चलचित्र ‘कुम्भ’ को रोमान्टिक गीत ‘स्पर्श’ सार्वजनिक

चलचित्र ‘कुम्भ’ को रोमान्टिक गीत ‘स्पर्श’ सार्वजनिक

काठमाडौं । आगामी जेठ १५ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘कुम्भ’ को रोमान्टिक गीत ‘स्पर्श’ सार्वजनिक गरिएको छ । निर्माण टिमले शुक्रबार आरएए डिजिटल नेपाल मार्फत गीत रिलिज गर्दै दर्शकमाझ चलचित्रप्रतिको उत्सुकता थप बढाएको हो ।

‘स्पर्श’ बोलको गीतमा गायक मनिष शाहीको स्वर रहेको छ भने गीतका शब्द चलचित्रका लेखक तथा निर्देशक रन्धिर श्रेष्ठले लेखेका हुन् । गीतमा डीजे एएनको संगीत रहेको छ ।

सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकार अशोक आर्यन र सृष्टि खड्का बीचको रोमान्टिक केमेस्ट्रीलाई आकर्षक ढंगले प्रस्तुत गरिएको छ । प्रेम, भावना र सम्बन्धको मिठासलाई समेटिएको गीतको भिडियो दर्शकले रुचाउने विश्वास निर्माण पक्षले लिएको छ ।

‘कुम्भ’ एक्सन तथा सामाजिक कथावस्तुमा आधारित चलचित्र हो । चलचित्रमा अशोक आर्यन, सृष्टि खड्का, सुनिल थापा, रोहित रुम्बा, सुशील पोखरेल, रोबर्ट सिंह, सुरेन्द्र ठाकुर, अफ्सना थापा, आरजे सापकोटा, मुन्ना सर्राफ लगायत कलाकारहरूको अभिनय रहेको छ ।

चलचित्रको लेखन, निर्देशन, छायांकन तथा सम्पादन रन्धिर श्रेष्ठ स्वयंले गरेका हुन् । चलचित्रमा सम्राट बस्नेत, प्रदीप खड्का (भारत), सञ्जय थापा र कुमार महर्जन को एक्सन निर्देशन रहेको छ भने कोरियोग्राफी रोबर्ट सिंहले गरेका छन् ।

आरएएस प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र आगामी मे २९ अर्थात् जेठ १५ गतेदेखि नेपालभर प्रदर्शनमा आउने तयारीमा रहेको छ । चलचित्रको यस अघि सार्वजनिक टिजरले राम्रो चर्चा पाउन सफल भएको छ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  आमाको जन्मदिनमा सुमनको अनुपम उपहार
लेखकसँग सम्बन्धित खबरहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 9   +   8   =