Breaking News
चलचित्र ‘परदेशी २’ टिम प्रचारका पुर्वी नेपालमा

काठमाडौँ। आगामी शुक्रबार अर्थात् असोज २६ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘परदेशी २’ टिम प्रचारका पुर्वी नेपाल पुगेको छ । सोमबार इटहरीमा पत्रकार भेटघाट गर्दै राम्रो कथामा ‘परदेशी २’ निर्माण गरिएकाले चलचित्र हेरिदिन दर्शकलाई आग्रह गरेको छ । पत्रकार भेटघाटमा चलचित्रका तर्फबाट अभिनेता प्रकाश सपूत, अभिनेत्री वर्षा सिवाकोटी र निर्माता राजेश वंशल उपस्थिति थिए ।

पत्रकार भेटघाटमा बोल्दै अभिनेत्री वर्षाले मौलिक नेपाली कथामा चलचित्र बनेकाले सम्पुर्णले ‘परदेशी २’ हेर्न नछुटाउनु अनुरोध गरिन् । अभिनेता प्रकाश सपुतले पनि आफ्नो संगीत करियरसँगै छायांकन सुरु भएको फिल्म भएपनी कहिले नमर्ने कथा ‘परदेशी २’ मा भएको हुनाले नेपालीको आफ्नै लाग्ने बताए ।

निर्माता राजेशले पनि देशव्यापी रुपमा प्रचारमा हिँड्दै गर्दा चलचित्र निर्माणमा रहेको चुनौती सामना गर्दै अगाडि बढ्न हौसला मिलेको बताए । फिल्म युनिटले इलाइट सिनेमा हल भिजिटपछि पुर्वान्चल इन्स्टिच्युट अफ फिल्म एण्ड टेलिभिजनमा अन्तरक्रिया कार्यक्रम गरेको थियो ।

अध्ययनका लागि विदेशिएका युवाको संघर्ष र त्यसबाट सिर्जित पारिवारिक एवम् सामाजिक संवेदनालाई आधार बनाएर निर्माण गरिएको फिल्म ‘परदेशी–२’ नेपालीको साझा कथा–व्यथा र त्रिकोणात्मक प्रेम कथामा आधारित रहेको छ । प्रकाश सपूतले पहिलो चलचित्रमार्फत वैदेशिक यात्रामा संघर्ष गर्ने युवाको चरित्र निर्वाह गर्न पाउँदा उत्साहित भएको बताए ।

यसअघि ‘गोर्खा पल्टन’ र ‘परदेशी’ जस्ता सुपरहिट चलचित्र दिएका निर्देशक नारायण रायमाझीको ‘परदेशी २’ तेस्रो निर्देशकिय फिल्म हो । फिल्म निर्माता वंशल र निर्देशक रायमाझीले मिलेर निर्माण गरेका हुन् । फिल्ममा प्रकाश र वर्षासँगै केकी अधिकारी, प्रशान्त तामाङ, दिलीप रायमाझी, नीर शाह, रमा थपलिया, सबिन बास्तोला, देवेन्द्र बब्लु, रोशनी कार्कीलगायतको अभिनय छ । चलचित्रको कथा तथा पटकथा रमेश बिजीले लेखेका हुन् । मानकृष्ण महर्जनको छायांकन, अष्ट महर्जनको द्वन्द्व, रामजी लामिछाने र गोविन्द राईको नृत्य निर्देशन रहेको सिनेमालाई दीर्घ खड्काले सम्पादन गरेका छन् ।

मुम्बई चलचित्र महोत्सवमा नेपाली चलचित्रको वर्चस्व

काठमाडौँ, २३ असोज । कात्तिक १० देखि १९ गतेसम्म भारतमा आयोजना हुने ‘मुम्बई चलचित्र महोत्सव २०२३’ मा नेपाली चलचित्रको वर्चस्व देखिएको छ । सोमबार बेलुकी सार्वजनिक तालिकामा नेपाली निर्माता तथा निर्देशकको संलग्नता रहेका ती चलचित्रहरू देखिएका हुन् ।

चलचित्र ‘गाउँ आएको बाटो’ महोत्सवमा छानिएको छ । सो चलचित्रलाई नवीन सुब्बाले निर्देशन गरेका हुन् । चलचित्र महोत्सवमा ‘साउथ एसिया प्रिमियर’ हुनेछ । उनले भने, “यसले हाम्रा चलचित्रलाई अन्तर्राष्ट्रियकरण गर्न सघाउने विश्वास छ ।”

राई जातिको सामाजिक पृष्ठभूमिमा तयार पारिएको उक्त चलचित्रमा गाउँमा सडक आएपछि बाबुछोराको सम्बन्धमा आउने उतारचढावलाई दर्शाउने कोसिस गरिएको छ । चलचित्रमा अभिनेता दयाहाङ राई, अभिनेत्री पशुपति राई, प्रसन राई, केशव राई, सुमित्रा राई, राज थापा, प्रेम सुब्बालगायत कलाकारले अभिनय गरेका छन् ।

यस्तै सोही महोत्सवमा ‘द रेड सुटकेस’ र ‘गुराँस’ भने ‘साउथ एसिया कम्पिटिसन’अन्तर्गतको प्रतिस्पर्धामा रहेको छ । यसैगरी दिवा शाहले निर्देशन गर्नुभएको नेपाल र भारतको सहकार्यमा निर्माण भएको ‘बहादुर : द ब्रेभ’ समेत प्रतिस्पर्धामा छ ।

सौरभ राईले निर्देशन गरेको चलचित्र ‘गुराँस’ मा हराएको कुकुरको खोजीमा निस्किएकी दस वर्षीया बालिकाको आँखाबाट खसेको आँसुको कथा प्रस्तुत गरिएको छ । निर्देशक राईकै लेखनमा तयार भएको चलचित्रमा तुलसी खवासले ‘गुराँस’ मा शीर्ष भूमिका निर्वाह गरेका छन् भने खगेन्द्र लामिछाने पिताको भूमिकामा छन् ।

यस्तै छोटो चलचित्रको विधामा विदुषी गिरीको ‘चिसो घर’, आयारुस पौडेलको ‘हेलेना’ र ‘विन्डहर्स’ पनि प्रतिस्पर्धामा रहेको छ । उल्लिखित तीनै छोटा चलचित्र महोत्सवमा पहिलो प्रदर्शनी (वल्र्ड प्रिमियर) हुनेछ ।

नेपाली चलचित्र पछिल्लो समय विश्वका विभिन्न प्रसिद्ध महोत्सवमा छनोट भइरहेका छन् । ठूलो लगानी र मौलिक कथा छनोट गरिने त्यस्ता महोत्सवमार्फत नेपाली चलचित्र निर्माणको लगानीमा समेत सहयोग मिलेको छ । महोत्सवमार्फत नेपाली चलचित्रको बजार अन्तर्राष्ट्रियकरण हुन सकेको छ भने यसले नयाँ विषयलाई उठान समेत गर्दै आएको छ । रासस

प्रकाश र केकीले गरे जूमको नयाँ शाखाको शुभारम्भ

काठमाडौं । सौन्दर्यको क्षेत्रमा नेपालको स्थापित ब्रान्ड बनिसकेको जुम ब्यूटी एकेडेमीको कौशलटारस्थित १२ औं शाखाको गायक तथा मोडल प्रकाश सपुतले सुभारम्भ गरेका छन् । एकेडेमीकी ब्रान्ड एम्बासडर अभिनेत्री केकी अधिकारीका साथमा सपुतले उक्त शाखाको एक कार्यक्रमबीच शनिबार उद्घाटन गरेका हुन् ।

उद्घाटनपछि बोल्दै गायक प्रकाश सपुतले जुमले १२ औं शाखा विस्तारसम्म कैयौं महिला दिदीबहिनीलाई तालिम र रोजगारीमार्फत सुन्दर र शशक्त बनाउन योगदान पु-याएको बताए । त्यसैगरी नायिका केकी अधिकारीले जुमले छोटो अवधिमा ठूलो उपलब्धि हाँसिल गर्दैे १२औं शाखासम्म पुगेकोे बताइन् ।

कार्यक्रममा जुमकी सीईओ एवं संस्थापक जुनु चक्रधरले जुमको प्रत्येक शाखाको स्थापनासँगै यहाँ कम्तीमा पनि १० जना महिलाले रोजगारी पाउने भएकाले यसले गर्दा आफूले समाजप्रतिको दायित्व पनि पुरा गरेको बताइन् । एकेडेमीले आफ्नो १२ औं शाखा बिस्तार गरिसकुन्जेल यसले हजारौं विद्यार्थीलाई सक्षम र क्षमतावान बनाएको र कैयौं युवती र महिलालाई देशभित्रै रोजगारीको अवसर सिर्जना गरेर महिला श-शक्तिकरणमा महत्वपूर्ण भूमिका निभाएको उनको भनाइ छ ।

प्रकाश सपुत र केकी अधिकारीको मुख्य अभिनय रहेको चलचित्र ‘परदेशी २’ यहि शुक्रवारबाट प्रदर्शनमा आउंदैछ।

टंक र मेलिनाको ‘लुकी लुकी’मा भुपेन्द्र र परिक्षा(भिडियो)

काठमाडौँ। टंक बुढाथोकी र गायीका मेलिना राईको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘लुकी लुकी’बोलको गीतमा गणेश थक्लुङको शब्द र टंक बुढाथोकीको संगीत रहेको छ। भिडियोमा छायाँकार तथा निर्देशक भुपेन्द्र तुम्बाहाङफे र मोडल परिक्षा लिम्बू फिचर्ड छन् । थैली इन्टरटेन्मेन्टको पोष्ट प्रडक्शन रहेको भिडियो थैली इन्टरटेन्मेन्टको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

दिवस गिरीको कोरीयोग्राफीमा साउथ इन्डियन स्टाइलको रोमान्सले भरिएको डान्स तथा रोचक कथा समेत समाबेश गरिएको भिडियोलाई मज्जाको राईले छायांकन गरेका हुन् भने सम्पादन अनिल रानाले गरेका हुन् ।