नेत्रावती डबजोङमा विद्यार्थीको रक्तसमूह पहिचान कार्यक्रम सुरु
धादिङ, ७ मङ्सिर : धादिङको नेत्रावती डबजोङ गाउँपालिकामा आठ सामुदायिक विद्यालयका विद्यार्थीको रक्तसमूह पहिचान गर्ने कार्यक्रम आजदेखि सुरु भएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाले कक्षा ६ देखि १२ सम्म अध्ययनरत छात्रछात्रालाई लक्षित गरी कार्यक्रम सञ्चालन गरेको हो ।
कार्यक्रममा पाँच माध्यमिक र तीन आधारभूत विद्यालय समेटिएका छन् । स्वास्थ्य शाखा प्रमुख मधु धमला क्षेत्रीका अनुसार विद्यालयमै पुगेर विद्यार्थीको रक्तसमूह परीक्षण गर्ने कार्यक्रम मङ्सिर ११ गतेसम्म सञ्चालन हुनेछ ।
निर्धारित कार्यतालिकाअनुसार आज मङ्गलादेवी माध्यमिक विद्यालय र निमारचोक आधारभूत विद्यालयमा कार्यक्रम सम्पन्न भएको छ। भोलि मङ्सिर ८ गते निरञ्जना माध्यमिक विद्यालयमा परीक्षण गरिनेछ ।
यसैगरी, मङ्सिर ९ गते चौतारा माध्यमिक विद्यालय र गैरा आधारभूत विद्यालय तथा १० गते कुण्डला माध्यमिक विद्यालय र कन्यादेवी आधारभूत विद्यालयमा विद्यार्थीको रक्तसमूह पहिचान गरिने कार्यतालिका छ । मङ्सिर ११ गते महेन्द्र बाराही माध्यमिक विद्यालयमा कार्यक्रम सञ्चालन गरिनेछ ।
कार्यक्रमका केहि झलकहरु
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ मंसिर ८, सोमबार २०:३३सम्बन्ध विस्तार र आर्थिक समृद्धिमा केन्द्रित
समाचार२०८३ मंसिर ८, सोमबार १८:५१नेत्रावती डबजोङमा विद्यार्थीको रक्तसमूह पहिचान कार्यक्रम सुरु
खेलकुद२०८३ मंसिर ८, सोमबार १५:२१अन्तर्राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा १९ वर्षीय सोफिन तामाङको दोहोरो सफलता
समाचार२०८३ मंसिर ८, सोमबार १३:४६नेपाल–भारतबीच हुन लागेका विभिन्न समझदारीपत्र एमओयूहरू आदानप्रदान कार्यक्रम





