Breaking News
महायज्ञमा ‘परदेशी २’ टिमलाई भव्य स्वागत तथा सम्मान

काठमाडौं । दशैंको अवसर पारेर यही शुक्रवारबाट प्रदर्शनमा आउने चलचित्र ‘परदेशी २’ यतिबेला प्रचार प्रसारमा जोडतोडले लागि परेको छ । चलचित्र प्रचारका लागि निर्माण टिमले देशका विभिन्न ठूला शहरमा पहिलो चरणको भ्रमण सकेर काठमाडौं फर्किएको छ । निर्माण टिमले यतिबेला एकातर्फ काठमाडौंका विभिन्न कलेजमा गीति नाटकमार्फत चलचित्रको प्रचारप्रसार गरिरहेको छ । अर्कोतर्फ, चलचित्रका कलाकार विभिन्न कार्यक्रमहरुमा समेत पुगेर ‘परदेशी २’हेर्न दर्शकलाई अपील गरिरहेका छन् ।

यसैबीच, चलचित्रका निर्देशक एवं कलाकारहरु शनिवार भक्तजनमाझ प्रस्तुत भएका छन् । भक्तपुरको चाँगुनारायण ताथलीमा जारी श्रीमद्भागवत महायज्ञमा पुगेर चलचित्रका निर्देशक नारायण रायमाझी, अभिनेता प्रकाश सपूत, अभिनेत्री केकी अधिकारी र वर्षा शिवाकोटीले चलचित्रको प्रचारप्रसार गरेका हुन् ।

निर्देशक एवं कलाकारहरुलाई त्यहाँ बाजागाजा र फूलमालाले भव्य स्वागत एवं सम्मान गरिएको थियो । निर्देशक नारायण रायमाझीले सुरुवातमा भक्तजनमाझ भजन प्रस्तुत गरेका थिए । त्यसपश्चात अन्य सांगीतिक प्रस्तुति समेत दिएका उनले घरघरको कथामा ‘परदेशी २’ बनेको बताउँदै चलचित्र हेर्न अपील गरेका थिए ।

अभिनेता प्रकाश सपूतले चर्चित गीतहरु प्रस्तुत गर्दा भक्तजनले तालीले स्वागत गरे । उनले ‘परदेशी २’ सामाजिक कथामा पारिवारिक चलचित्र बनेको बताउँदै माया गरिदिन आग्रह गरे । अभिनेत्रीद्धय केकी र वर्षाले दशैंको फेस्टिभ माहोलमा मनछुने चलचित्र आउँदै गरेको बताउँदै सबैलाई मनपर्ने विश्वास दिलाए । शनिवार महायज्ञमा झण्डै १५ सय भक्तजन उपस्थित थिए । फरक खालका दर्शकमाझ पुग्दा नौलो अनुभूति भएको अनुभव निर्माण टिमको थियो ।

वडादशैंको छेको पारेर असोज २६ गतेबाट प्रदर्शनमा आउने ‘परदेशी २’मा प्रकाश, केकी र वर्षासँगै प्रशान्त तामाङ, दीलिप रायमाझी, नीर शाह, रमा थपलिया, सबिन बास्तोला, देवेन्द्र बब्लु, रोशनी कार्कीलगायतको समेत अभिनय छ ।

रमेश बिजीले कथा एवं पटकथा लेखन रहेको चलचित्रले अध्ययनका लागि विदेशिने युवा र सन्तान विदेशिँदा बुढेसकाल लागेका आमाबुवाले भोग्ने पीडालाई प्रस्तुत गर्छ । राजेश वंशल र निर्देशक नारायण रायमाझीले संयुक्त रुपमा चलचित्रको निर्माण गरेका हुन् ।

आजमा र लिलिले जिते ‘जोय मिस एण्ड मिसेस् हेरिटेज इन्टरनेसनल नेपाल’को ताज

काठमाडौंँ । आजमा महर्जन र लिलि महर्जन सुवाल ‘जोय मिस एण्ड मिसेस् हेरिटेज इन्टरनेसनल नेपाल २०२३’को विजेता भउका छन् । आजमा मिस तर्फको शिर्ष विजेता चुनिदा लिलि मिसेज तर्फको विजेता घोषित भएकी हुन् । विजेता दुबैले बिभिन्न अवसर र उपहार हात पारेका छन् । विजेता दुबैले आगामी नोभेम्बर महिनामा थाइल्याण्डमा हुने ‘हेरिटेज पेजेन्टस् २०२३’मा नेपालकोप्रतिनिधित्व गर्ने ग्रिनआर्ट मिडियाका सिइयो प्रविन लाकौलले जानकारी दिए । हेरिटेज पेजेन्टस् युनेस्कोको ऐतिहासिक र महत्वपूर्ण सम्पदा सूचिमा परेका विश्वका विभिन्न मुलुकका सम्पदा र संस्कृतिको जगेर्ना तथा प्रवद्र्धन उदेश्यले आयोजना हँुदै आएको छ ।

प्रतियोगीतामा ‘मिस हेरिटेज इन्टरनेसनल नेपाल २०२३’तर्फ दीपिशा तामाङ फष्टरनरअप र पुर्णिमा शाही ठकुरी सेकेन्ड रनरअप बन्दा ‘मिसेज हेरिटेज इन्टरनेसनल नेपाल २०२३’ तर्फ पुनम थापा लुइटेल फष्ट रनरअप भइन् । भब्य र सब्य रुपमा आयोजना भएको प्रतियोगीता अन्य सौन्दर्य प्रतियोगीता भन्दा भिन्न थियो । हेरिटेज र सम्पदाको बिभिन्न झल्को दिने प्रस्तुति सहित सुरु भएको प्रतियोगीता हेरिटेज गार्डेन सानेपा, ललितपुरमा शुक्रबार अबेर साँझ सम्पन्न भएको थियो ।

अनुष्मा रायमाझी (मिस इको २०२० र मिस इको इन्टरनेशनल २०२०), राजभाई सुवाल (भेट्रान फोटोग्राफर) सरिता श्री ज्ञावली (मिडिया पर्सन), सन्तोष सापकोटा चियर पर्सन इप्लानेट, फाउन्डर हेरिटेज पेजेन्टस््) प्रतियोगीतामा निर्णायक रहेका थिए । नेपालका लागि इथियोपियाको मानार्थ महावाणिज्य दूतावास ÷ पूर्व गभर्नर लायन्स क्लब इन्टरनेशनल डिस्ट ३२५ एफ ÷ उद्योगी तथा समाजसेवी डा. राजेन्द्र गिरी मुख्य अतिथि रहेको प्रतियोगीतामा पत्रकार, सामजसेवी, बुद्धीजिवी लगायत बिभिन्न ब्यक्तिको उपस्थिती रहेको थियो । प्रतियोगीतामा मोष्ट फोटोजेनिक दीपिशा तामाङ, मोष्ट ट्यालेन्ट प्रगती भट्टराई, मोष्ट पपुलर पुनम थापा लुइटेल, मोष्ट डिसिप्लेन सोनु भुषाल, बेष्ट इभिनिङ क्लाउण्ड पुर्णिमा शाही ठकुरी, बेष्ट पफमर आजमा महर्जन, बेष्ट स्माइल, र बेष्ट चामिङ पर्सनालिटी लिलि महर्जन सुवाल, मोष्ट पङ्च्युअल कृष्णला शाह, बेष्ट हेयर आशिका परियार बनेका थिए । १२ प्रतियोगी रहेको प्रतियोगीतामा सबै प्रतियोगी बिभिन्न दर्जन बढी प्रशिक्षण सहित फाइनल स्पर्धामा उत्रिएका थिए । प्रतियोगीताको कोरियोग्राफी अन्तर्राष्ट्रिय कोरियोग्राफर अनिला श्रेष्ठले गरेकी थिइन् ।

फौजदारी मुद्दामा दोषी करार व्यक्तिको उम्मेदवारीपरे पछि संगीत रोयल्टी संकलन समाजको निर्वाचनमा विवाद

काठमाडौँ। संगीत रोयल्टी संकलन समाजको आज हुन गई रहेको निर्वाचनमा विवाद उत्पन्न भएको छ। कार्यसमिति निर्वाचनका लागि शुक्रबार अन्तिम नामावाली सार्वजनिक गरिएको थियो । सार्वजनिक अन्तिम नामावलीमा फौजदारी मुद्दामा दोषी करार अदालतमा मुद्दा भएको व्यक्ति कुनै पनि सार्वजनिक संस्थामा रहन नपाउने बिधान रहेको छ। शनिवार हुने निर्वाचनमा विन्ध्यवासिनी म्युजिकका संचालक सुवाष रेग्मीले उम्मेदवारी दर्ता गराएका छन्। उनी रोयल्टीकै बिषयमा मुद्दा परेर अदालतबाट दोषी करार व्यक्ति हुन्।

संगीतकार संघका अध्यक्ष चेतन सापकोटाले सुवाष रेग्मी संगीत रोयल्टी संकलन समाजको सदस्य बन्नु भनेको कानुन बिपरित रहेको बताए। उनले भने ‘संगीतकार, गीतकार श्रस्टाहरुको हितमा संगीतको ब्यापारी र यस्तो दोषी प्रमाणित व्यक्तिले कस्तो कार्य गर्ला र श्रस्टाको हितमा कस्तो कार्य गर्ला ? उसबाट कस्तो अपेक्षा राख्ने,उसले राम्रो काम गर्छ भनेर कसरी बिस्वाश गर्ने ? कानुनी राज्यको पालना गरौँ,श्रस्टा र सर्जकको हितमा काम गरौँ।’

संगीत रोयल्टी संकलन समाजको निर्वाचन संयोजक तथा अधिवक्ता सेमन्तमणि खरालले निर्वाचन तालीका प्रकाशनको समयमा कसैको दावी बिरोध पर्न नआएको बताए। उनले भने ‘निर्वाचन तालिकाको दाबी बिरोधको समय सकीसकेको छ,दाबी बिरोधको बेला कुनै पनि उम्मेदवार बिरुद्द दाबी बिरोध नआएकोले अब चुनावी प्रक्रिया अघि बढ्ने बताए। अझै पनि कसैको दाबि बिरोध छ र अदालत मार्फत कुनै फैसला आउँछ भने आफुले मान्नु पर्ने उनले बताए।”

संगीत रोयल्टी संकलन समाज नेपालको अध्यक्षमा संगीतकार सुरेशचन्द्र अधिकारी पुनः निर्वाचित भएका छन् । अध्यक्ष पदमा अन्य कसैको उम्मेदवारी दर्ता नभएपछि अधिकारी निर्विरोध चुनिएका हुन् । अधिकारी संग सेलिब्रेटी नेपालले कुरा गर्दा उनले भने कुनै पनि उम्मेदवारको चरित्र आफुलाइ थाहा नहुने र अरु कसैले दाबि बिरोध गरेमा त्यो बिषयमा जांच बुझ गरिने उनले बताए। ‘चुनाव जिती सकेपछि पनि कसैको मुद्दा मामिला छ भने कार्यसमितिबाट हटाउन सकिने संगीत रोयल्टी संकलन समाजको बिधानले दिएको छ’ अध्यक्ष अधिकारीले भने।

अध्यक्ष पदमा अन्य कसैको उम्मेदवारी दर्ता नभएपछि अधिकारी निर्विरोध चुनिएका हुन् । संगीतकार निवर्तमान सदस्यको तर्फबाट वसन्त सापकोटा र शिरिष देवकोटा पनि सदस्य चयन भएका छन् । त्यस्तै, गीतकार निवर्तमान सदस्यबाट बद्री पाण्डे र चन्द्रप्रसाद शर्मा पनि निर्वाचित भएका छन् । उनीहरु सबै निर्विरोध चयन भएका हुन् ।

संगीतकार सदस्यतर्फ नौ जना र गीतकार खुला सदस्यतर्फ आठ जना उम्मेदवारको नामावली दर्ता भएको छ । शनिबार हुने १४ औं साधारण सभामा बाँकी पदका लागि मतदान हुने निर्वाचन संयोजक तथा अधिवक्ता सेमन्तमणि खरालले जानकारी दिए ।

प्रस्तावित विधेयक अगाडि नबढाउन चलचित्र सम्बन्धी संघ संस्थाको बोर्ड र मन्त्रालयलाई पत्र

प्रस्तावित विधेयक अगाडि नबढाउन चलचित्र सम्बन्धी संघ संस्थाको बोर्ड र मन्त्रालयलाई पत्र
काठमाडौँ । चलचित्र विकास बोर्डलाई प्रस्तावित चलचित्र विधेयकको मस्यौदा अगाडि नबढाउन चलचित्र सम्बन्धी विभिन्न संघ संस्थाले अनुरोध गरेका छन् । शुक्रवार संघसंस्थाका प्रतिनिधिले चावहिलस्थित बोर्ड पुगेर बोर्ड अध्यक्ष भुवन केसीलाई असहमति पत्र बुझाउँदै प्रस्तावित विधेयक अगाडि नबढाउन अनुरोध गरेका हुन् । त्यस्तै बोर्डमा पत्र बुझायर संघसंस्थाका प्रतिनिधि सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय पनि पुगेका थिए। मन्त्रालय पुगेर सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय रेखा शर्मालाइ पत्र बुझाउँदै प्रस्तावित विधेयक अगाडि नबढाउन अनुरोध गरेका छन् ।

‘चलचित्र विकास बोर्डको वेबसाइटमा सम्प्रेषण गरिएको चलचित्र सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको सम्बन्धमा चलचित्र सम्बद्ध विभिन्न सङ्घसंस्थाको गम्भीर आपत्ति रहेको छ’, पत्रमा उनीहरुले भनेका छन्– ‘चलचित्र विकास बोर्डको पूर्ण स्वायत्तता भन्दा बाहिर गएर बनाइएको विधेयकलाई चलचित्र क्षेत्रले कदापि मान्यता प्रदान गर्दैन र यस्तो विधेयक हामी सबैले अस्वीकार गर्दछौँ ।’ चलचित्र विकास बोर्डलाई सञ्चार मन्त्रालयको एउटा शाखाको रूपमा परिकल्पना गरिएको यस विधेयक आफूहरूलाई अस्वीकार्य रहेको चलचित्रसम्बन्धी विभिन्न संघ संस्थाले पत्रमा उल्लेख गरेका छन् ।

विधेयक नेपालको संविधान र सङ्घीयता विपरीत रहेको भन्दै सरोकारवाला संस्थाहरूले सामूहिक निर्णय गरेर मात्र प्रस्तावित संशोधनका लागि पठाइने समेत पत्रमा भनिएको छ ।

बोर्ड र मन्त्रालयमा बुझाइएको पत्रमा नेपाल चलचित्र संघका महासचिव नरेन्द्र महर्जन, चलचित्र निर्माता संघका अध्यक्ष मोहन निरौला, चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का, चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, नेपाल चलचित्र द्वन्द्व कलाकार संघ, नेपाल चलचित्र नृत्य संघ, आदिवासी जनजाति चलचित्र महासंघ लगायतको हस्ताक्षर रहेको छ ।

विनुसा र सागरको ‘माया हाम्रो’ सार्वजनिक

काठमाडौँ। नेपाली सुगम संगीतमा सम्भावना बोकेकी गायिका विनुसा राई र गायक सागर गैरेको स्वरमा रहेको ’माया हाम्रो’ गीतको भिडियो सार्वजनिक गरिएको छ । श्याम मर्हजनको शब्द तथा संगीत र बलराम राजवंशीको एरेन्ज रहेको गीतमा प्रेमील मनका जिवनका भोगाईहरुलाई समेटिएको छ ।

मायामा भएका उत्साह र उमङ्ग साथै प्रेममा आइपर्ने असहज परिस्थितीलाई पनी गीतमा समेटिएको छ । जयन्द्र कुवँरको छायाँकन तथा विजयराज भुर्तेलको सम्पादन तथा निर्देशन रहेको भिडियोमा सागर गैरे र कोरल थापाको अभिनय देख्न सकिन्छ । भिडियो श्याम महर्जनको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

https://www.youtube.com/watch?v=oMejSKgKt_U

कुबेरको निर्देशनमा मेलिना र ताराको ‘कसरी’ (भिडियो)

काठमाडौं। गायिका मेलिना राई र गायक तारा तिवारीको नयाँ यूगल गीत ‘कसरी’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको गीतमा गायक तिवारीकै संगीत छ भने गोपाल रसाईलीको संगीत संयोजन तथा विश्वास लामाका शब्दहरु छन् ।

कुबेर तामाङको निर्देशनमा बनेको यो रोमान्टिक गीतको म्युजिक भिडियोमा गायक तिवारीसंगै सुनिता गुरुङलाई फिचर गरिएको छ । सुदिप राना मगर यो भिडियोका कोरियोग्राफर हुन्, जसलाई दिपकृष्ण डंगोल (दिप्सन) ले छायांकन गरेका छन् । विवेक सुनार यो भिडियोका सम्पादक हुन् ।

https://www.youtube.com/watch?v=xED3yygJPuY