Breaking News
डेभिड शँकरको ‘तिमीलाई हेरेर’सार्वजनिक (भिडीयो)

काठमाडौँ। पहिलो नम्बरमा, दर्शन सलाम जस्ता हिट गीत दिएका गायक डेभिड शँकरले यतिबेला आफ्नो स्वरमा नयाँ गीत ‘तिमीलाई हेरेर…’को भिडियो सार्वजनिक गरेका छन् ।

उनको यो प्रेमिल गीतलाई अनिल तिखत्रीले लेखेका हुन् । जसमा संगीतकार दीपक शर्माको संगीत रहेको छ । दीपककै संगीतमा पहिलो नम्बरमा, दर्शन सलाम जस्ता हिट गीत गाएका डेभिडले यो गीतमा पनि दीपककै संगीतमा स्वर दिएका हुन् ।

पुरुषोत्तम सुवेदीको संगीत संयोजन रहेको यो गीतको भिडियो आकर्षक बनाईएको छ । डेभिडले आफ्नै अफिसियल युट्युव च्यानलबाट आफ्नो यो गीतको भिडियो शुक्रबार बेलुका रिलिज गरेका हुन् ।

यो गीतको भिडियोमा डेभिड आफैंले मोडलिङ गरेका छन् । आफुले निर्माण गरेका कारण यो गीत र गीतको भिडियोलाई आफ्नै च्यानलबाट रिलिज गरेको उनले बताएका छन् ।

युवराज वाईवाले निर्देशन गरेको यो गीतको भिडियोमा डेभिड शँकरसँग पवी शाकीको अभिनय रहेको छ । भिडियोमा निशल पौडेलको छायाँकन, लोमस पौडेलको सह निर्देशन र विकाश दाहालको सम्पादन रहेको छ । प्रेमालापमा आधारित यो गीतको भिडियोलाई दर्शकले मन पराउने विश्वास गायक डेभिडको छ ।

चलचित्र ‘परदेशी २’को ट्रेलर सार्वजनिक

काठमाडौँ। दशैंको छेको पारेर प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘परदेशी २’को ट्रेलर सार्वजनिक गरिएको छ । असोज २६ गते (आउँदो शुक्रवार) बाट प्रदर्शनमा आउने चलचित्रको आज अफिसियल ट्रेलर युट्युब मार्फत सार्वजनिक गरिएको हो ।

नारायण रायमाझी निर्देशित चलचित्रको ट्रेलरमा अध्ययनका लागि युवाको विदेश यात्रा र त्यसले सिर्जना गर्ने पारिवारिक एवं सामाजिक संवेदनालाई देखाइएको छ । प्रेम, विछोड, उमंग, द्धन्द्ध सबै पक्षको समीश्रण ट्रेलरमा पाइन्छ । गीतसंगीत पक्षलाई पनि ट्रेलरमा विशेष स्पेश दिइएको छ ।

‘परदेशी २’ गायनमा स्थापित प्रकाश सपूतको डेब्यु र शीर्ष भूमिका रहेको चलचित्र भएका कारण ट्रेलरमा उनलाई नै बढी ‘स्क्रिन स्पेश’ दिइएको छ ।
अभिनेत्रीद्धय केकी अधिकारी, वर्षा शिवाकोटीसँगै अभिनेताद्धय प्रशान्त तामाङ र दीलिप रायमाझीलाई पनि ट्रेलरमा देखाइएको छ । ‘गोर्खा पल्टन’मा लाहुरेको भूमिकामा देखिएका अभिनेता प्रशान्त तामाङ यसपटक पनि सोही भूमिकामा छन् । दशैंको परिवेशलाई समेत चलचित्रले झल्काउने ट्रेलरबाट बुझ्न सकिन्छ ।

राजेश वंशल र निर्देशक रायमाझीको संयुक्त निर्माण रहेको चलचित्रमा प्रकाश, केकी, वर्षा, प्रशान्त र दीलिपका साथमा नीर शाह, रमा थपलिया, सबिन बास्तोला, देवेन्द्र बब्लु, रोशनी कार्कीलगायतको समेत अभिनय छ । रमेश बिजीले चलचित्रको कथा एवं पटकथा लेखेका हुन् । मानकृष्ण महर्जनको छायांकन, अष्ट महर्जनको द्धन्द्ध, रामजी लामिछाने र गोविन्द राईको नृत्य निर्देशन रहेको चलचित्रलाई दीर्घ खड्काले सम्पादन गरेका हुन् । यसअघि ‘गोर्खा पल्टन’ र ‘परदेशी’ जस्ता सुपरहिट चलचित्र दिएका निर्देशक रायमाझीको ‘परदेशी २’ तेस्रो चलचित्र हो । चलचित्र उद्योग र दर्शक दुवैका लागि प्रतीक्षित मानिएको ‘परदेशी २’ले बक्स अफिसमा राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ ।

https://www.youtube.com/watch?v=hTzGegZ9JaU

‘वानर सेना’ प्रदर्शनमा

काठमाडौँ, १९ असोज । नेपाली चलचित्र ‘वानर सेना’ आजदेखि प्रदर्शन गरिएको छ । शुक्रबार नयाँ चलचित्र प्रदर्शन हुने सिलसिलामै प्रदर्शन भएको चलचित्रमा प्रेम र द्वन्द्वको मिश्रण देखाइएको निर्देशक अर्पण गिरीले जानकारी दिए । उनले पहिलो निर्देशकीय चलचित्रमा पौराणिक सन्दर्भलाई समेत जोडिएको बताए ।

निर्देशक गिरीले नै लेख्न भएको चलचित्रमा विनोद सापकोटाले छायांकन, जोन तामाङले सङ्गीत, प्रवीन ढकालले रङ्ग संयोजन, नारायण रिजालले नृत्य निर्देशन, शङ्कर महर्जन र आरके श्रीले द्वन्द्व निर्देशन, सत्यम राणा र श्रीकृष्ण श्रेष्ठले भिएफएक्स र बन्दे प्रसादले सम्पादन गरेका छन् । युवराज गिरीले निर्माण गरेको चलचित्रको वितरण काठमाडौँमा करण श्रेष्ठ (रिच इन्टरटेनमेन्ट) र एफडी कम्पनीले गरेको छ । रासस