बहुविवाह गर्न पाउने प्रस्तावित मस्यौदाप्रति काँग्रेस गण्डकी प्रदेश महिला विभागको ध्यानाकर्षण

बहुविवाह गर्न पाउने प्रस्तावित मस्यौदाप्रति काँग्रेस गण्डकी प्रदेश महिला विभागको ध्यानाकर्षण

पोखरा । नेपाल सरकार कानुन तथा संसदीय मन्त्रालयले मुलुकी अपराध संहियतालाई संशोधन गर्न ल्याएको बहुविवाह गर्न पाउने प्रस्तावित मस्यौदा प्रति नेपाली काँग्रेस गण्डकी प्रदेश महिला विभागको ध्यानाकर्षण भएको जनाएको छ ।

विभागद्धारा पोखरामा आयोजित महिलाहरुको बिशेष भेलाले नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मामार्फत ध्यानाकर्षण पत्र हस्तान्तरण गरिएको छ ।

सो पत्रमा महिलाहरुको आत्मसम्मानमा ठेस पुर्याउने गरि अझै पनि दोस्रो दर्जाको नागरिकको रुपमा धचेट्ने अभिप्रायले सरकारले बहुविवाह गर्न पाउने सम्बन्धि कानुन प्रस्तावित मस्यौदालाई अगाडि नबढाउन चेतावनी दिएको छ ।

सो पत्र बुझ्दै सभापति शर्माले ज्ञापनपत्रमा उल्लेख भएका बिषयलाई सम्बन्धित ठाउँमा पुर्याउने बताउनुभयो । प्रजातन्त्रमा सबै नागरिक समान हुने र कसै माथि विभेद नहुने स्पष्ट पार्नुभयो । संसार चलाउन भगवान्ले लिङ्गको आधारमा महिला र पुरुष भनिएको उहाँले बताउनुभयो । शरीर महिला हो भने पुरुष आत्म हो भन्ने भनाई राख्नुभयो । उक्त कार्यक्रममा काँग्रेस गण्डकी प्रदेशका उपसभापति कल्पना तिवारीले महिला नै काँग्रेस संगठनको मुल आधार भएको बताउनुभयो ।

त्यसैगरी अर्का उपसभापति मेखलाल श्रेष्ठले महिलाहरुलाई अझ सशक्त बनाई राजनीति मुलधारमा ल्याउन आवश्यक रहेको बताउनुभयो । महामन्त्री विष्णु लामिछानेले सवल संगठनको पहिलो आधार काँग्रेस भित्र महिला विभाग रहेको बताउनुभयो । पार्टी प्रवक्ता मधु बास्तोलाले नेपाली काँग्रेसमा मात्र समानुपातिक, समावेशीतालाई पहिलो मान्यता दिने भएकाले महिलाहरुलाई राजनीतिमा आउन उत्प्रेरित गर्नुभयो । गण्डकी प्रदेश महिला विभाग प्रमुख शकुन्तला शर्माले कार्यक्रमको अध्यक्षता गर्नुहुदै सरकारले ल्याउन थालेको विद्येयकको विरोध गर्नुभयो ।

प्रदेशका ११ जिल्लाका महिला प्रतिनिधिहरुको सहभागिता रहेको सो कार्यक्रममा मनोनित गरिएका महिला विभागका सदस्यहरुलाई प्रमाण–पत्र प्रदान गरियो । सहभागी महिला एवं विभागका प्रमुखहरुले नेपाली काँग्रेसको संगठन र भावी कार्यदिशा बारे बोल्नुभएको थियो ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 2   +   2   =  

Protected by Spam Master