विश्वकपको सेमिफाइनल समीकरण पूरा, अव चार महाशक्ति भिड्ने

काठमाडौं, असार २८ । फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको छ। अन्तिम क्वाटर फाइनल खेलमा अर्जेन्टिनाले स्विजरल्यान्डलाई पराजित गर्दै सेमीफाइनलमा स्थान बनाएपछि शीर्ष ४ को टुङ्गो लागेको हो।
पहिलो सेमिफाइनल खेलमा साविक उपविजेता फ्रान्स र स्पेनले खेल्नेछन्। यो सेमिफाइनल खेल बुधबार हुनेछ।
यो खेल नेपाली समयअनुसार बुधबार १२ः४५ मा सुरु हुनेछ। फ्रान्सले सन् १९९८ र २०१८ मा विश्वकप जितेको थियो। त्यस्तै स्पेनले सन् २०१० मा विश्वकपको उपाधि जितेको हो।
दोस्रो सेमीफाइनलमा साविक विजेता अर्जेन्टिनाले इङ्ल्यान्डको सामना गर्नेछ। यो खेल बिहीबार नेपाली समयअनुसार १२ः४५ मा सुरु हुनेछ। अर्जेन्टिनाले हालसम्म तीन पटक विश्वकप जितेको छ । सन् १९७८ सन् १९८६ र सन् २०२२ मा अर्जेन्टिनाले फिफा विश्वकपको उपाधि जितेको थियो।
त्यस्तै, इङ्ल्यान्डले पनि सन् १९६६ मा विश्वकपको उपाधि जितेको थियो। फिफा विश्वकप २०२६ को सेमिफाइनल पुगेका चार टोलीले कम्तीमा एकपटक विश्वकप जितेका छन्।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ असार २८, आईतवार १९:०९धादिङबेसीमा सामुदायिक वनको संक्षिप्त कार्ययोजना सम्बन्धी छलफल
समाचार२०८३ असार २८, आईतवार १२:२९पोखरा कलेज अफ म्यानेजमेन्टमा विद्यार्थीद्वारा नमुना पत्रकार सम्मेलन, व्यावहारिक सीप विकासमा जोड
खेलकुद२०८३ असार २८, आईतवार ११:०२आज किन कालो पट्टी बाँधेर मैदान उत्रिए अर्जेन्टिनी खेलाडी?
खेलकुद२०८३ असार २८, आईतवार १०:२९विश्वकपको सेमिफाइनल समीकरण पूरा, अव चार महाशक्ति भिड्ने









