२४ घण्टा ड्युटीलगत्तै आवासीय चिकित्सकले छुट्टी पाउने

काठमाडौँ । वीर अस्पतालले २४ घण्टा लगातार ड्युटी गरेका आवासीय चिकित्सक (रेजिडेन्ट डाक्टर)हरूलाई बिहानको वार्ड राउन्ड सकिएपछि अनिवार्य रूपमा छुट्टी दिन परिपत्र गरेको छ।
वीर अस्पतालले आज परिपत्र जारी गर्दै रेजिडेन्ट (डाक्टर) हरूलाई बिहानको वार्ड राउन्ड सकिएपछि अनिवार्य रूपमा छुट्टी दिन परिपत्र गरेको हो ।
प्रशिक्षार्थी चिकित्सक (इन्टर्न तथा आवासीय चिकित्सक) को ड्युटी समय नेपालको श्रम ऐन, २०७४ बमोजिम दैनिक अधिकतम १२ घण्टा र हप्तामा ७२ घण्टाभन्दा बढी हुन नहुने तथा हप्तामा एक दिन अनिवार्य बिदाको व्यवस्था हुनुपर्ने माग गर्दै आन्दोलनमा छन् ।
हप्तामा ४८ घण्टाभन्दा बढी काम गराइएमा श्रम ऐनअनुसार अतिरिक्त समय ९ओभर टाइम० भत्ता उपलब्ध गराइनुपर्ने उनीहरूको माग छ ।

लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ११, सोमबार १७:१२‘महाराजधिराज’को भिडियो लिक गर्ने स्पटब्वायसँग ५१ लाख क्षतिपूर्ति माग
समाचार२०८३ श्रावण ११, सोमबार ११:४२नीलकण्ठ पार्कमा रोपिएका १२५ आशा
खेलकुद२०८३ श्रावण ११, सोमबार १०:११नामिवियासँग भिड्दै नेपाल « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८३ श्रावण १०, आईतवार १९:०६‘बेहुली’को पहिलो गीत ‘दिलमा ठाउँ छ’को धमाकेदार सुरुवात, ४८ घण्टामै टिकटकमा ५० हजारभन्दा बढी भिडियो









