स्वास्थ्यमन्त्री मेहता र भारतीय समकक्षी नड्डाबीच जेनेभामा भेटवार्ता

स्वास्थ्यमन्त्री मेहता र भारतीय समकक्षी नड्डाबीच जेनेभामा भेटवार्ता

काठमाडौं, जेठ ६ । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी नड्डाबिच द्विपक्षीय भेटवार्ता भएको छ ।

स्वीटजरल्याण्डको जेनेभामा विश्व स्वास्थ्य सङ्गठनले आयोजना गरेको ७९औँ विश्व स्वास्थ्य सभामा सहभागी हुने गएको बेला उनीहरूबिच भेटवार्ता भएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।

उनका अनुसार भेटवार्तामा स्वास्थ्य क्षेत्रमा विद्यमान द्विपक्षीय साझेदारीलाई अझ दिगो र प्रभावकारी बनाउने सम्बन्धमा छलफल भएको छ । भेटवार्तामा मन्त्रालयका प्रवक्ता यशोदा अर्यालसमेत सहभागी थिइन् । स्वास्थ्यमन्त्री मेहता तीन सदस्यीय टोलीको नेतृत्व गर्दै सभामा भाग लिन जेठ ३ गते जेनेभा प्रस्थान गरेकी थिइन् ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  नुन पनि गुणस्तहीन ! आयोडिनविहीन नुन बिक्रीवितरणलाई तत्काल रोक्न चिकित्सकद्वारा माग

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 9   +   3   =