बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापा भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौं – विशेष अदालतले सर्लाहीको बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापा भ्रष्टाचार र गैरकानूनी सम्पत्ति आर्जन गरेको मुद्दामा दोषी ठहर गरेको छ ।
विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीश मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले थापासहित ६ जना विरुद्धको मुद्दामा थापासहित विमलकुमार पोखरेल र सागर पौडेललाई दोषी ठहर गरेको हो ।अदालतले लिलाकुमारी मोक्तान, विश्वराज पोखरेल र मेथुर चौधरीलाई भने सफाइ दिएको छ ।
अदालतले थापालाई गैरकानूनी सम्पत्ति आर्जन गरेको मुद्दामा पनि दोषी ठहर गरेको छ ।

लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ जेष्ठ ८, शुक्रबार १७:३३अमेरिकाविरुद्धको खेलमा नेपालले सहज जित
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ ८, शुक्रबार ११:१५चलचित्र ‘कुम्भ’ को रोमान्टिक गीत ‘स्पर्श’ सार्वजनिक
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ ८, शुक्रबार ११:०४चलचित्र पत्रकारिता दिवस मनाइयो, सम्मान तथा पुरस्कार प्रदान गर्दै २७औँ वार्षिकोत्सव सम्पन्न
समाचार२०८३ जेष्ठ ८, शुक्रबार ०६:२७आजको मौसमःबागमती सहित ६ प्रदेशमा बर्षाको सम्भावना








