Breaking News
बाल मनोविज्ञानको कथामा बनेको भिडियो ‘अस्तित्व’ सार्वजनिक

काठमाडौँ। बाल मनोविज्ञानको कथामा बनेको भिडियो ‘अस्तित्व’ सार्वजनिक गरिएको छ। श्रेय अगस्तिको स्वर,संकेत अगस्तिको संगीत र सुविध गुरागाईंको शब्द रचना रहेको गीत राजधानी काठमाडौँमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ। सुवास दाहालको प्रस्तुतीमा बनेको भिडियोमा नुर दाहाल,गौरी मल्ल,सपना पोखरेल,अन्जना कुइंकेल पाठक,सुगम भट्टराई,महाबिर पुन (अतिथि कलाकार) र सुवास दाहालको अभिनय रहेको छ।

भिडियोमा संकेत अगस्तिले निर्देशन,खेमनाथ खनालको क्रियटिभ निर्देशन,दिनेश पराजुलीको छायांकन र शिलन लम्सालको सम्पादन र कलर रहेको छ। भिडियो शिशिर भण्डारीको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ। भिडियो सार्वजनिक कार्यक्रममा सुगम नगर विकास समाजका अध्यक्ष कपिल उप्रेती,नुर दाहालका माता पिता-दिनेश दाहाल र अन्जु पोखरेल,समाजसेवी पासांग तामाङ,कलाकार शिशिर भण्डारी,सुगम नगर महिला समाजका अध्यक्ष यसोदा ढुंगेल,अपाङ्गता मानव अधिकार केन्द्रका जगदीश प्रसाद अधिकारी,लगायत थुप्रै व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै अभिनेत्री गौरी मल्लले बाल कलाकार नुर दाहालको खुलेर प्रसंशा गरिन्। नुर दाहाल प्रतिभावान कलाकार हुन्,उनले यस अघि मेरी आमा प्यारी आमा,परिचय लगायतका भिडियोमा आफ्नो अभिनय कुशलता प्रस्तुत गरिसकेका छन्।

निश्चलको चलचित्र ‘दिमाग खराब’को दोस्रो गीत सार्वजनिक

काठमाडौँः  निश्चल बस्नेतद्धारा निर्देशित चलचित्र ’दिमाग खराब’ को दोस्रो गीत सार्वजनिक गरिएको छ। सोमबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्ममा समावेश ’झम्के झमा झम’ बोलको गीत सार्वजनिक गरिएको हो।

सुमित खड्का र नम्रता काफ्लेको स्वर रहेको गीतमा बाबुल गिरीको शब्द, संगीत तथा संगीत संयोजन रहेको छ। शेखर घर्ती मगरले कोरियोग्राफी गरेको गीतको भिडिओमा निश्चल बस्नेत, स्वस्तिमा खड्का, खगेन्द्र लामिछाने, सुपुष्पा भट्ट, दयाहाङ राई, अर्पण थापालाई देख्न सकिन्छ।

सिनेमा आर्टस र ब्ल्याक हर्स पिक्चर्सको संयुक्त निर्माण रहेको फिल्ममा आकाश बरालको लेखन छ। फिल्ममा दयाहाङ राई, खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, अर्पण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंहलगायतका कलाकारको अभिनय छ। रौनक विक्रम कँडेल निर्माता र सुरज बम ठकुरी कार्यकारी निर्माताको रूपमा रहेको फिल्ममा सुसन प्रजापतिले छायांकन गरेका छन्। यो चलचित्र तिहारको अवसर पारेर कार्तिक २४ गतेदेखि प्रदर्शन हुनेछ।

गायक भरत लिमेलको ‘तिम्रै मोया छ’ म्युजिक भिडियो सार्वजनिक

खोटाङ, १५ असोज । गायक भरत लिमेल मगरको ‘तिम्रै मोया छ’ बोलको गीतमा निर्माण गरिएको म्युजिक भिडियो सार्वजनिक भएको छ । खोटाङको बराहपोखरी गाउँपालिका–१ पिप्लेमा जन्मेका उनको उक्त नयाँ गीति सङ्ग्रहमा निर्माण गरिएको म्युजिक भिडियो ओएसआर डिजिटल नेपाल युट्युब च्यानलबाट आइतबार साँझ सार्वजनिक गरिएको हो ।

दिनेश सुवेदीको शब्द तथा करसाङ लामाको सङ्गीत रहेको उक्त गीतमा गायक मगरसँगै चर्चित गायिका अस्मिता अधिकारीको स्वर रहेको छ भने गीति म्युजिक भिडियोमा चर्चित नायिका रस्मिला तामाङ तथा जीवन बस्नेत, किरन मगर, राजु श्रेष्ठ, परिश्ना बस्तोला र भर्खरै सम्पन्न ‘खोटाङ प्रतिभा–२०८०’ अन्तरगत नृत्य विद्याका उपविजेता सुवास विश्वकर्माले अभिनय गरेका छन् ।

अर्जुन खड्काले सम्पादन गरेको उक्त म्युजिक भिडियोकोे निर्देशन राजु श्रेष्ठले र कोरियोग्राफी मनोज तामाङले गर्नुभएको गायक मगरले जानकारी दिए ।

रावासावा प्राज्ञिक समाज नेपालका महासचिव तथा खोटाङ कलाकार समाज काठमाडौँमा समेत आबद्ध रहेका उनको यो सातौँ गीति सङ्ग्रह भएको बताइएको छ । उनले यसअघि मायाको आशैमा, भञ्ज्याङ र चौतारी, मनको कुरा, साहरा र तिम्लाई पाउँजस्ता गीति सङ्ग्रह बजारमा ल्याइसकेका छन् ।

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बराहपोखरी गाउँपालिकामा जन्मिएर काठमाडौँलाई कर्मथलो बनाएका गायक मगर काठमाडौँ लिटल ब्लोजम स्कूल नयाँबजार, भक्ति इन्टरनेशनल एकेडेमी बूढानीलकण्ठ र प्रगति बोर्डिङ हाइस्कूल बालाजुमा अध्यापनसमेत गर्दै आएका छन्। ‘गाउँदै–पढाउँदै’ गर्ने गायक मगरले लोक–आधुनिक भाकामा निर्माण गरेको यो म्युजिक भिडियोमा मायाँ/पिरतीका कुरा गरिएको छ । रासस