सल्यानटार मेलामा आज शिला आले,राजु परियार,रुपा घर्ती मगर, बेली डान्सर बन्दना आउँदै

धादिङ । त्रिपुरा सुन्दरी गाउँपालिका वडा न २ सल्यानटारमा जारी मेलामा आज गायिका शिला आले,रुपा घर्ती मगर, गायक राजु परियार र बेली डान्सर बन्दना बिक आउने भएका छन् ।
कात्तिक १७ गते देखि संचालित प्रथम सल्यानटार कृषि प्रदर्शनी तथा ब्यापार मेलामा स्थानिय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति हुँदै आएकोे छ ।
हिजो बिहिबार मेलामा गायिका लक्ष्मी खड्का,जन गाएक जीवन शर्मा,गायक श्याम बुर्लाकोटी र जादुगर राजेन्द्र गिरी,नेपालको होचो मान्छे डोर बहादुर खपाङि तथा दिलासा डान्स क्यूको प्रस्तुति रहेको थियो ।
कात्तिक २५ गते शनिबार पशुपती शर्मा, संगिना थापा र कमेडियन शिव अनुराग लगाएत ख्याती प्राप्त कलाकारहरुको प्रस्तुती रहने मेला आयोजक समितिले जानकारी दिएको छ ।
हामी सवैको कृषि तथा बहुउदेश्यीय सहकारी संस्था लि.को आयोजनामा भएको मेलामा प्रत्येक दिन डान्स आईडलको प्रस्तुति भैरहेको छ । मेला यहि कात्तिक २७ गते सम्म संचालन हुँदै छ ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ असार १८, बुधबार ००:३४चलचित्र ‘यो मन त मेरो नेपाली हो’ ‘विद्यालयस्तरका बालबालिकालाई देखाउनु उपयुक्त’: पाठ्यक्रम विकास केन्द्र
समाचार२०८२ असार १७, मंगलवार २०:१५उपसभापति र महामन्त्रीको प्रस्तावमाथि नेताहरुले धारणा राख्ने क्रम आज पनि जारी
समाचार२०८२ असार १७, मंगलवार १६:४२६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
कला, विचार/मनोरञ्जन२०८२ असार १७, मंगलवार १६:०८नागरिकता विधेयक पारित भएपछि अभिनेत्री रेखा थापाद्वारा गृहमन्त्री लेखकलाई बधाई