समुदायको पहलले जोगियो भुर्तेल आधारभूत विद्यालय

पोखरा । ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयहरु विद्यार्थीको अभावका कारण अस्तित्व संकटमा परिरहेका वेला यहाँको एउटा आधारभूत विद्यालय स्थानीय समुदायको सकृयताले जोगिएको छ । विद्यार्थी नहुँदा बन्द हुने अवस्थामा पुगेको पोखरा २८ को भुर्तेल आधारभूत विद्यालय समुदायको सक्रियतामा स्थानान्तरण गरेर जोगाइएको हो ।
वि.स.२०२० सालमा गाउँको उच्चस्थान सिम्ले चौतारामा स्थापना भएको उक्त विद्यालयमा विद्यार्थी संख्या घट्दै गएपछि वेगनासतालको जलाधार क्षेत्र स्याङ्गखुदीमा सारेर सञ्चालन गरिएको हो । विद्यालय स्थानान्तरण गर्न स्थानीयले गाँस काटेर आर्थिक सहयोग जुटाएका हुन ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोजराज भुर्तेलका अनुसार २४ लाख रुपैयाँमा १२ आना जग्गा खरिद गरिएको जमिनसंग जोडिएको करिव पाँच रोपनी सार्वजनिक जग्गामा विद्यालयको नयाँ भवन निर्माण गरेर सञ्चालन गरिएको छ । विद्यालयमा हाल २८ जना विद्यार्थी अध्ययनरत छन् ।
स्याङखुदी खोलाको तटमा रहेको उक्त जग्गामा १९ लाखको लागतमा निर्माण गरिएको सात कोठे ट्रष्ट भवनमा कक्षा पाँच सम्मको पढाई सञ्चालन भएको उहाँले भन्नुभयो, पोखरा २८ को १४ लाख रुपैया र पाँच लाख बराबरको स्थानीय जनसहभागिता परिचालन गरि भवन निर्माण सम्पन्न गरिएको हो ।
पोखरा महानगर शिक्षा महाशाखाको एक लाख रुपैयाको आर्थिक सहयोमा भवनको सुरक्षाका लागि कम्पाउण्ड वाल निर्माण गरिएको विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष टिकाराम लामिछानेले जानकारी दिए । विभिन्न तीन वटा सामुदायिक वन उपभोक्ता समुहले आवश्यक काठ उपलव्ध गराएका थिए ।
पुर्खाले आप्mना छोरा छोरी उज्यालो शिक्षाको घामवाट बञ्चित नहुन भनेर स्थापना गरेर सञ्चालन गरेको विद्यालय विद्यार्थीको अभावमा अन्यत्र मर्ज हुने अवस्थामा पुगेपछि स्थानीय वासिन्दाको आम भेलाले गाउँको विद्यालय वेसीमा सार्ने सर्वसम्वत निर्णय गरिएको बताउँदै लामिछानेले भन्नुभयो, विद्यालयमा गुणस्तरीय शिक्षा र यातायातको लागि भ्यान समेत खरिद गरिएपनि टाँढाको निजी विद्यालय छोराछोरी पाठाउने क्रम अहिले पनि रोकिएको छैन ।
सामुदायिक विद्यालयहरु बन्द हुने क्रम बढिरहेका वेला भुर्तेल आधारभूत विद्यालयको संरक्षण र विकासका लागि स्थानीय तह तथा समुदायले गरेको पहललाई उदाहरणीय प्रयासका रुपमा हेरिएको छ ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21848, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन १९, सोमबार १६:४९कांग्रेस केन्द्रीय सदस्यमा सुदर्शन शर्मा : ‘व्यक्ति होइन, विचारको बहस गरौँ’
समाचार२०८३ आश्विन १८, आईतवार १५:०५कास्की आइडल–२ को सेमिफाइनल सम्पन्न, गायन र नृत्यतर्फ १०–१० जना फाइनलमा
समाचार२०८३ आश्विन १८, आईतवार ११:१५आप्रवासी स्रोत केन्द्रका परामर्शकर्मीलाई तनाव व्यवस्थापन तालिम
समाचार२०८३ आश्विन ७, बुधबार १४:४१दलित अधिकार तथा विकास विधेयकमाथि पोखरामा सुझाव संकलन








