सल्यानटार मेलामा आज शिला आले,राजु परियार,रुपा घर्ती मगर, बेली डान्सर बन्दना आउँदै

धादिङ । त्रिपुरा सुन्दरी गाउँपालिका वडा न २ सल्यानटारमा जारी मेलामा आज गायिका शिला आले,रुपा घर्ती मगर, गायक राजु परियार र बेली डान्सर बन्दना बिक आउने भएका छन् ।
कात्तिक १७ गते देखि संचालित प्रथम सल्यानटार कृषि प्रदर्शनी तथा ब्यापार मेलामा स्थानिय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति हुँदै आएकोे छ ।
हिजो बिहिबार मेलामा गायिका लक्ष्मी खड्का,जन गाएक जीवन शर्मा,गायक श्याम बुर्लाकोटी र जादुगर राजेन्द्र गिरी,नेपालको होचो मान्छे डोर बहादुर खपाङि तथा दिलासा डान्स क्यूको प्रस्तुति रहेको थियो ।
कात्तिक २५ गते शनिबार पशुपती शर्मा, संगिना थापा र कमेडियन शिव अनुराग लगाएत ख्याती प्राप्त कलाकारहरुको प्रस्तुती रहने मेला आयोजक समितिले जानकारी दिएको छ ।
हामी सवैको कृषि तथा बहुउदेश्यीय सहकारी संस्था लि.को आयोजनामा भएको मेलामा प्रत्येक दिन डान्स आईडलको प्रस्तुति भैरहेको छ । मेला यहि कात्तिक २७ गते सम्म संचालन हुँदै छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ १३, बुधबार २०:५९निफले सम्मान गर्यो ‘इलेफेन्ट इन द फग लाई’
समाचार२०८३ जेष्ठ १३, बुधबार १८:३२सूचनाको हक र प्रदेश सूचना पुनरावेदन समिति
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ १३, बुधबार १५:३६२९५ को मृगौला र १५ जनाको सफलतापूर्वक कलेजो प्रत्यारोपण नेपालमै गरियो
खेलकुद२०८३ जेष्ठ १३, बुधबार १२:०७प्रधान सेनापति राष्ट्रिय खुला टेनिस प्रतियोगिता सम्पन्न








