बिदा सुरु भएसँगै बढ्यो तिहार मनाउन घर जानेहरुको चहलपहल
काठमाडौं- तिहार मनाउन घर जानेहरुको आज बिहानैदेखि चहलपहल बढेको छ । नयाँ बसपार्क, कोटेश्वर, बल्खु, कलंकी लगायतका स्थानमा आज बिहानैदेखि जन्मथलो फर्कनेहरुको भिडभाड थियो ।
धेरैजसो शिक्षण संस्थाहरु दसैँदेखि तिहार सम्म नै बन्द भएकाले दसैँअघि घर गएका विद्यार्थीहरु अझैं काठमाण्डौ फर्केकै छैनन् । तर विभिन्न कामको सिलसिलामा राजधानीमा बस्दै आएकाहरु तिहार मनाउन घर जाने भएपछि एकाबिहानैदेखि चहलपहल बढेको हो ।
यात्रुहरु घर जान निस्किएपछि उपत्यकाका सडकमा सार्वजनिक यातायातका साधनहरु पनि तुलनात्मक रुपले आज बिहान बढी चलेका देखिन्थे । हिजो साँझदेखि नै घर जानेहरुको संख्या बढेको थियो । आज शनिबार र भोलिदेखि तिहारको बिदा परेको छ ।
यसैगरी आगामी शुक्रबार एकदिन बाहेक मंसिर २ गते सम्म सार्वजनिक बिदा परेको छ । मंसिर ३ गतेदेखि मात्र नियमित रुपमा कार्यालयहरु खुल्ने भएपछि यसपटक घर जानेहरुलाई पनि लामो छुट्टी मिलेको छ ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८१ माघ २४, बिहीबार २०:४७सुप्रसिद्ध गीतकार हरिहर खनिया सम्मानित समाचार२०८१ माघ १३, आईतवार २०:४४फागुन १४ देखि तेस्रो माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप समाचार२०८१ माघ ११, शुक्रबार ०६:५३विकास र वातावरण बीच समन्वय गर्न स्थानीय तहसँग गोष्ठी सम्पन्न समाचार२०८१ माघ २, बुधबार १०:२६विद्याज्योति आधारभुत विद्यालयको स्वर्ण महोत्सव विभिन्न कार्यक्रम गरि सम्पन्न