‘आई एम जितबहादुर’को ग्राण्ड प्रिमियर सम्पन्न, चलचित्रकर्मीबाट सकारात्मक प्रतिक्रिया

प्रिमियरपछि अधिकांश चलचित्रकर्मीहरूले फिल्मको कथा, प्रस्तुति र विशेषगरी जितु नेपालको अभिनयको खुलेर प्रशंसा गरेका छन्।
काठमाडौं । हास्य कलाकार तथा अभिनेता जितु नेपाल (मुन्द्रे) अभिनित चलचित्र ‘आई एम जितबहादुर’ शुक्रबारदेखि देशभर प्रदर्शनमा आउने भएको छ। प्रदर्शनअघि बुधबार काठमाडौंमा चलचित्रको भव्य ग्राण्ड प्रिमियर सम्पन्न गरिएको छ।
प्रिमियर समारोहमा चलचित्र क्षेत्रका अग्रज तथा चर्चित व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा कलाकार मदनकृष्ण श्रेष्ठ, निर्देशक तुलसी घिमिरे, अभिनेत्री केकी अधिकारी, अभिनेत्री स्वस्तिमा खड्का, निर्देशक प्रदीप भट्टराई, कलाकार तथा निर्देशक दीपा श्री निरौला, कलाकार राजाराम पौडेल, हास्य कलाकार मनोज गजुरेल, कलाकार नारद खतिवडा, निर्देशक नरेश पौडेल, कलाकार महेश त्रिपाठी,निर्माता नविन श्रेष्ठ,निर्देशक कपिल रिजाल,कलाकार सीतादेवी तिमल्सिना,निर्माता सुमन गिरी,गायक हेमन्त शर्मा, शिव परियार, लोकगायक रामप्रसाद खनाल, अभिनेता जयकिशन बस्नेत, संजोग कोइराला, आयुष्मान देशराज जोशी, ‘कमेडी च्याम्पियन’का प्रभात लामा, भारती घिमिरे, चलचित्रका कलाकार तथा प्राविधिक टोली र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।
प्रिमियरपछि अधिकांश चलचित्रकर्मीहरूले फिल्मको कथा, प्रस्तुति र विशेषगरी जितु नेपालको अभिनयको खुलेर प्रशंसा गरेका छन्। चलचित्रले कलाकार बन्ने सपना बोकेको एक सामान्य व्यक्तिको संघर्ष, मेहनत र सफलताको यात्रालाई भावनात्मक तथा मनोरञ्जनात्मक ढंगले प्रस्तुत गरेको प्रतिक्रिया दर्शकहरूले दिएका छन्।

चलचित्रमा जितु नेपाल, वर्षा राउत, प्रियंका कार्की, सन्दीप क्षेत्री, देशभक्त खनाल, सारा शर्मा, अंशु महर्जन, पवन खतिवडा, राजन सिम्खडा र मिसेल घिमिरे लगायतका कलाकारहरूको अभिनय रहेको छ।
फिल्मले गाउँमा बस्ने सरल, हँसिलो र सपनाले भरिएको विवाहित युवक जितबहादुरको कथा प्रस्तुत गर्छ। गाउँको सानो नाट्य मञ्चबाट अभिनय यात्रा सुरु गर्ने उसको सपना, त्यसलाई साकार पार्न उसले भोग्नुपरेका संघर्ष, चुनौती र जीवनका उतारचढावलाई चलचित्रले मार्मिक ढंगले चित्रण गरेको छ।
सुभेन्दु घोष निर्देशित चलचित्रका निर्माता जितु नेपाल हुन्। सह-निर्मातामा राजन सिम्खडा र दिपेन्द्र अधिकारी रहेका छन् भने निश्चल कुँवर र निरज नेपाल कार्यकारी निर्माताका रूपमा रहेका छन्। चलचित्रको डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ भने वितरणको जिम्मेवारी आरआर फिल्म्सले सम्हालेको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र ९, मंगलवार २०:३८प्रतिनिधि सभामा भोलि प्रधानमन्त्रीसँग सांसदहरुको प्रत्यक्ष प्रश्नोत्तर
कला, विचार/मनोरञ्जन२०८३ भाद्र ९, मंगलवार १९:२९निखिल उप्रेतीको ‘आचार्य’को एक्सनले भरिएको टिजर सार्वजनिक
कला, विचार/मनोरञ्जन२०८३ भाद्र ९, मंगलवार १८:५३छायांकन सुरु भएसँगै ६ देशमा बिक्री भयो ‘यानीमाया’को प्रदर्शन अधिकार
समाचार२०८३ भाद्र ९, मंगलवार १०:२३आहा, यस्तो पो झरना !









