‘ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

काठमाडौँ। फेसनसम्बन्धी नेपालको अग्रणी एकेडेमी स्कूल अफ फेसन एन्ड इन्टेरियर डिजाइन ‘आई आई एफ टी’ले स्थापना काल देखि विद्यार्थीहरू बिच काठमाडौँमा फेशन डिजाइन प्रतिस्पर्धा एवम् प्रस्तुति दिँदै आएको छ । यसै क्रममा शनिबार साँझ ‘ड्रेस टु इम्प्रेसन’को १३ औँ संस्करण अन्तर्गत यो फेशन डिजाइन प्रतिस्पर्धा सम्पन्न भएको छ ।
यो प्रतिस्पर्धामा ‘आई आई एफ टी’ बागबजार र ‘आई आई एफ टी’ कुमारीपाटीका १५५ विद्यार्थीहरूले आफ्नो फेशन डिजाइन प्रस्तुत गरे । ती डिजाइनहरू चार फरक अवधारणा ‘डान्सिङ विथ द स्टार्स’, ‘अराउन्ड द वल्र्ड’, ‘ग्यालाक्टिक फेशन’ र ‘अ पारालाल युनिभर्स’ शीर्षकमा प्रस्तुत गरिएको थियो ।
यी चार ‘सिक्वेन्स’मा भएको प्रतिस्पर्धामा उत्कृष्ट चार डिजाइनर चयन सहित समारोहमा पुरस्कृत भएका छन् । जस अन्तर्गत ‘डान्सिङ विथ द स्टार्स’मा उत्कृष्ट डिजाइनरको उपाधि प्रेशा थापाले र यही विधामा पब्लिक च्वाईस अवार्ड सुजाता खनालले जितिन् । यस्तै ‘अराउन्ड द वल्र्ड’ सिक्वेन्समा उत्कृष्ट डिजाइनरको उपाधि सुस्मिता ढुंगानाले र पब्लिक च्वाईस अवार्ड पनि सुस्मिताले नै जितिन् । १३ औँ ‘ड्रेस टु इम्प्रेस’मा ‘ग्यालाक्टिक फेशन’ सिक्वेन्समा उत्कृष्ट डिजाइनरको उपाधि जया थापा र पब्लिक च्वाइस अवार्ड डिजाइनर अनुराधा बोहरा कार्कीले जिते । यस्तै ‘अ पारालाल युनिभर्स’ सिक्वेन्समा उत्कृष्ट डिजाइनरको पुरस्कार सृजना श्रेष्ठले र पब्लिक च्वाईस अवार्ड श्रीति पाण्डेले हासिल गरे । समारोहमा हरेक विजेताले जनही २० हजार रुपैयाँ, हरेक पब्लिक च्वाईस विजेताले जनही १० हजार रुपैयाँसहित ट्रफी, प्रमाणपत्र र विभिन्न उपहारसमेत प्राप्त गरे ।
समारोहमा विधार्थीहरुबिच भएको फेसन डिजाइन प्रतिस्पर्धाको निर्णायकहरूमा अग्रज फेशन डिजाइन तथा इन्टरप्रेनरहरू मुक्ता श्रेष्ठ, निभा श्रेष्ठ, निशा श्रेष्ठ, रजनी माली र फेशन डिजाइनर महेश महर्जन रहेका थिए । फेशन सोको कोरियोग्राफी रोजिन शाक्यले गरेका थिए ।
काठमाडौँको कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानको मुख्य प्रेक्षालयमा ‘ड्रेस टु इम्प्रेसको १३ औँ संस्करणमा प्रस्तुत नयाँ डिजाइनका फेशन हेर्न फेशन प्रेमीहरूको उपस्थित हल भरी थियो । करिब तीन घण्टासम्म चलेको यो फेशन डिजाइन प्रस्तुतिमा ‘आई आई एफ टी’ बागबजार र ‘आई आई एफ टी’ कुमारीपाटीका विधार्थीहरुको फेशन कलाले दर्शकको मन जित्यो । समारोहमा अभिनेत्री दिया मास्के, एलिजा गौतम, टेलिभिजन प्रस्तोता , मिस इको इन्टरनेसनल मिस सेजल राजभण्डारी एवम् सञ्चारकर्मी ओसिन सिटौलाको आतिथ्य फेशन प्रस्तुतिले कार्यक्रमको माहौल अझ भव्य बनेको थियो ।
चमक धमक सहितको आकर्षक लाइट, लयबद्ध संगीतकाृ तालमा क्याटवाक गर्दै भव्य स्टेजमा डिजाईनरहरुले आफ्ना डिजाइन आफैँ मोडल बनेर प्रस्तुत गर्दा सो कार्यक्रम अन्तर्राष्ट्रिय फेशन सो झैँ देखिएको थियो । आफूहरूले विधार्थीहरुको फेसन डिजाइन प्रस्तुति ‘ड्रेस टु इम्प्रेस लाई भव्य बनाउन हरेक वर्ष कुनै कसर बाँकी नराखेको आइआईएफटीका प्रवन्ध निर्देशक फुपु तेन्जिङ शेर्पाले बताए । यसमा विधार्थीहरुले नयाँ नयाँ अवधारणा र मौलिक कला एवम् सिप प्रस्तुत गर्दै आफूलाई अझ निखार्ने अवसर पाउँदै आएको पनि प्रवन्ध निर्देशक शेर्पाले बताए ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन २३, शुक्रबार १२:२१६८ प्रतिशत नेपालीलाई आवासीय अवस्था जीवनको सबैभन्दा ठूलो तनावको स्रोत
कला, विचार/मनोरञ्जन२०८३ आश्विन २२, बिहीबार २१:४०नेपालकी प्राची तोमर ‘मिसेस इन्टरनेशनल ग्लोबल २०२६’ मा चौथो रनरअप
कला, विचार/मनोरञ्जन२०८३ आश्विन २२, बिहीबार २१:१३पल मलिकासँगै रातो टीका लाउदा क्या दामी देखियो सामूहिक डान्स
समाचार२०८३ आश्विन २२, बिहीबार २१:१०जग्गा हदबन्दीको समस्या समाधानका लागि पहल









