धादिङबेसीमा सामुदायिक वनको संक्षिप्त कार्ययोजना सम्बन्धी छलफल

धादिङबेसीमा सामुदायिक वनको संक्षिप्त कार्ययोजना सम्बन्धी छलफल

धादिङ,२८ असार
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन) को आयोजनामा सामुदायिक वनको संक्षिप्त कार्ययोजना सम्बन्धी छलफल कार्यक्रम धादिङबेसीमा सम्पन्न भएको छ। सामुदायिक वन व्यवस्थापनलाई थप सरल, प्रभावकारी र व्यवहारमुखी बनाउने उद्देश्यका साथ आयोजित कार्यक्रममा निर्देशिकाका विभिन्न प्रावधान तथा कार्यान्वयनका विषयमा विस्तृत छलफल गरिएको थियो।कार्यक्रमका प्रमुख अतिथि तथा सामुदायिक वन उपभोक्ता महासंघ नेपालका अध्यक्ष ठाकुर भण्डारीले सामुदायिक वनलाई केवल आर्थिक लाभको माध्यमका रूपमा नभई सामाजिक, वातावरणीय तथा दिगो विकाससँग जोडेर अघि बढाउनुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले उद्योग, काठ उत्पादन, पर्यापर्यटनलगायतका सम्भावनालाई समेटेर वन व्यवस्थापनलाई अझ प्रभावकारी बनाउनुपर्ने बताउँदै सबै प्रकारका कार्ययोजनालाई कसरी सफल रूपमा कार्यान्वयन गर्न सकिन्छ भन्ने विषयमा साझा छलफल आवश्यक रहेको धारणा राख्नुभयो।

धादिङबेसीमा सामुदायिक वनको संक्षिप्त कार्ययोजना सम्बन्धी छलफल

डिभिजन वन कार्यालय धादिङका डिभिजनल वन अधिकृत रोशना पोखरेलले सामुदायिक वनबाट आर्थिक उपार्जनका थप उपाय खोजी वनलाई स्थानीय आयआर्जनसँग जोड्नुपर्नेमा जोड दिनुभयो। उहाँले संक्षिप्त कार्ययोजना निर्देशिकाप्रति समर्थन जनाउँदै धादिङमा हालसम्म २२३ वटा सामुदायिक वनको कार्ययोजना नवीकरण भइसकेको जानकारी दिनुभयो।छलफलका क्रममा साना तथा न्यून आम्दानी भएका उपभोक्ता समूहका लागि सरल, छरितो र व्यवहारिक कार्ययोजना प्रक्रिया विकास गर्ने, वन व्यवस्थापनमा लाग्ने लागत, समय तथा प्राविधिक जटिलता घटाउने, उपभोक्ताको पहुँच र सहभागिता बढाउने तथा वन व्यवस्थापनलाई संस्थागत रूपमा थप सुदृढ बनाउने उद्देश्यका साथ निर्देशिका तयार गरिएको जानकारी दिईएको छ । कार्यक्रमका अध्यक्षता तथा सामुदायिक वन उपभोक्ता महासंघ धादिङ (फेकोफनका अध्यक्ष भवनाथ अधिकारीले सामुदायिक बनलाई उपभोक्ता मैत्री बनाउने उदेश्य सहित बनलाई आयआर्जनमा जोड्ने हेतुले कार्यक्रमको आयोजना गरीएको बताउनुभयो ।


कार्यक्रममा संक्षिप्त कार्ययोजना निर्माणका आधार, वार्षिक आम्दानी, वन क्षेत्रफल, व्यवस्थापनको उद्देश्य, वार्षिक उत्पादन, काठ तथा वन पैदावारको बिक्री–वितरण,साधारण सभाबाट अनुमोदन गर्ने प्रक्रिया, कार्ययोजना संशोधन तथा स्वीकृति प्रक्रिया,कार्यान्वयनका क्षेत्र, सामुदायिक वन व्यवस्थापनमा सरोकारवालाको भूमिका तथा अनुगमन र मूल्याङ्कन प्रणालीका विषयमा बन विज्ञ रुपेश काराखेतीले सहजिकरण गर्नुभएको थियो । उहाँले यस्ता विषयले सामुदायिक वन व्यवस्थापनलाई समयानुकूल र दिगो बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।कार्यक्रममा सामुदायिक वनका प्रतिनिधि, वनकर्मी तथा सरोकारवाला निकायका सहभागीहरूता रहेको थियो ।

यो पनि पढ्नुहोस् :  सम्मानित एलेक्सा लाइफ साइन्सेसको गुनासो : १९ वर्षदेखि मूल्य समायोजन नहुँदा स्लाइन उद्योग संकटमा

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 9   +   4   =