संस्थागत क्षमता (LISA) र वित्तीय सुशासन मूल्याङ्कन (FRA) मा नीलकण्ठ नगरपालिका देशकै उत्कृष्ट

धादिङबेशी, १२ जेष्ठ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार धादिङ जिल्लाको नीलकण्ठ नगरपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) र वित्तीय सुशासन जोखिम मूल्याङ्कन (FRA) को समग्र नतिजामा देशकै उत्कृष्ट पालिका बन्न सफल भएको छ ।
आर्थिक वर्ष २०८०/०८१ को तथ्याङ्कमा आधारमा समग्र मूल्याङ्कनमा नीलकण्ठ नगरपालिकाले ९४.४० अङ्क प्राप्त गर्दै देशभरका स्थानियतहमध्ये प्रथम स्थान हासिल गरेको हो । मन्त्रालयको कार्यविधिअनुसार LISA को ७० प्रतिशत र FRA को ३० प्रतिशत अङ्कभार जोडेर यो समग्र नतिजा निकालिएको हो ।
नीलकण्ठले LISA तर्फ ९३.५० र FRA तर्फ ९६.५ अङ्क प्राप्त गरेको प्रतिवेदनमा उल्लेख छ । यसअघि आर्थिक वर्ष २०७९/०८० को LISA मूल्याङ्कनमा पनि ९२.५ अङ्कका साथ यो नगरपालिका देशभरमै पहिलो स्थानमा रहेको थियो । बागमती प्रदेशतर्फ पनि नीलकण्ठ नगरपालिका दुवै मूल्याङ्कनमा अधिकतम अङ्क प्राप्त गर्ने अग्रस्थानको स्थानिय तह बनेको छ ।
यस मूल्याङ्कनमा धादिङका अन्य दुई पालिकाहरूको प्रदर्शन पनि अब्बल देखिएको छ । आर्थिक वर्ष २०८०/०८१ को LISA मूल्याङ्कनमा धादिङको बेनीघाट रोराङ गाउँपालिका ९१.७५ अङ्क प्राप्त गर्दै देशभरमै तेस्रो स्थानमा पर्न सफल भएको छ । यसैगरी, दुवै मूल्याङ्कनको समग्र नतिजाको उत्कृष्ट २० भित्र धादिङकै ज्वालामुखी गाउँपालिका ८९.७५ अङ्कसहित १८ औं स्थानमा सूचीकृत भएको छ ।
अर्कोतर्फ, जिल्लाभित्र सुशासनका केही चुनौतीहरू पनि देखिएका छन् । आर्थिक वर्ष २०७९/०८० को वित्तीय सुशासन जोखिम मूल्याङ्कन FRA मा धादिङको रुबीभ्याली गाउँपालिका केवल १७ अङ्क प्राप्त गरी न्यूनतम अङ्क ल्याउने देशका २० पालिकाहरूको सूचीमा दोस्रो स्थानमा परेको तथ्याङ्कले देखाएको छ ।
समग्रमा, धादिङ जिल्लाका अधिकांश स्थानीय तहले संस्थागत क्षमता विकास र सुशासनमा राम्रो प्रगति गरिरहेको मन्त्रालयको प्रतिवेदनले पुष्टि गरेको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार ७, आईतवार १४:३६चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’को औपचारिक घोषणा
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार ७, आईतवार १३:०८महाधिवेशन स्थलमा ‘रास्वपा हेल्थ डेक्स’ सञ्चालन
समाचार२०८३ असार ६, शनिबार २१:३६ज्वालामूखीको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित, ५७ करोड ९० लाख बजेट विनियोजन
कला, विचार/मनोरञ्जन२०८३ असार ६, शनिबार १९:४८ज्योति राजको ‘नाक्छोङ’लाई विशेष चलचित्र पुरस्कार, राष्ट्रपति पौडेलद्वारा सम्मान प्रदान








