फेवाताल ६५ मिटर मापदण्ड : जलारी समुदाय संकटमा

फेवाताल ६५ मिटर मापदण्ड : जलारी समुदाय संकटमा

राष्ट्रिय युवा संघ नेपाल कास्कीद्वारा स्थापना दिवसमा मानवसेवा आश्रममा सहयोग यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना गण्डकीलाई खेल पर्यटनको विश्वव्यापी ‘हब’ बनाउन स्पष्ट नीति र लगानीको खाँचो एसइई उत्तीर्ण विद्यार्थी तथा अभिभावकलाई सम्मान जातीय विभेद अन्त्य र समान शिक्षाका लागि ‘विश्वकर्मा वैदिक गुरुकुल’ को अवधारणा १० औं पोखरा स्पोर्ट्स अवार्ड : प्रदीप र नारायणी वर्ष खेलाडी सिद्धान्त अधिकारीलाई वर्ष उत्कृट प्रशिक्षक अवार्ड पोखरा महागनर लेखा समितिले भन्यो : निजी विद्यालयलको मनपरी ६६ औ धवलागिरी आरोहण दिवस मनाईदै फेवाताल ६५ मिटर मापदण्ड : जलारी समुदाय संकटमा

पोखरा, १ जेष्ठ ।

ताल र जलारी समुदायको जिवन प्रयायबाची जस्तै छ । तालमा माछा मारेर जीविकोपार्जन गर्दै आएको जलारी समुदाय अहिले भने संकटमा छ । फेवातालको ६५ मिटर मापदण्डको कुराले जलारी समुदायको पेशामा संकट पर्ने त्राससँगै बस्दै आएको ठाउँबाट विस्थापित हुने चिन्ता छ ।

ताल किनारको खपौदीमा जलारी समुदाय बसोबास गर्न थालेको पुस्तौँ भइसक्यो । फेवाताल किनारका जलारी समुदायको पेसा नै माछा मारेर जिवीकोपार्जन गर्ने हो । पोखरा १८ खपौदीमा बसोबास गरेका यो समुदायका मानिस बेलुका फेवातालमा जाल थाप्छन् भने बिहानै जाल झिकेर सहकारीमा माछा जम्मा गरी त्यहीबाट आएको पैसाले आफ्नो दैनिक गुजारा चलाउँछन् । संघीय सरकारको निर्देशनमा पोखरा महानगरपालिकाले फेवातालको ६५ मिटरभित्र बनेका संरचना हटाउन सुरु गरेपछि जलारी समुदायको बास नै उठ्ने चिन्ता छ ।


पोखरा १८ खपौंदीका रामचन्द्र जलारी अहिले ६३ वर्ष टेकेका छन् । उनले ६० वर्षसम्म तालसँग प्रेम साँटेरै बिताए । रामचन्द्रले ३० वर्ष अघिसम्म जाल थापेर माछा मार्ने ठाउँ अहिले धानखेत बनेको छ । अहिले देखिएको धानखेतमा त्यो बेला २० हात गहिरो ताल भएको आफ्नो अनुभव सुनाउँदै उनले भने, ‘हेर्दाहेर्दै तीन भागको एक भाग ताल पुरियो । पहिले फेवाताल माथिसम्मै । यो देखेर मन साह्रै दुखेको छ ।’

यो पनि पढ्नुहोस् :  पाथीभराको भेटी एक करोड छ लाख रुपैयाँ

अहिले फेवाताल मापदण्डमा परेपछि जाने थातथलो नभएको बताउँदै पुर्ख्यौली पेसाबाट विस्थापित हुने संकटसमेत आइलागेको उनको भनाई छ । उनले फेवातालको किनारमा बस्ने जलारी समुदाय तालका शत्रु नभएर तालसँगै हुर्किएको एउटा सभ्यता भएको बताए । रामचन्द्रले जलारी समुदायलाई तालकै नजिकमा उचित व्यवस्थापन गरिनु पर्नेमा जोड दिए ।

करिब तीन सय वर्षअघि फेवाताल किनारमा आएको यो समुदाय सुरूमा अस्थायी झुप्रो बनाएर बसेको थियो । पछि उनीहरूले भोगचलनका आधारमा पुस्तौ पहिले जग्गा दर्ता गरे । केहीले २०३१ सालपछि पनि जग्गा किनेका छन्। तालसँग विशेष सम्बन्ध भएका जलारी समुदायलाई अहिलेको फेवातालको मापदण्डले पिरोलेको छ ।


सरकारले डोजर चलाएको घटनापछि थातथलो छोड्नुपर्ने हो कि भन्ने चिन्तामा रमा जलारीका दिन बित्ने गरेका छन् । उमेरले ७ दशक काटेकी रमाले तालबाटै जिवीकोपार्जन चलाईन । उहिले उनका छोराछोरीले माछा मार्ने गरेको उनले सुनाइन । रमाको अनुभवमा तालको उत्तरतिरको किनार पुरिएको छैन उनले भोगेकै समयदेखि स्थिर छ । सिरानतिरबाट बग्ने खोलाहरूमा लेदो मिसिएर झर्दा माथिल्लो भाग अस्वाभाविक पुरिएको छ । सरकारले मुआब्जा दिएर हटाउने कुरा गरिरहँदा उनलाई चित्त बुझेको छैन । सरकारले सुनैको घर बनाइदिए पनि आफुहरुलाई काम नलाग्ने बताउँदै फेवाताल नै आफ्नो घर साथै अन्नभण्डार भएको उनको भनाई छ । उनले भनिन् ‘ सरकारले हामीलाई सुनैको घर बनाइदिए पनि काम छैन । बरु झुप्रै होस्, फेवाताल नै हाम्रो घर हो ।’


जलारीको जीवन फेवातालको पानी र माछामा अडिएको छ । राज्यले डोजर चलाउनुअघि ताल किनारमा जलारी बस्न पाउनुपर्ने शुनिश्चितता खोजिरहेका छन् उनीहरू । करिव १ सय घर परिवार जलारीहरू खपौंदी क्षेत्रमा बसोबास गर्छन् । खासगरी खपौदी, पामे क्षेत्रमा जलारी समुदायले माछा मार्ने र बेच्ने काम गर्दछन् ।


फेवातालको क्षेत्रफल घट्नुमा ताल किनारमा बस्नेहरू नभइ विकासका नाममा जथाभावी खनिएका मोटरबाटो भएको उनीहरूको बुझाइ छ । बर्खामा तालको मुहान मानिने हर्पन खोलाबाट बगेर आउने माटो, बालुवा, गेग्रानका कारण ताल पुरिँदै गएको स्थानीय शैलेन्द्र जलारी बताउँछन् । ‘जता हेरे पनि डोजर चलिरहेका छन । एउटै गाउँमा चारतिरबाट सडक लगिएको छ,’ उनले भने, ‘ताल पुरेको हाम्रो बस्तीले होइन, त्यही डाँडाबाट झरेको लेदोले हो ।’

यो पनि पढ्नुहोस् :  दीननाथ बराललाई उत्कृष्ट खेल पत्रकार अवार्ड

यो क्षेत्रमा जलारी मात्रै छैनन् फेवापारी थातथलो भएका विभिन्न पेसा व्यवसायका मानिसहरू पनि छन् । सरकारले रैथाने समुदायबारे छुट्टै निर्णय गरेको छैन। तर, लालपूर्जा भएका २०३१ सालअघिका जग्गालाई मुआब्जा दिने बताएको छ ।

लेखकको बारेमा

बिष्णु प्रसाद बरालपोखरामा रहेर पत्रकारितामा सक्रिय बराल असल खबर डटकमका सम्वाददाता हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 8   +   9   =  

Protected by Spam Master