शुक्रबारदेखि लाग्दै ‘आई एम जितबहादुर’, अग्रीम बुकिङ खुल्यो

शुक्रबारदेखि लाग्दै ‘आई एम जितबहादुर’, अग्रीम बुकिङ खुल्यो

‘आई एम जितबहादुर’ मा जितुसहित वर्षा राउत, प्रियंका कार्की, सन्दिप क्षेत्री, देशभक्त खनाल, सारा शर्मा, अंशु महर्जन, पवन खतिवडा, राजन सिम्खडालगायत कलाकारहरूको अभिनय छ।


काठमाडौँ। हास्य कलाकार तथा अभिनेता जितु नेपालको मुख्य भूमिका रहेको फिल्म ‘आई एम जितबहादुर’ शुक्रबारदेखि देशभर प्रदर्शनमा आउँदैछ।

फिल्मको देशका मल्टिप्लेक्स चेनहरूले अग्रिम बुकिङ खुला गरेका छन्। बुधबारसम्म नेपालको सबभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्स, दोस्रो ठूलो आईएनआईसहित बिग मुभिजलगायतका हलमा अग्रिम टिकट बिक्री थालिएको छ।

‘आई एम जितबहादुर’ मा जितुसहित वर्षा राउत, प्रियंका कार्की, सन्दिप क्षेत्री, देशभक्त खनाल, सारा शर्मा, अंशु महर्जन, पवन खतिवडा, राजन सिम्खडालगायत कलाकारहरूको अभिनय छ।

फिल्मले गाउँमा बस्ने सरल, हँसिलो र सपनाले भरिएको विवाहित युवक जितबहादुरको कथा प्रस्तुत गर्छ। गाउँकै सानो नाट्य मञ्चमा साथीहरूसँग अभिनय गर्दै दर्शकलाई मनोरञ्जन दिने उसका लागि अभिनय केवल रूचि मात्र नभई जीवनकै सबभन्दा ठूलो सपना बनेको हुन्छ। त्यो सपना पूरा गर्न उसले गर्ने संघर्ष र आउने उतारचढावको कथा फिल्मले प्रस्तुत गर्नेछ।

‘आई एम जितबहादुर’ सुभेन्दु घोषको निर्देशनमा बनेको हो। ड्रामा विधामा निर्माण गरिएको फिल्मको रनटाइम १३३ मिनेट तय छ।

फिल्मको निर्मातामा जितु नेपाल छन् भने सह-निर्माता राजन सिम्खडा र दिपेन्द्र अधिकारी हुन्। कार्यकारी निर्मातामा निश्चल कुँवर र निरज नेपाल छन्।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
यो पनि पढ्नुहोस् :  प्रदर्शनअघि नै 'पेन्सन पट्टा' को विदेशी बजारमा आकर्षण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 5   +   7   =