मैथिली र नेपाली भाषामा ‘आरती’को ट्रेलर सार्वजनिक

काठमाडौँ । जघन्य अपराध बलात्कार र महिला हिंसामाथि आधारित वेबसिरिज ‘आरती’को ट्रेलर सार्वजनिक गरिएको छ। ट्रेलर मैथिली र नेपाली गरी दुईवटा भाषामा रिलीज गरिएको छ।
सिरिजमा नूतन, राज पौडेल, गीता श्री, लक्ष्मण अधिकारी, मनिषा गिरी, शिव कुर्मी, दीप नारायण शर्मा, हरि प्रसाद कडेल र संसार अधिकारीको प्रमुख अभिनय रहेको छ। रोशन दासको कथा र निर्देशन रहेको छ भने कथा लेखन हिक्मत शर्माले गरेका छन् ।
मैथिली भाषामा नैरेशन र संवाद-अनुवाद विद्यानन्द बेदर्दीले गरेका हुन् भने डब्बिङ्ग स्वर सरोज खिलाडी, राम भजन कामत, कृष्ण कुमार महतो, गीता श्री, अनन्त अनुराग, गजेन्द्र गजुर, गायत्री सिंह, शिवम मिश्रा, रोशन साह, रूपा यादव र रवि शर्माको रहेको छ। सिरीजलाई नितेश घतानले खिचेका हुन् भने कवीर ओडले सम्पादन गरेका छन् । आशिष दास निर्माता र राकेश शाह क्रियटिभ निर्माता रहेका छन्।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ १३, बुधबार २०:५९निफले सम्मान गर्यो ‘इलेफेन्ट इन द फग लाई’
समाचार२०८३ जेष्ठ १३, बुधबार १८:३२सूचनाको हक र प्रदेश सूचना पुनरावेदन समिति
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ १३, बुधबार १५:३६२९५ को मृगौला र १५ जनाको सफलतापूर्वक कलेजो प्रत्यारोपण नेपालमै गरियो
खेलकुद२०८३ जेष्ठ १३, बुधबार १२:०७प्रधान सेनापति राष्ट्रिय खुला टेनिस प्रतियोगिता सम्पन्न








