फेवाताल ६५ मिटर मापदण्ड : जलारी समुदाय संकटमा

राष्ट्रिय युवा संघ नेपाल कास्कीद्वारा स्थापना दिवसमा मानवसेवा आश्रममा सहयोग यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना गण्डकीलाई खेल पर्यटनको विश्वव्यापी ‘हब’ बनाउन स्पष्ट नीति र लगानीको खाँचो एसइई उत्तीर्ण विद्यार्थी तथा अभिभावकलाई सम्मान जातीय विभेद अन्त्य र समान शिक्षाका लागि ‘विश्वकर्मा वैदिक गुरुकुल’ को अवधारणा १० औं पोखरा स्पोर्ट्स अवार्ड : प्रदीप र नारायणी वर्ष खेलाडी सिद्धान्त अधिकारीलाई वर्ष उत्कृट प्रशिक्षक अवार्ड पोखरा महागनर लेखा समितिले भन्यो : निजी विद्यालयलको मनपरी ६६ औ धवलागिरी आरोहण दिवस मनाईदै फेवाताल ६५ मिटर मापदण्ड : जलारी समुदाय संकटमा

पोखरा, १ जेष्ठ ।
ताल र जलारी समुदायको जिवन प्रयायबाची जस्तै छ । तालमा माछा मारेर जीविकोपार्जन गर्दै आएको जलारी समुदाय अहिले भने संकटमा छ । फेवातालको ६५ मिटर मापदण्डको कुराले जलारी समुदायको पेशामा संकट पर्ने त्राससँगै बस्दै आएको ठाउँबाट विस्थापित हुने चिन्ता छ ।
ताल किनारको खपौदीमा जलारी समुदाय बसोबास गर्न थालेको पुस्तौँ भइसक्यो । फेवाताल किनारका जलारी समुदायको पेसा नै माछा मारेर जिवीकोपार्जन गर्ने हो । पोखरा १८ खपौदीमा बसोबास गरेका यो समुदायका मानिस बेलुका फेवातालमा जाल थाप्छन् भने बिहानै जाल झिकेर सहकारीमा माछा जम्मा गरी त्यहीबाट आएको पैसाले आफ्नो दैनिक गुजारा चलाउँछन् । संघीय सरकारको निर्देशनमा पोखरा महानगरपालिकाले फेवातालको ६५ मिटरभित्र बनेका संरचना हटाउन सुरु गरेपछि जलारी समुदायको बास नै उठ्ने चिन्ता छ ।
पोखरा १८ खपौंदीका रामचन्द्र जलारी अहिले ६३ वर्ष टेकेका छन् । उनले ६० वर्षसम्म तालसँग प्रेम साँटेरै बिताए । रामचन्द्रले ३० वर्ष अघिसम्म जाल थापेर माछा मार्ने ठाउँ अहिले धानखेत बनेको छ । अहिले देखिएको धानखेतमा त्यो बेला २० हात गहिरो ताल भएको आफ्नो अनुभव सुनाउँदै उनले भने, ‘हेर्दाहेर्दै तीन भागको एक भाग ताल पुरियो । पहिले फेवाताल माथिसम्मै । यो देखेर मन साह्रै दुखेको छ ।’

अहिले फेवाताल मापदण्डमा परेपछि जाने थातथलो नभएको बताउँदै पुर्ख्यौली पेसाबाट विस्थापित हुने संकटसमेत आइलागेको उनको भनाई छ । उनले फेवातालको किनारमा बस्ने जलारी समुदाय तालका शत्रु नभएर तालसँगै हुर्किएको एउटा सभ्यता भएको बताए । रामचन्द्रले जलारी समुदायलाई तालकै नजिकमा उचित व्यवस्थापन गरिनु पर्नेमा जोड दिए ।
करिब तीन सय वर्षअघि फेवाताल किनारमा आएको यो समुदाय सुरूमा अस्थायी झुप्रो बनाएर बसेको थियो । पछि उनीहरूले भोगचलनका आधारमा पुस्तौ पहिले जग्गा दर्ता गरे । केहीले २०३१ सालपछि पनि जग्गा किनेका छन्। तालसँग विशेष सम्बन्ध भएका जलारी समुदायलाई अहिलेको फेवातालको मापदण्डले पिरोलेको छ ।
सरकारले डोजर चलाएको घटनापछि थातथलो छोड्नुपर्ने हो कि भन्ने चिन्तामा रमा जलारीका दिन बित्ने गरेका छन् । उमेरले ७ दशक काटेकी रमाले तालबाटै जिवीकोपार्जन चलाईन । उहिले उनका छोराछोरीले माछा मार्ने गरेको उनले सुनाइन । रमाको अनुभवमा तालको उत्तरतिरको किनार पुरिएको छैन उनले भोगेकै समयदेखि स्थिर छ । सिरानतिरबाट बग्ने खोलाहरूमा लेदो मिसिएर झर्दा माथिल्लो भाग अस्वाभाविक पुरिएको छ । सरकारले मुआब्जा दिएर हटाउने कुरा गरिरहँदा उनलाई चित्त बुझेको छैन । सरकारले सुनैको घर बनाइदिए पनि आफुहरुलाई काम नलाग्ने बताउँदै फेवाताल नै आफ्नो घर साथै अन्नभण्डार भएको उनको भनाई छ । उनले भनिन् ‘ सरकारले हामीलाई सुनैको घर बनाइदिए पनि काम छैन । बरु झुप्रै होस्, फेवाताल नै हाम्रो घर हो ।’
जलारीको जीवन फेवातालको पानी र माछामा अडिएको छ । राज्यले डोजर चलाउनुअघि ताल किनारमा जलारी बस्न पाउनुपर्ने शुनिश्चितता खोजिरहेका छन् उनीहरू । करिव १ सय घर परिवार जलारीहरू खपौंदी क्षेत्रमा बसोबास गर्छन् । खासगरी खपौदी, पामे क्षेत्रमा जलारी समुदायले माछा मार्ने र बेच्ने काम गर्दछन् ।
फेवातालको क्षेत्रफल घट्नुमा ताल किनारमा बस्नेहरू नभइ विकासका नाममा जथाभावी खनिएका मोटरबाटो भएको उनीहरूको बुझाइ छ । बर्खामा तालको मुहान मानिने हर्पन खोलाबाट बगेर आउने माटो, बालुवा, गेग्रानका कारण ताल पुरिँदै गएको स्थानीय शैलेन्द्र जलारी बताउँछन् । ‘जता हेरे पनि डोजर चलिरहेका छन । एउटै गाउँमा चारतिरबाट सडक लगिएको छ,’ उनले भने, ‘ताल पुरेको हाम्रो बस्तीले होइन, त्यही डाँडाबाट झरेको लेदोले हो ।’
यो क्षेत्रमा जलारी मात्रै छैनन् फेवापारी थातथलो भएका विभिन्न पेसा व्यवसायका मानिसहरू पनि छन् । सरकारले रैथाने समुदायबारे छुट्टै निर्णय गरेको छैन। तर, लालपूर्जा भएका २०३१ सालअघिका जग्गालाई मुआब्जा दिने बताएको छ ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ १, शुक्रबार १२:०८फेवाताल ६५ मिटर मापदण्ड : जलारी समुदाय संकटमा
समाचार२०८३ बैशाख २१, सोमबार १५:४२फेवा मापदण्डमा विज्ञको आपत्ति: ६५ मिटरको रेखालाई ‘वैज्ञानिक आधारविहीन’ को संज्ञा
समाचार२०८३ बैशाख २०, आईतवार १६:५०सिद्धार्थ राजमार्गमा आधुनिक ‘आर्क ब्रिज’: राम्दीमा निर्माणाधीन पुल अन्तिम चरणमा
समाचार२०८२ चैत्र १०, मंगलवार १९:१२ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य, मोतिबिन्दुको पहिचान गरी निःशुल्क शल्यक्रिया गरिने









