Breaking News
किरण गजमेरको ‘अजात’ सार्वजनिक (भिडियो)

काठमाडौँ। किरण गजमेरको आवाजमा रहेको नयाँ गीत भिडियो ‘अजात’ सार्वजनिक गरिएको छ। विकु दादाको शब्द र किरणको नै संगीत रहेको गीत राजधानी काठमाडौँमा एक कार्यक्रम गर्दै सार्वजनिक गरिएको हो ।

प्रेममा न उमेर न जातले छेक्छ भन्ने सन्देश बोकेको पूर्वेली भाकाको भिडियोलाई मौसम हिमालीले निर्देशन गरेका छन् । सार्वजनिक भिडियोमा किरण गजमेर र विम्बु मगर फिचर रहेका छन्। नवराज उप्रेतीले खिचेको भिडियोलाइ मनोज कार्कीले सम्पादन गरेका छन् । भिडियो किरण गजमेरको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

नरेन्द्र महर्जन उद्योग वाणिज्य महासंघको मनोरञ्जन फोरमको उपसभापति नियुक्त

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको मनोरञ्जन फोरमको उपसभापतिमा चलचित्र संघका महासचिव नरेन्द्र महर्जन नियुक्त भएका छन् । एक कार्यक्रमका बीच महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले महर्जनलाई नियुक्तिको प्रमाणपत्र प्रदान गरे ।

महासंघका कार्यकारिणी समिति सदस्य हरिबहादुर कार्कीको सभापतित्वमा खेलकुद तथा मनोरञ्जन फोरम गठन भएको थियो । समितिको सल्लाहकारमा निर्देशक आकाश अधिकारी नियुक्त भएका छन् । यसबाहेक अन्य केही कलाकार र खेल क्षेत्रका विज्ञलाई समेटेर फोरमको कार्यसमितिलाई पूर्णता दिइएको छ ।

‘परदेशी २’लाई दर्शकको साथ, शनिवार दर्शकको राम्रो उपस्थिति

काठमाडौं । चलचित्र ‘परदेशी २’ले हलमा दर्शकको राम्रो साथ पाएको छ । दर्शकको उल्लेखनीय उपस्थितिका साथ शुक्रवारबाट प्रदर्शन आरम्भ गरेको चलचित्रले शनिवार धेरै हलमा हाउसफुल दर्शक पायो । शनिवार उपत्यकासहित देशभरका हलमा यो चलचित्र हेर्न दर्शकको चाप रह्यो । हलबाट निस्किँदै गरेका अधिकांश दर्शकले चलचित्र एकदमै मन परेको बताएका छन् । अधिकांश दर्शक चलचित्र हेरेर निस्किँदा भावुक देखिएका थिए । उनीहरुले चलचित्रले घरी हँसाउँने, घरी रुवाउँने र धेरै दृश्यमा गम्भीर समेत बनाउने बताएका छन् ।

शनिवार चलचित्रको व्यापार पनि शुक्रवारको भन्दा स्वाभाविक बढी भएको निर्माण पक्षले बताएको छ । दर्शकहरूबाट प्राप्त सकारात्मक ‘वर्ड अफ माउथ’का कारण चलचित्रले दर्शक बढाउँदै जाने देखिएको छ । निर्देशक नारायण रायमाझी दर्शकबाट पाएको प्रतिक्रियाले निर्माण टीमा उत्साहित रहेको बताउँछन् । ‘शनिवार बुटवल, पोखरा, नेपालगञ्ज, चितवनसहित काठमाडौंका हल हाउसफुल भए’ रायमाझीले भने, ‘माउथ पब्लिसिटीले एकदमै राम्रो भइरहेको छ । हिजोभन्दा आज बिहान, बिहानभन्दा दिउँसो, दिउँसोभन्दा बेलुका दर्शक बढेका छन् । भोलिका दिनमा अझ राम्रो हुने विश्वास छ ।’ आइतवार पनि सार्वजनिक बिदा परेका कारण चलचित्रलाई फाइदा हुने देखिन्छ ।

निर्देशक रायमाझी, अभिनेता प्रकाश सपूतसंगै अभिनेत्रीद्धय केकी अधिकारी र वर्षा शिवाकोटी राजधानीका हलहलमा पुगेर दर्शकको प्रतिक्रिया लिइरहेका छन् । त्यसक्रममा केही दर्शकहरु कलाकारको अङगालोमा रोएको समेत देख्न सकिन्थ्यो । दर्शकबाट पाएको प्रतिक्रियाले कलाकारहरु पनि उत्साहित र खुशी देखिएका छन् । कलाकारहरुले पनि सकारात्मक ‘वर्ड अफ माउथ’का कारण चलचित्रले दर्शक बढाउँदै लगेको बताए ।

चलचित्रमा प्रकाश, केकी र वर्षाका साथमा प्रशान्त तामाङ, दीलिप रायमाझी, नीर शाह, देवेन्द्र बब्लु, रमा थपलिया, सबिन बास्तोला, रोशनी कार्की लगायतको समेत अभिनय छ । राजेश वंशल र निर्देशक रायमाझी मिलेर यो चलचित्र बनाएका हुन् । निर्देशक रायमाझीले यसअघि ‘गोर्खा पल्टन’ र ‘परदेशी’ जस्ता सुपरहिट चलचित्रहरू दिएका थिए । ‘परदेशी २’ दशैंको अवसर पारेर घटस्थापनाको दुई दिन अघिबाट प्रदर्शनमा आएको हो ।

‘पाचौं सगरमाथा म्युजिक अवार्ड २०८०’ सम्पन्न

काठमाडौं। ‘सहारा ग्रुप पाचौं सगरमाथा म्युजिक अवार्ड २०८०’ भब्य रुपमा सम्पन्न भएको छ । राजधानी काठमाडौंमा नेपाली कला र श्रष्ठाको सम्मान, नेपाली संस्कृति संरक्षण प्रबद्र्धन हाम्रो अभियान भन्ने नाराको साथ भएको अवार्ड अर्थ नेपाल प्रालिको आयोजनामा भएको हो ।

अवार्डमा वरिष्ठ लोक गायिका तीर्थ कुमारी थापालाई सगरमाथा लाइफटाइम अचिभमेन्ट अवार्डमा नगद रु.१७,६९६ सहित सम्मान गरिएको थियो । सम्मान प्रमुख अतिथि टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी, वरिष्ठ कलाकार शुसिल पोखरेल, कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेत, कार्यक्रम संयोजक मनोज थापाले प्रदान गरेका थिए । ज्योती विकास बैंकको प्रस्तुती रहेको कार्यक्रमलाई साहारा ग्रुपले मुख्य प्रायोजन गरेको थियो भने टोखा नगरपालिकाले सहकार्य गरेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रकाश अधिकारीले कलाकार र सञ्चारकर्मीको सम्मान गर्न पाउँदा आफु हर्षित भएको बताए । साथै आगामी दिनमा पनि अवार्ड कार्यक्रममा सहकार्य गर्ने प्रतिबद्धता जनाए । कलाकार राष्ट्रको गहना भएको हुँदा सबैले सम्मान गर्नु पर्ने बताए । त्यसैगरी वरिष्ठ पत्रकार अनन्त वाग्लेलाई सगरमाथा कला पत्रकारिता रजत सम्मान नगद रु. ८८४८ सहित सम्मान गरिएको थियो । त्यसैगरी सगरमाथा कला पत्रकारिता सम्मान सुकृत नेपाल, सानुकाजी श्रेष्ठ, कमला जोशी, राजु बोहोरा, रघुनाथ सापकोटालाई प्रदान गरिएको थियो । सगरमाथा रेडियो पत्रकारिता सम्मान विजन दवाडीलाई प्रदान गरिएको थियो । कार्यक्रममा वरिष्ठ संगीतकार राजकुमार बगरलाई सगरमाथा संगीत साधना सम्मान गरिएको थियो । व्यवसायी शम्भु श्रेष्ठलाई सगरमाथा सम्मान प्रदान गरिएको थियो । त्यसैगरी निपेश ढाकालाई सगरमाथा कला सम्मान प्रदान गरिएको थियो ।

अवार्ड कार्यक्रममा सगरमाथा कला सम्मानबाट सम्झना बुढाथोकी, मञ्जिता केसी, रमिता भण्डारी, नारायण थापा, नन्दराम परियार, प्रवण भुषाल, प्रतिक्षा काफ्ले, धुर्व हिमाली, नकुल थापा, सुमन परियार, टेकबहादुर बोगटी, कमल अधिकारी, भद्र वलीलगायतलाई सम्मान गरिएको थियो । अवार्ड कार्यक्रममा नेपाली गीतसंगीतका चर्चित एंव हस्तीहरुको उपस्थीति रहेको थियो । कार्यक्रमलाई मेगा टिभीले प्रत्यक्ष प्रसारण गरेको थियो । जुरी संयोजकमा वरिष्ठ गीतकार बद्री पाण्डे रहेका थिए भने सदस्यहरुमा सनम कठायत, उषा सुवेदी, राज सागर, आर्जन पाण्डे, दयाराम पाण्डे, शिवराम भण्डारी थिए ।

अवार्डका विजेताहरु

१, सर्वोत्कृष्ट राष्ट्रिय भाव गायन : कुश्मा महरा ‘प्रगति’ – कहाँ छ स्वर्ग
२, सर्वोत्कृष्ट राष्ट्रिय भाव गीतकार : हरिकृष्ण बखुन्छे – पूर्व बग्ने
३, सर्वोत्कृष्ट गायक चलचित्र : बाबुल गिरी – शिरुपाते जुंगामा (छक्का पञ्जा –४)
४, सर्वोत्कृष्ट पप–आधुनिक गायक : विष्णु भट्ट – केशरी
५, सर्वोत्कृष्ट लोक दोहोरी गायक : खुमन अधिकारी – पिरती घाटामा
६, सर्वोत्कृष्ट लोक दोहोरी गायक (पब्लिक च्याइस) : सरोज लामिछाने – मुसौरी
७, सर्वोत्कृष्ट लोक पप गायन : रोशनी रसाइली – फुर फुर पुतली
८, सर्वोत्कृष्ट पप–आधुनिक नव प्रतिभा गायन पुरुष : निमा शेर्पा – भन आज
९, सर्वोत्कृष्ट लोक दोहोरी नव प्रतिभा गायन : नबराज बस्नेत – सम्झिए मन दुख्छ
१० सर्वोत्कृष्ट पप–आधुनिक युगल गायन : नरेश विविसी/एलिना चौहान – राम साइली २
११ सर्वोत्कृष्ट गजल गायन : कन्हैया सिंह परियार – अचानक
१२, सर्वोत्कृष्ट गायिका चलचित्र : सहिमा श्रेष्ठ – दर्शन सलाम (छक्का पञ्जा ४)
१३, सर्वोत्कृष्ट पप–आधुनिक गायिका : झुमा निरौला – तिम्रो माया
१४ सर्वोत्कृष्ट लोक दोहोरी गायिका : रमिला न्यौपाने – पिरती घाटामा
१५ सर्वोत्कृष्ट गीतकार चलचित्र : रमेश पौडेल – के बर मागी (परदेशी –२)
१६, सर्वोत्कृष्ट पप–आधुनिक गीतकार पुरुष : हरिकृष्ण धिताल – बाटो हेर्दा हेर्दै
१७, सर्वोत्कृष्ट पप–आधुनिक गीतकार पुरुष (जुरी) : भुपेन्द्र बुढाथोकी – मुटु टुट्दा
१८, सर्वोत्कृष्ट पप–आधुनिक गीतकार महिला :देवी पराजुली – हामी नारी
१९, सर्वोत्कृष्ट लोक दोहोरी शब्द : अर्जुन थापा मगर – मनमति
२० सर्वोत्कृष्ट लोक दोहोरी शब्द महिला : पवित्रा न्यौपाने – किन आको छेउ
२१ सर्वोत्कृष्ट लोक दोहोरी शब्द (जुरी) : सागर रेग्मी – अतित तिम्रो मेरो
२२ सर्वोत्कृष्ट नव गीतकार : आभा निरु – रिक्तिदैन आँशु
२३ सर्वोत्कृष्ट संगीतकार चलचित्र : दीपक शर्मा – दर्शन सलाम (छक्का पञ्जा ४)
२४ सर्वोत्कृष्ट पप संगीतकार : भिम विसी – चश्मा लगाउली
२५ सर्वोत्कृष्ट आधुनिक संगीतकार : चेतन राई – तिमी धुन बन
२६ सर्वोत्कृष्ट लोक दोहोरी लय : ऋषि खड्का – तिम्रै सम्झनामा
२७ सर्वोत्कृष्ट पप–आधुनिक मोडल महिला : निशा कार्की – सधै यस्तै मिठा कुरा
२८ सर्वोत्कृष्ट पप–आधुनिक मोडल महिला (जुरी) : एन्जल श्रेष्ठ – नाता ताड्यौ
२९ सर्वोत्कृष्ट पप–आधुनिक मोडल महिला (पब्लिक च्वाइस) : सनिशा भट्टराई – ए होर माया
३० सर्वोत्कृष्ट लोक दोहोरी मोडल महिला : –एन. जेड सालु – जाममाया सुनौली
३१ सर्वोत्कृष्ट पप–आधुनिक नव मोडल महिला : दिया जिसी – चुन्नी (ऐ हावा)
३२ सर्वोत्कृष्ट लोक दोहोरी नव मोडल महिला : कुशुम शर्मा – सकम्बरी
३३ सर्वोत्कृष्ट पप–आधुनिक मोडल पुरुष : आरके परियार – घृणा
३४ सर्वोत्कृष्ट पप–आधुनिक मोडल पुरुष (जुरी) : सुशान्त आर.टि. – दिल रुन्छ जव
३५ सर्वोत्कृष्ट लोक दोहोरी मोडल पुरुष : सागर लम्साल – केहि हुदैन मेरो राजालाई
३६ सर्वोत्कृष्ट पप–आधुनिक नव मोडल पुरुष : अमित शर्मा – धोकेबाज रैछौं
३७ सर्वोत्कृष्ट पप–आधुनिक नव मोडल पुरुष (जुरी) : अबि मल्ल – चोट माथि चोट
३८ सर्वोत्कृष्ट लोक दोहोरी नव मोडल पुरुष : शंकर चन्द – बाँच्छु कि बाच्दिन
३९ सर्वोत्कृष्ट पप–आधुनिक म्युजिक भिडियो निर्देशन : जनक सिंह – जिन्दगीमा हास्नै भुले
४० सर्वोत्कृष्ट लोक दोहोरी म्युजिक भिडियो निर्देशक : मौसम हिमाली – कहाँको साइनो
४१ सर्वोत्कृष्ट म्युजिक भिडियो छायाँकार लोक दोहोरी : नवराज उप्रेती – साँइली
४२ सर्वोत्कृष्ट म्युजिक भिडियो छायाँकार पप : अनिल कटवाल – लाशो
४३ सर्वोत्कृष्ट म्युजिक भिडियो सम्पादन : अमृत चापागाई – मत मर्छु होला
४४, प्रोत्साहन अवार्ड : सविना आचार्य – बैंशको गोली
४५, गायिका : लक्ष्मी केसी – लागे परदेश