प्रस्तावित विधेयक अगाडि नबढाउन चलचित्र सम्बन्धी संघ संस्थाको बोर्ड र मन्त्रालयलाई पत्र


काठमाडौँ । चलचित्र विकास बोर्डलाई प्रस्तावित चलचित्र विधेयकको मस्यौदा अगाडि नबढाउन चलचित्र सम्बन्धी विभिन्न संघ संस्थाले अनुरोध गरेका छन् । शुक्रवार संघसंस्थाका प्रतिनिधिले चावहिलस्थित बोर्ड पुगेर बोर्ड अध्यक्ष भुवन केसीलाई असहमति पत्र बुझाउँदै प्रस्तावित विधेयक अगाडि नबढाउन अनुरोध गरेका हुन् । त्यस्तै बोर्डमा पत्र बुझायर संघसंस्थाका प्रतिनिधि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पनि पुगेका थिए। मन्त्रालय पुगेर सञ्चार तथा सूचना प्रविधि मन्त्रालय रेखा शर्मालाइ पत्र बुझाउँदै प्रस्तावित विधेयक अगाडि नबढाउन अनुरोध गरेका छन् ।
‘चलचित्र विकास बोर्डको वेबसाइटमा सम्प्रेषण गरिएको चलचित्र सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको सम्बन्धमा चलचित्र सम्बद्ध विभिन्न सङ्घसंस्थाको गम्भीर आपत्ति रहेको छ’, पत्रमा उनीहरुले भनेका छन्– ‘चलचित्र विकास बोर्डको पूर्ण स्वायत्तता भन्दा बाहिर गएर बनाइएको विधेयकलाई चलचित्र क्षेत्रले कदापि मान्यता प्रदान गर्दैन र यस्तो विधेयक हामी सबैले अस्वीकार गर्दछौँ ।’ चलचित्र विकास बोर्डलाई सञ्चार मन्त्रालयको एउटा शाखाको रूपमा परिकल्पना गरिएको यस विधेयक आफूहरूलाई अस्वीकार्य रहेको चलचित्रसम्बन्धी विभिन्न संघ संस्थाले पत्रमा उल्लेख गरेका छन् ।

विधेयक नेपालको संविधान र सङ्घीयता विपरीत रहेको भन्दै सरोकारवाला संस्थाहरूले सामूहिक निर्णय गरेर मात्र प्रस्तावित संशोधनका लागि पठाइने समेत पत्रमा भनिएको छ ।
बोर्ड र मन्त्रालयमा बुझाइएको पत्रमा नेपाल चलचित्र संघका महासचिव नरेन्द्र महर्जन, चलचित्र निर्माता संघका अध्यक्ष मोहन निरौला, चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का, चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, नेपाल चलचित्र द्वन्द्व कलाकार संघ, नेपाल चलचित्र नृत्य संघ, आदिवासी जनजाति चलचित्र महासंघ लगायतको हस्ताक्षर रहेको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ श्रावण २८, बिहीबार १४:५९वीर अस्पतालको निर्देशकमा डा. नेपाल नियुक्त
समाचार२०८३ श्रावण २८, बिहीबार १४:२६खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न सांसदहरुको आग्रह
समाचार२०८३ श्रावण २८, बिहीबार ०९:१२कृषि तथा पशुपन्छी भवन निर्माणका लागि ज्वालामूखीलाई दुई करोड ७५ लाख अनुदान
स्वास्थ्य/जानकारी टिप्स२०८३ श्रावण २७, बुधबार २१:००अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति









