पत्रकार हितानमगर र गुरुङलाई कर्म–कर्ण पत्रकारिता पुरस्कार प्रदान गरिने

पोखरा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीद्वारा सञ्चालित कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कारबाट कास्कीका अग्रज पत्रकारद्धय रुद्र बहादुर हितानमगर र इन्दिरा गुरुङलाई सम्मान गरिने भएको छ ।
तमु धिं नेपालका संस्थापक अध्यक्ष कर्म गुरुङ र उनको श्रीमान कर्ण गुरुङको बैबाहिक बर्षगाँठको अवसरमा स्थापित यस पुरस्कार २०८२ बाट पत्रकार हितानमगर र २०८३ बाट गुरुङलाई प्रदान गरिने भएको हो ।
प्रतिभा छनोट समितिले सिफारिस गरेको पत्रकार हितानमगर र गुरुङको नाम फोनिज कास्कीको बैठकले अनुमोदन गरेको फोनिज कास्कीका अध्यक्ष बिना कुमारी थापाले जानकारी दिईन् ।
वरिष्ठ पत्रकार एवं फोनिज गण्डकीका सल्लाहकार दिपेन्द्र श्रेष्ठको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिको सदस्यहरुमा फोनिजका संघीय सल्लाहकार शान्ति गुरुङ, फोनिज गण्डकी इन्चार्ज रुद्र श्रीषमगर, फोनिज कास्कीका अध्यक्ष बिना कुमारी थापा र सचिव देबिका तामाङ रहेकी थिईन् । उक्त पुरस्कार यही असार २९ गते सोमबार प्रदान गरिदैछ ।
कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार २०८२ बाट सम्मानित हुन लागेका पत्रकार हितानमगर २०४१ सालमा परिस्थिती साप्ताहिक काठमाडौँबाट पत्रकारिता गर्नु भएका उनले अवलोक, पोखरा साप्ताहिक, जनधारणा साप्ताहिक, आर्दश समाज दैनिक पत्रिका हुदै हाल फेवा पोष्ट साप्ताहिकमा क्रियाशिल छन् । उनी तत्कालिन आदिवासी जनजाति पत्रकार संघ (अनिज) को संस्थापक अध्यक्ष समेत हुन् ।
त्यस्तै कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार २०८३ बाट सम्मानित हुन लाग्नुभएकी पत्रकार गुरुङ २०५४ सालदेखि रेडियो नेपालमा आवद्ध रही पत्रकारिता गरिरहेकी छन् । उनले रेडियो नेपालमा गुरुङ भाषामा समाचारवाचिका सँगै रेडियो गोर्खालीमा पहिलो पटक गुरुङ भाषामा समाचारवाचन गरेकी हन् । राष्ट्र भाषामा पनि समाचारवाचन गरेकी उनी रेडियो नेपाल मार्फत निरन्तर भाषा पत्रकारितालाई जिवन्त बनाईराख्न क्रियाशिल छन् ।
कास्की कार्यक्षेत्र बनाएर पत्रकारिता गरिरहेका पत्रकारलाई फोनिज कास्कीले प्रत्येक वर्ष यो पुरस्कार प्रदान गर्दै आइरहेको छ ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=22077, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन १९, सोमबार १६:४९कांग्रेस केन्द्रीय सदस्यमा सुदर्शन शर्मा : ‘व्यक्ति होइन, विचारको बहस गरौँ’
समाचार२०८३ आश्विन १८, आईतवार १५:०५कास्की आइडल–२ को सेमिफाइनल सम्पन्न, गायन र नृत्यतर्फ १०–१० जना फाइनलमा
समाचार२०८३ आश्विन १८, आईतवार ११:१५आप्रवासी स्रोत केन्द्रका परामर्शकर्मीलाई तनाव व्यवस्थापन तालिम
समाचार२०८३ आश्विन ७, बुधबार १४:४१दलित अधिकार तथा विकास विधेयकमाथि पोखरामा सुझाव संकलन








