काठमाण्डौँ,३ कात्तिक
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को ११ औँ विश्वसम्मेलनको समापन समारोहमा सहभागी नहुने हुनुभएको छ । एनआरएनएको निर्वाचनमा धाँधली भएको भन्दै एक पक्षले निर्वाचनको निर्णय अस्वीकार गरेपछि प्रधानमन्त्री प्रचण्ड समापन समारोहमा सहभागी नहुने हुनुभएको हो ।
प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले पूर्वनिर्धारित कार्यक्रम भएपनि एनआरएनएभित्रको पछिल्लो विवादका कारण प्रधानमन्त्री नजाने निश्चित भएको जानकारी दिनुभयो । असोज ३० गते राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेको विश्व सम्मेलनको समापन प्रधानमन्त्रीले गर्नेगरी एनआरएनएले कार्यतालिका बनाएको थियो ।
गएराति सार्वजनिक नतिजाअनुसार बद्री केसी दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित हुनुभएको थियो भने । नतिजालगत्तै धाँधली भएको भन्दै पराजित उम्मेदवारको पक्षमा समर्थकले निरन्तर नाराबाजी गर्दै आएका छन् ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८१ आश्विन २०, आईतवार १८:०२रक्तरञ्जित शक्तिपीठ र बलिप्रथाको उपादेयता समाचार२०८१ आश्विन १५, मंगलवार २०:१६विन्ध्यवासिनी मन्दिरमा हुने नवदुर्गा शोभायात्रा स्थगित राजनीति२०८१ आश्विन १३, आईतवार १५:३५बृहत विद्यार्थी भेला मार्फत नेविसंघ पिएन क्याम्पसको अध्यक्षमा तिमिल्सिना समाचार२०८१ बैशाख १२, बुधबार १९:४१धादिङको जिल्ला आयुर्वेद औषधालय १६ शैय्याको अस्पतालमा स्तरोन्नति