निश्चलको चलचित्र ‘दिमाग खराब’को दोस्रो गीत सार्वजनिक

काठमाडौँः निश्चल बस्नेतद्धारा निर्देशित चलचित्र ’दिमाग खराब’ को दोस्रो गीत सार्वजनिक गरिएको छ। सोमबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्ममा समावेश ’झम्के झमा झम’ बोलको गीत सार्वजनिक गरिएको हो।
सुमित खड्का र नम्रता काफ्लेको स्वर रहेको गीतमा बाबुल गिरीको शब्द, संगीत तथा संगीत संयोजन रहेको छ। शेखर घर्ती मगरले कोरियोग्राफी गरेको गीतको भिडिओमा निश्चल बस्नेत, स्वस्तिमा खड्का, खगेन्द्र लामिछाने, सुपुष्पा भट्ट, दयाहाङ राई, अर्पण थापालाई देख्न सकिन्छ।
सिनेमा आर्टस र ब्ल्याक हर्स पिक्चर्सको संयुक्त निर्माण रहेको फिल्ममा आकाश बरालको लेखन छ। फिल्ममा दयाहाङ राई, खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, अर्पण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंहलगायतका कलाकारको अभिनय छ। रौनक विक्रम कँडेल निर्माता र सुरज बम ठकुरी कार्यकारी निर्माताको रूपमा रहेको फिल्ममा सुसन प्रजापतिले छायांकन गरेका छन्। यो चलचित्र तिहारको अवसर पारेर कार्तिक २४ गतेदेखि प्रदर्शन हुनेछ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ आश्विन २५, आईतवार २०:५२सूर्यविनायक अन्तर वडास्तरीय फुटबल प्रतियोगिता सुरु
समाचार२०८३ आश्विन २५, आईतवार १८:०३अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनको सम्पूर्ण तयारी पूरा
समाचार२०८३ आश्विन २५, आईतवार ११:१४बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम
स्वास्थ्य/जानकारी टिप्स२०८३ आश्विन २५, आईतवार १०:३६एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया
















