दीननाथ बराललाई उत्कृष्ट खेल पत्रकार अवार्ड

दीननाथ बराललाई उत्कृष्ट खेल पत्रकार अवार्ड

पोखरा ।
दशौं पोखरा स्पोर्टस् अवार्ड २०८२ अन्तरगत उत्कृष्ट खेल पत्रकार अवार्ड दीननाथ बराललाई प्रदान गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा बिहीबार पोखरामा भएको कार्यक्रममा उत्कृष्ट खेल पत्रकार बराललाई नगद ३५ हजार रुपैयाँसहित दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको हो ।

उनलाई गण्डकी प्रदेशकी प्रेस रजिष्ट्रार विमला भण्डारी, प्रतिभा छनोट समितिका संयोजक विनोद लामिछाने, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल, नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरञ्जन अधिकारी नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेललगायतले नगद र प्रमाणपत्र अर्पण गरेका थिए । मञ्चको प्रतिभा छनोट समितिको सिफारिसका आधारमा २४ बर्षदेखि निरन्तर पत्रकारितामा सक्रिय बराललाई उक्त पुरस्कार प्रदान गरिएको मञ्चका अध्यक्ष एमबी आस्था मगरले बताए ।

मञ्चका पूर्व अध्यक्ष विनोद लामिछानेको संयोजकत्वमा गठन भएको प्रतिभा छनौट समितिको सदस्यमा नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल, महासंघ कास्कीका अध्यक्ष माधव बराल, पूर्व सम्मानितको तर्फबाट विजय नेपाल, मञ्चका अध्यक्ष यामबी आस्था मगर र महासचिव परशुराम शर्मा रहेका थिए ।

२०५९ सालदेखि निरन्तर पत्रकारितामा सक्रिय बराल हाल कास्की सहित गण्डकी प्रदेशमा कार्यरत छन् । कारोवार राष्ट्रिय दैनिक, रेडियो नेपाल, पोखरापत्रमा आबद्ध उनले आफ्नो पत्रकारिता यात्रामा खेलकुद, आर्थिक, पर्यटन तथा खोज पत्रकारितामा विशेष रुचि राख्दै आएका छन् । उनले आफ्नो करिअरमा विभिन्न राष्ट्रिय तथा स्थानीय सम्मानहरू प्राप्त गरे ।

बरालले गोर्खा बराह पत्रकारिता प्रोत्साहन पुरस्कार (गोल्ड मेडल—२०७५), शुभम सहकारी पत्रकारिता सम्मान (२०७६), सहारा खेलकुद पत्रकार पुरस्कार २०६८, साविक जिल्ला विकास समितिबाट उत्कृष्ट पत्रकार सम्मान, जिल्ला खेलकुद विकास समितिबाट उत्कृष्ट पत्रकार पुरस्कार, रत्न ज्योति माविबाट बाल प्रतिभा सम्मान, लायन्स क्लव पोखरा सेती गण्डकी उत्कृष्ट पत्रकार सम्मान (२०७४), सार्वजनिक यातायात समन्वय पत्रकारिता सम्मान, रेडियो अन्नपूर्णको बर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार (२०७२), नेपाल पत्रकार महासंघ कास्कीबाट २०७९ मा आर्थिक पत्रकारिता पुरस्कार (नगद २०,०००), नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयबाट गण्डकी प्रदेश स्तरिय प्रोत्साहन पुरस्कार २०८२ (नगद २५,०००) लगायतका पुरस्कार तथा सम्मान प्राप्त गरेका छन् ।

यो पनि पढ्नुहोस् :  एमाले सांसद थापाको असंसदीय शब्द रेकर्डबाट हटाउन सभामुखको निर्देशन

पोखरा प्रबद्र्धन केन्द्रको अध्यक्ष, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी निवर्तमान अध्यक्ष, पत्रकार महासंघ राष्ट्रिय परिषद सदस्य, गण्डकी बक्सिङ संघका सदस्य लगायतमा आबद्ध बराल पोखरा क्लिकमा आबद्ध छन् ।

सञ्चार दपर्ण साप्ताहिक (२०५९), जनमन्थन साप्ताहिक, आर्थिक अभियान दैनिक, पोखरा हट्लाइन दैनिक, जनमत दैनिक, हिमाल खबरपत्रिका, पोखरा न्यूज डटकम, फेवा टिभी, ग्लासिफाइड साप्ताहिक, रेडियो अन्नपूर्ण (१७ बर्ष), रेडियो तनहुँ, रेडियो स्याङजा, प्राप्ती त्रैमासिक, हेल्थ अप्डेड, अटो संसार, वर्तमान सहकारी आवाज लगायतका संस्थामा काम गरेको अनुभव सम्हालेका बराल पाकिस्तान, भारत, थाइल्याण्ड, इण्डोनेसिया, मलेसिया, सिंगापुर,दुबइ र चाइना सहित ८ देश भ्रमण गरेका छन् ।

यसअघि उत्कृष्ट खेलकुद पत्रकारिता पुरस्कार(अवार्ड) बाट सन्तोष पोखरेल, विनोद लामिछाने, सन्देश श्रेष्ठ, केशव पाठक, दीपक परियार, सागरराज तिमिल्सिना, रोहितराज पराजुली र विजय नेपाल सम्मानित भई सकेका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले हरेक वर्ष खेलकुद क्षेत्रमा सक्रिय पत्रकारहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले उक्त पुरस्कार (अवार्ड) प्रदान गर्दै आएको छ ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21625, citypokhara.com

लेखकको बारेमा

सिटी पाेखरा डटकम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 0   +   8   =  

Protected by Spam Master