मैथिली र नेपाली भाषामा ‘आरती’को ट्रेलर सार्वजनिक
काठमाडौँ । जघन्य अपराध बलात्कार र महिला हिंसामाथि आधारित वेबसिरिज ‘आरती’को ट्रेलर सार्वजनिक गरिएको छ। ट्रेलर मैथिली र नेपाली गरी दुईवटा भाषामा रिलीज गरिएको छ।
सिरिजमा नूतन, राज पौडेल, गीता श्री, लक्ष्मण अधिकारी, मनिषा गिरी, शिव कुर्मी, दीप नारायण शर्मा, हरि प्रसाद कडेल र संसार अधिकारीको प्रमुख अभिनय रहेको छ। रोशन दासको कथा र निर्देशन रहेको छ भने कथा लेखन हिक्मत शर्माले गरेका छन् ।
मैथिली भाषामा नैरेशन र संवाद-अनुवाद विद्यानन्द बेदर्दीले गरेका हुन् भने डब्बिङ्ग स्वर सरोज खिलाडी, राम भजन कामत, कृष्ण कुमार महतो, गीता श्री, अनन्त अनुराग, गजेन्द्र गजुर, गायत्री सिंह, शिवम मिश्रा, रोशन साह, रूपा यादव र रवि शर्माको रहेको छ। सिरीजलाई नितेश घतानले खिचेका हुन् भने कवीर ओडले सम्पादन गरेका छन् । आशिष दास निर्माता र राकेश शाह क्रियटिभ निर्माता रहेका छन्।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८१ माघ १३, आईतवार २०:४४फागुन १४ देखि तेस्रो माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप समाचार२०८१ माघ ११, शुक्रबार ०६:५३विकास र वातावरण बीच समन्वय गर्न स्थानीय तहसँग गोष्ठी सम्पन्न समाचार२०८१ माघ २, बुधबार १०:२६विद्याज्योति आधारभुत विद्यालयको स्वर्ण महोत्सव विभिन्न कार्यक्रम गरि सम्पन्न समाचार२०८१ पुष १९, शुक्रबार २१:४९मुख्यमन्त्रीद्वारा प्रतिष्ठानको आवासीय तथा प्रशासनिक भवनको शिलान्यास