष अफर
समाचार२०८३ असार ३, बुधबार ०८:१३समुदायको पहलले जोगियो भुर्तेल आधारभूत विद्यालय
समाचार२०८३ असार २, मंगलवार ०८:१३रास्वपाका गण्डकी प्रदेश सभापति नवीन त्रिपाठीलाई लायन्स क्लब अफ पोखरा हेम्जाद्वारा सम्मान
समाचार२०८३ असार १, सोमबार १५:१२नयाँ अनलाइनका सञ्चालक/सम्पादकलाई आचारसंहिता अभिमुखीकरण





