राष्ट्रिय चिकित्सा शिक्षा ऐन कार्यान्वयनमा ढिलाइप्रति सांसद कार्कीको ध्यानाकर्षण

राष्ट्रिय चिकित्सा शिक्षा ऐन कार्यान्वयनमा ढिलाइप्रति सांसद कार्कीको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा ४७ बमोजिम निजी मेडिकल कलेजहरूलाई गैर–नाफामूलक र सेवामूलक बनाउने कानुनी व्यवस्था तत्काल कार्यान्वयन गर्न माग गर्दै प्रतिनिधिसभाअन्तर्गतको शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ध्यानाकर्षण पत्र दर्ता गरिएको छ।

सत्तारुढ दल रास्वपाकी सांसद डा.तोसिमा कार्कीले २०८३ साउन ८ गते समितिका सभापतिसमक्ष औपचारिक पत्र बुझाउँदै ऐन लागू भएको ७ वर्ष बितिसक्दा पनि रूपान्तरणको स्पष्ट रोडम्याप वा कार्यविधि नबनेकोमा चिन्ता व्यक्त गरेकी छिन् ।

ऐनअनुसार २०८५ फागुन १० गतेभित्र शिक्षण संस्थाहरू अनिवार्य रूपमा गैर–नाफामूलक भइसक्नुपर्ने बाध्यता रहेकाले अब बाँकी रहेको २ वर्ष ७ महिनाको समयभित्र काम सक्न शिक्षामन्त्री र स्वास्थ्य मन्त्रीलाई बोलाएर आकस्मिक बैठक डाक्न उनले अनुरोध गरेकी छन् ।

​सोही कानुनी व्यवस्थाको पूर्ण कार्यान्वयन र अन्य जायज मागहरू राखी प्रा।डा।गोविन्द केसी साउन ७ गतेदेखि पुनः सत्याग्रहमा बस्नुभएको सन्दर्भलाई जोड्दै ध्यानाकर्षण पत्रमा संसद्ले पारित गरेको ऐन लागू गराउन बारम्बार ज्यान जोखिममा राख्नुपर्ने स्थिति आउनु दुःखद भएको उल्लेख गरिएको छ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
यो पनि पढ्नुहोस् :  मन्त्री बादीद्वारा सिंहदरबारस्थित दिवा शिशु केन्द्रको अनुगमन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 8   +   7   =