धादिङ । त्रिपुरा सुन्दरी गाउँपालिका वडा न २ सल्यानटारमा जारी मेलामा आज गायिका शिला आले,रुपा घर्ती मगर, गायक राजु परियार र बेली डान्सर बन्दना बिक आउने भएका छन् ।
कात्तिक १७ गते देखि संचालित प्रथम सल्यानटार कृषि प्रदर्शनी तथा ब्यापार मेलामा स्थानिय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति हुँदै आएकोे छ ।
हिजो बिहिबार मेलामा गायिका लक्ष्मी खड्का,जन गाएक जीवन शर्मा,गायक श्याम बुर्लाकोटी र जादुगर राजेन्द्र गिरी,नेपालको होचो मान्छे डोर बहादुर खपाङि तथा दिलासा डान्स क्यूको प्रस्तुति रहेको थियो ।
कात्तिक २५ गते शनिबार पशुपती शर्मा, संगिना थापा र कमेडियन शिव अनुराग लगाएत ख्याती प्राप्त कलाकारहरुको प्रस्तुती रहने मेला आयोजक समितिले जानकारी दिएको छ ।
हामी सवैको कृषि तथा बहुउदेश्यीय सहकारी संस्था लि.को आयोजनामा भएको मेलामा प्रत्येक दिन डान्स आईडलको प्रस्तुति भैरहेको छ । मेला यहि कात्तिक २७ गते सम्म संचालन हुँदै छ ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८१ पुष १९, शुक्रबार २१:४९मुख्यमन्त्रीद्वारा प्रतिष्ठानको आवासीय तथा प्रशासनिक भवनको शिलान्यास समाचार२०८१ पुष १७, बुधबार २०:३५संस्कृत युवा मञ्चको सातौं वार्षिक साधारण सभा सम्पन्न समाचार२०८१ पुष १०, बुधबार १९:२०पशुपतिनाथ मन्दिर पोखरामा सिग्देल कला, विचार/मनोरञ्जन२०८१ पुष २, मंगलवार ०९:२३एक यात्रा संस्मरण, सविना श्रेष्ठ, रजिष्टर्ड नर्स