बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते

बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते

बैतडी- बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । डडेल्धुरा सदरमुकामबाट बैतडीको पञ्चेश्वरतर्फ जाँदै गरेको जिप बुधबार बेलुका पाटन–पञ्चेश्वर सडकखण्डअन्तर्गत मेलौली नगरपालिका–१ सौडानी खोलामा दुर्घटना भएको हो ।

दुर्घटनामा बैतडीको पञ्चेश्वर गाउँपालिका–२ की ३५ वर्षीय सुना मङ्गोलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुरज सिंहले जानकारी दिनुभयो । गम्भीर घाइते मङ्गोलाको प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचारका क्रममा मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।

दुर्घटनामा जिप चालकसहित छ जना घाइते भएका छन् । घाइते हुनेमा पञ्चेश्वर गाउँपालिका–२ का सोमन मङ्गोला, अविनाश राम लुहार, निरज बस्केल, करन सिह मङ्गोला, सुनिल बस्केल र जीप चालक सन्तोष राम लुहार घाइते भएका हुन् ।

घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिप अनियन्त्रित भई सडकबाट तल खसेको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
यो पनि पढ्नुहोस् :  लायन्स क्लब अफ पोखराको स्वर्ण महोत्सव मंसिर ५ गते, १२ सय जनाको सहभागिता रहने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 6   +   2   =